पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी
२३ मंसिर २०७९
•
२ मिनेट पाठ
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी
बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ।  बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो। यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ।  




‘पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द एयरबाट हुनेछ’, बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने। पोखरा विमानस्थलबाट बुध्द एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ।  

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ।  विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ।  

अन्तर्राष्ट्रिय विमान कम्पनीको चासो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए।  विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुध्द एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन्। अन्तर्राष्ट्रियतर्फ कतारको जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडानमा चासो व्यक्त गरेको छ।

विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ। आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ। विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ।
अर्को समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दुईवर्ष पछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी
२० फागुन २०८१
•
४ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दुईवर्ष पछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघिसकेको छ। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले बताएको छ।  




हिमालयले आगामि चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी गरेको बताएको छ। कम्पनिले सातामा एकपटक उडान गर्नेछ। कम्पनिका अनुसार काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टरमा जोड्नेगरि उडान तयारी थालेको विज्ञप्तीमार्फत जनाएको छ। अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक बाहेक करिब एकदर्जन चार्टर उडान मात्र भएका छन्।

‘हाल सातामा एउटा मात्र उडान गर्दैछौ। मागको आधारमा आगामि दिनमा उडान थप्ने योजना छ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले भनेका छन, ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान संचालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो। हिमालय एयरलाइन्सले सधैं चीनमा नयाँ गन्तव्य खोज्दै आएको छ र नियमित उडान संचालन गर्दै आएको छ।’

पोखरालाई चीनसँग जोड्ने यो उडानले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउने, पर्यटन र व्यापारलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्ने श्रेष्ठले बताएका छन्। कम्पनिका अनुसार चैत १८ गते बिहान काठमाडौंबाट जहाज चीनको ल्हासाका लागि उड्नेछ। ल्हासास्थित गोंगर विमानस्थलमा अवतरण भएको जहाज त्यही दिन ल्हासाबाट पोखराका लागि उडान भर्नेछ।

पोखरा आएको रात्रीकालिन विसानपछि जहाज भोलिपल्ट पोखराबाट ल्हासा उड्नेछ। त्यहीदिन ल्हासाबाट काठमाडौंका लागि उडान भर्ने हिमालयले बताएको छ। हिमालय एयरलाइन्सले पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीचको यो उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण कोशेढुंगा भएको पनि विज्ञप्तीमा उल्लेख छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सको पोखराबाट पहिलो व्यावसायिक उडान पक्का भएको बताए।

‘अहिले पनि हिमालयले काठमाडौं–ल्हासा सातामा ५ वटासम्मका उडानका लागि अनुमति पाएको छ। यात्रुको चापको आधारमा कहिलेकाँही उडानसंख्या घट्न सक्छ। तर, अनुमति भने पाँचवटाको छ,’ भूलले भने, ‘अब काठमाडौंबाट ल्हासाका लागि सातामा चारवटा र पोखराबाट एउटा गर्नेगरि स्लट पाएको छ।’ 
पर्यटकीय सिजन सुरु भएकोले पनि यो उडानले टिकाउनका लागि सहज हुने उनले बताए। मार्च ३० देखि हवाई उडानका लागि समर सिजन सुरु हुने र त्यसको भोलिपल्टै हिमालयले उडान गर्ने उनले बताए।

यसैगरि चीनको सिचुआन एयरलाइन्सले पनि पोखरादेखि चीनको छेन्दुसम्मका लागि व्यवासायिक उडानको योजना बनाएपनि अहिलेसम्म आधिकारिक रुपमा उडान अनुमति लिनका लागि प्राधिकरणमा प्रक्रिया भने सुरु गरेको छैन। भूलका अनुसार सिचुआनले यसअघि पोखराबाट काठमाडौंसम्म डेमो उडान भने गरिसकेको छ। त्यस्तै छेन्दु–पोखरा चार्टर उडान पनि गरेको छ।

‘सिचुवानले पनि चाँसो देखाएको हो। तर, अहिलेसम्म आधिकारिक रुपमा प्रक्रिया भने सुरु गरेको छैन,’ उनले भन, ‘सिचुआनले आन्तरिक तयारी गरेको बुझेका छौ।’ उनका अनुसार सिचुवानले छेन्दु–पोखरा–काठमाडौं–छेन्दु वा छेन्दु–काठमाडौं–पोखरा–छेन्दु रुटमा उडान गर्ने योजना बनाएको छ।

तर, पोखरा पर्यटन परिषद्(पिटिसी)का अध्यक्ष तारानाथ पहारीले चैत ५ गते सिचुआन एयरलाइन्सले पोखरा–छेन्दु उडान गर्नेगरि व्यावसायीले योजना बनाएको बताए । पहारीका अनुसार चैत ५ गते छेन्दुबाट जहाज यात्रु लिएर पोखरा आउनेछ। पोखराबाट फर्किँदा करिब एकसयजना पर्यटन व्यावसायी लिएर जहाज छेन्दु फर्कनेछ। छेन्दु पुगेका व्यावसायीले एकसातासम्म चीनको छेन्दु र चोङक्विङमा बजारीकरण गर्नेछन। एकसातापछि त्यही जहाज पोखरामा रहेका यात्रु लिन पोखरा आउँदा व्यावसायी पनि आउनेछन।  

‘चिनियाँ पर्यटक एकसाता पोखरा बस्छन । हामी पनि एकसाता चीन घुम्छौ । दोश्रो पटक सिचुआनले अप्रिल १ मा पनि उडान गर्नेछ,’ उनले भने। उनका अनुसार छेन्दु–पोखराका लागि सिचुआनले तीनमहिने उडान अभियान चलाएको छ। ‘हुन त चार्टर उडान हो। तर, यसबाट पोखराले पर्यटन क्षेत्रका लागि पर्याप्त लाभ लिने योजना बनाएको छ,’ अध्यक्ष पहारीले भने।  

पर्यटन बोर्डका अनुसार यो फेब्र्रुअरीमा नेपालमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। सन् २०२३ मा करिब ६१ हजार चिनियाँ नेपाल भित्रिएका थिए। नेपालमा सन् २०२४ मा १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना भित्रिएका थिए। 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस