समर्थन मूल्य कार्यान्वयन नगरे आन्दोलन गर्ने किसानको चेतावनी
२८ मंसिर २०७९
•
२ मिनेट पाठ
समर्थन मूल्य कार्यान्वयन  नगरे आन्दोलन गर्ने किसानको चेतावनी
धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनको माग गर्दै बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरू। तस्बिरः चुमन बस्नेत
विराटनगरका नेपाली कांग्रेस र नेकपा एमाले निकट किसानका संगठनहरूले दुई दिन भित्र धान खरिद नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।  बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी किसान संघ,संगठनहरूले आन्दोलनको चेतावनी दिएका हुन्। सरकारले कात्तिक १६ गते नै धानको समर्थन मूल्य तोके पनि किसानले न्यूनतम समर्थन मूल्य नपाएको उनीहरूको गुनासो छ। सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडे समेतले  किसानबाट सरकारले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै दुई दिन भित्र धान खरिद प्रक्रिया अघि नबढाए कार्यालयमा ताला लगाउने अखिल नेपाल किसान महासंघ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले चेतावनी दिए । धानको समर्थन मूल्य थोरै तोक्ने र तोकेको मूल्य कार्यान्वयनमा पनि सरकारी निकायले वेवास्था गरिरहेको पौडेलको आरोप छ।  




उनले किसानलाई राहत हुने गरी सरकारले न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा लैजान आफूहरूले पटक–पटक माग गरेपनि सुनुवाइ नभएको गुनासो गरे। कांग्रेस निकट नेपाल किसान महासंघ मोरङका अध्यक्ष केदार थापाले समयमा मल पनि उपलब्ध नहुने अवस्थामा किसानले दुखले उब्जाएको धान सरकारले नै समर्थन मूल्य तोकेर नकिनेको गुनासो गरे। उनले उत्पादित धान सरकारले खरिद नगरेपछि व्यापारीको काँटामा पुग्न लागिसकेको भन्दै सरकार मुकदर्शक बनेर बसेको बताए। उनले तत्काल किसानबाट धान खरिदको प्रक्रिया अघि बढाउन माग गरे। ‘ किसानबाट व्यापारीकोमा पुगेपछि मात्रै धान खरिद गर्ने सरकारमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मनसाय देखिएको छ’उनले भने ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाउनु पर्ने हो तर व्यापारीलाई लाभ दिने प्रयास भइरहेको छ।’  

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगरका प्रमुख महेन्द्र सिटौलाले धान खरिदका लागि प्रकृया अघि बढिसकेको दाबी गर्नुभयो। धान खरिद प्रकृया सुरू भइसकेको र बुधबार नै  जिल्ला प्राथमिक खरिद समितिको बैठक बसेर धान खरिद प्रकृया सुरू गर्ने जानकारी दिए। २०७९ कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको ३ हजार १२८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो। सरकारले किसानहरुको आन्दोलनकै दवाबमा समर्थन मूल्य तोके पनि मंसिर तेस्रो सातासम्म धान खरिदको प्रक्रिया अघि नबढाएपछि किसानका संघ, संगठनहरूले  विरोध जनाएका हुन्। खाद्य  व्यवस्था तथा व्यापार कम्पनी विराटनगरले चालु आर्थिक वर्ष पहिलो चराणमा  १० हजार क्वीन्टल धान खरिद गर्न लागेको  जनाएको छ।  
अर्को समाचार
समर्थन मूल्य कार्यान्वयन नगरे आन्दोलन गर्ने किसानको चेतावनी
२८ मंसिर २०७९
•
२ मिनेट पाठ
समर्थन मूल्य कार्यान्वयन नगरे आन्दोलन गर्ने किसानको चेतावनी
विराटनगरका नेपाली कांग्रेस र नेकपा एमाले निकट किसानका संगठनहरूले दुई दिन भित्र धान खरिद नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।  




बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी किसान संघ,संगठनहरूले आन्दोलनको चेतावनी दिएका हुन्। सरकारले कात्तिक १६ गते नै धानको समर्थन मूल्य तोके पनि किसानले न्यूनतम समर्थन मूल्य नपाएको उनीहरूको गुनासो छ। सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडे समेतले  किसानबाट सरकारले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै दुई दिन भित्र धान खरिद प्रक्रिया अघि नबढाए कार्यालयमा ताला लगाउने अखिल नेपाल किसान महासंघ मोरङका अध्यक्ष देवेन्द्र पौडेलले चेतावनी दिए । धानको समर्थन मूल्य थोरै तोक्ने र तोकेको मूल्य कार्यान्वयनमा पनि सरकारी निकायले बेवास्ता गरिरहेको पौडेलको आरोप छ।  

उनले किसानलाई राहत हुने गरी सरकारले न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा लैजान आफूहरूले पटक–पटक माग गरेपनि सुनुवाइ नभएको गुनासो गरे। कांग्रेस निकट नेपाल किसान महासंघ मोरङका अध्यक्ष केदार थापाले समयमा मल पनि उपलब्ध नहुने अवस्थामा किसानले दुखले उब्जाएको धान सरकारले नै समर्थन मूल्य तोकेर नकिनेको गुनासो गरे। 

उनले उत्पादित धान सरकारले खरिद नगरेपछि व्यापारीको काँटामा पुग्न लागिसकेको भन्दै सरकार मूकदर्शक बनेर बसेको बताए। उनले तत्काल किसानबाट धान खरिदको प्रक्रिया अघि बढाउन माग गरे। ‘ किसानबाट व्यापारीकोमा पुगेपछि मात्रै धान खरिद गर्ने सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मनसाय देखिएको छ’उनले भने ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाउनु पर्ने हो तर व्यापारीलाई लाभ दिने प्रयास भइरहेको छ।’  

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगरका प्रमुख महेन्द्र सिटौलाले धान खरिदका लागि प्रक्रिया अघि बढिसकेको दाबी गर्नुभयो। धान खरिद प्रक्रिया सुरू भइसकेको र बुधबार नै  जिल्ला प्राथमिक खरिद समितिको बैठक बसेर धान खरिद प्रक्रिया सुरू गर्ने जानकारी दिए। २०७९ कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धानको ३ हजार १२८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो। 

सरकारले किसानहरूको आन्दोलनकै दबाबमा समर्थन मूल्य तोके पनि मंसिर तेस्रो सातासम्म धान खरिदको प्रक्रिया अघि नबढाएपछि किसानका संघ, संगठनहरूले  विरोध जनाएका हुन्। खाद्य  व्यवस्था तथा व्यापार कम्पनी विराटनगरले चालु आर्थिक वर्ष पहिलो चारणमा  १० हजार क्विन्टल धान खरिद गर्न लागेको जनाएको छ।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस