चर्को व्याजविरुद्ध उद्योगी व्यवसायीहरूको आन्दोलन घोषणा
२६ मंसिर २०७९
•
३ मिनेट पाठ
चर्को व्याजविरुद्ध उद्योगी व्यवसायीहरूको आन्दोलन घोषणा
चर्को ब्याजदर विरुद्ध  आन्दोलनबारे आन्दोलन गर्ने विषयमा आयोजित  छलफलमा सहभागीहरू। तस्बिर: चुमन बस्नेत /नागरिक
चर्को ब्याजदर विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले  पुस १ गते देखि आन्दोलन थाल्ने घोषणा गरेका छन्। मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ ले आइतबार  विभिन्न उद्योगी व्यवसायीक संघ संस्थाका प्रतिनिधिसँगको छलफल पछि आन्दोलन थाल्ने घोषणा गरेका हुन्।




मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले छलफलमा आएका सुझाव अनुसार आन्दोलनका कार्यक्रमहरू तय गरी पुस १ गते देखि बृहत् आन्दोलन गर्ने बताए। रिजालले चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिका कारण उद्योग, व्यापार, व्यवसाय पूर्ण रुपमा प्रभावित भएकाले बाध्य भएर आन्दोलनमा उत्रने निर्णय गर्नुपरेको स्पष्ट पारे। उनले भने‘उद्योग, व्यापार, व्यवसाय नै चौपट भइसके पछि आन्दोलन बाहेक हामीसँग अन्य कुनै विकल्प बाँकी रहेन।’ 

रिजालले बैंकको चर्को ब्याजदर घटाउन बारम्बार माग राखे पनि सरकारले आफूहरूका माग सुनुवाइ नगरेको उनको गुनासो छ। चर्को ब्याजदरका कारण सम्पूर्ण अर्थतन्त्र नै धराशायी बनिसकेको र तत्काल ब्याजदर नघटाइए आगामी दिन थप कष्टकर हुने उनको भनाई छ।

रिजालले आन्दोलनका कार्यक्रमहरू के के हुने भन्ने विषयमा थप छलफल पछि तय गरिने जानकारी दिए। रिजालले विगतमा पनि आफूहरूले आन्दोलन गरेको तर, अबको आन्दोलन फरक किसिमको हुने बताए। रिजालले भने ‘अब उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएपछि माग पुरा नहुन्जेल सडक छाड्ने छैनौँ।’

छलफलमा उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले चर्को ब्याजदरले सामान्य जनता देखि गृहिणीसमेत मारमा परेको बताए। उनले ऋण लिएर घर बनाएमा सामान्य परिवार पनि चर्को ब्याजदरको मारमा परेको बताए। उनले भने‘ चर्को ब्याजदरले ठुला उद्योगी व्यवसायी मात्रै नभई सर्वसाधारण पनि प्रताडित बनेका छन्।’ 

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिका कारण उद्योग व्यवसाय चौपट भइसकेका कारण बाध्य भएर आन्दोलनमा उत्रने निर्णय गर्नुपरेको बताए। उनले बैंकहरू विगतका साहू महानज जस्तै बनेको र उनीहरूलाई राष्ट्र बैङ्कले संरक्षण गरिरहेको बताए।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गरिखानेहरूका लागि कठिन समय आएको र उद्योग व्यवसाय डुब्ने अवस्थामा पुगेको बताए। उनले उद्योग व्यवसाय नरहे आफूहरू पनि नरहने भन्दै आन्दोलनमा उत्रनुको विकल्प नभएकाले सडक आन्दोलन थाल्ने घोषणा गरिएको  स्पष्ट पारे।

यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कँडेलले जति छलफल ग¥यो उति ब्याजदर बढ्ने गरेको भन्दै कडा आन्दोलन नै अब निर्विकल्प रहेको स्पष्ट पारे। उनले भने ‘अब, आन्दोलन नै हाम्रो अन्तिम अश्र हो।’ व्यवसायी विका वेगवानीले सरकारलाई ऋण दिन बैंकसँग पैसा हुने तर, उद्योग व्यवसायलाई ऋण दिन बैंकसँग पैसा नहुनु दुखद भएको बताए। उनले तरलता अभावका कारण भ्याट तथा आयकर तिर्नसमेत पैसा नहुने अवस्था आएकाले अब आन्दोलनको विकल्प नै केही नभएको बताए। उनले बैंकहरूको अभिभावक राष्ट्र बैङ्क बनेको तर उद्योगी व्यवसायीको अभिभावक नै देहमा नदेखिएको गुनासो गरे।

उनले सरकारले आफूहरूका मागलाई सम्बोधन नगरेपछि निर्विकल्प आन्दोलनको बाटो रोज्न बाध्य हुनुपरेको स्पष्ट पारे। छलफलमा होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, घरेलु तथा साना उद्योग सङ्घलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस