साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अंकले गिरावट आएको छ।
गत साताको मंगलवारदेखि ओरालो लागेको नेप्से आईतवार २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा आरोलो लागेको हो। त्यस्तै, नेप्से सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८७ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंकले घटेको छ।
आईतवार कारोबारमा आएका २५० कम्पनीको ३७ लाख ७८ हजार कित्ता शेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ। नेप्से ओरालो लागेपनि इष्र्टन हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,ग्लोवल आइएमई ब्यालेन्स फण्ड १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.८८ प्रतिशले घटेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै,बैंकिङ र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। आईतवार कृषि विकास बैंकको ६ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।