विराटनगरमा आयोजना हुने रोजगार मेलामा कामदारको माग भन्दा निक्कै धेरै संख्यामा काम खोज्नेहरूले आवेदन दिने गरेका थिए। थोरै संख्यामा कामदारको माग गर्दा पनि धेरैले आवेदन दिँदा कामदार छान्न नै सकस हुने गरेको थियो।
तर, यति वेला अवस्था बदलिन थालेको छ। विराटनगरमा आयोजना गरिएको विराट एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा कामदारको माग धेरै र काम खोज्नेहरूको संख्या थोरै देखिएको छ। मेलाको पाँचौ दिन सम्ममा विभिन्न पदमा ३ सय बढी कामदारको माग आएको छ। तर, काम खोज्न आउनेहरू भने २ सय जना पनि पुगेका छैनन्। काम खोज्न आउनेहरूमा अधिकांश बेरोजगार युवाहरू नभई विद्यार्थीहरू रहेको मेलाका रोजगार संयोजक लिलिनकुमार यादवले बताए।उनका अनुसार रोजगार मेलामा रोजगारीका लागि आवेदन दिनेहरू मध्ये ८० प्रतिशत विद्यार्थीहरू रहेका थिए।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरूले विभिन्न पदमा कामदार माग गरेका छन्। धेरैजसो उद्योगहरूले उद्योगमा काम गर्ने साधारण कामदार धेरै संख्यामा माग गरेका छन्। यस्तै लेखा, थेरापिष्ट, लेथ अपरेटर, इलेक्ट्रीसियन, मिस्तीलगायतका पदमा पनि कामदार माग गरिएको छ।
उद्योगहरूले उद्योगमा काम गर्ने कामदारका लागि साधारण लेखपढ गरेको हुनुपर्ने योग्यता तोकेका छन्। लेखाका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ। यी बाहेक अन्य पदमा सीप सिकेका दक्ष र अनुभवी कामदार आवश्यक देखिएको छ। तर, काम खोज्न आउनेहरू उद्योगहरूले माग गरे अनुसारका देखिएका छैनन्। सुनसरी–मोरङ औद्योगिक कोरिडमा विगत देखि नै दक्ष जनशक्तिको अभाव हुँदै आएको छ।
दक्ष जनशक्ति आपूर्तिमा सरोकारवाला निकायले ध्यान नदिँदा नेपालका युवाहरू बेरोजगार बस्नुपर्ने र भारतीय कामदारले काम पाउने अवस्था रहँदै आएको छ। यति वेला दक्ष जनशक्ति मात्रै हैन युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै साधारण कामदार पाउन पनि उद्योगहरूलाई गाह्रो भइरहेको उद्योगीहरूले गुनासो गर्दै आएका छन्। यस्तै अध्ययनका लागि प्लसटू पास गरेपछि विदेश जाने र उतै बस्ने क्रम पछिल्लो समय बढेको छ। यसले उच्च शिक्षा हाँसिल गरेका जनशक्तिको आपूर्तिसमेत घट्दै गएको देखाउँछ।
यही कारण विराटनगरमा आयोजना गरिएको रोजगार मेलामा पनि उद्योगहरूले खोजे अनुसारको जनशक्ति पाउने अवस्था नदेखिएको एक्स्पोका रोजगार संयोजक यादवले बताए। उनले भने ‘खोजे अनुसारको जनशक्तिले आवेदन नदिँदा कामदार म्याच गराउन गाह्रो भएको छ।’
मेलामा दैनिक रुपमा कामदारको माग गर्दै रोजगारदाताहरू आइरहेको तर, खोजे अनुसारका कामदारले आवेदन नदिएको यादवले बताए।