निर्माण उद्योगलाई चलायमान बनाए तरलता अभाव हट्ने निर्माण व्यवसायीहरूले बताएका छन्।
निर्माण व्यवसायी महासङ्घ मोरङको २६ औँ साधारण सभामा निर्माण व्यवसायीहरूले निर्माणका कामलाई तीव्र पारे बजारमा पैसा जाने र तरलता हट्ने बताएका हुन्।
देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेका बेला बजारलाई चलायमान गर्नका लागि निर्माण व्यवसायलाई चलायमान बनाए पैसा बजारमा जाने अवस्था सृजना हुने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। सिंहले सरकारले समयमा भुक्तानी नदिएका कारण निर्माणका कामले गति नलिएको बताए। उनले भने‘विभिन्न वाहना बनाएर सरकारले समयमै भुक्तानी नदिँदा समग्र विकासका काम सुस्ताएको छ।’
अप्रत्याशित रूपमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर जग्गा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न निर्माण व्यवसायीहरू, तीनका परिवार र तीनमा आश्रित लाखौँ श्रमिकहरूको बिचल्ली हुने अवस्था आएको निर्माण व्यवसायीहरूको भनाई छ।
साधारण सभामा सहभागी निर्माण व्यावसायीहरुले बजेट भाषण अगाडी नै जिल्ला दररेट निर्धारण गर्नु पर्ने समेत माग गरेका छन्। आर्थिक वर्षको अन्त्य नभई जेठ १५ गते भित्रमा दररेट टुङ्ग्याउनु पर्ने निर्माण व्यावसायि महासङ्घ मोरङका अध्यक्ष सुरेशराज सुवेदीले बताए।
मूल्य घटेको बेला दररेट कायम गर्ने र बढेको बेला टेन्डर आव्हान गर्ने गरेकाले काम गर्न समेत समस्या भएको सुवेदीको भनाई छ। उनले सरकारले इविडिङ लागू गरेका कारण साना व्यवसायीहरू मर्कामा परेको बताए। उनले ५ करोड भदा मुनिको बोलपत्रमा इविडिङ र हार्डकपी दुवैको व्यवस्था गर्न आग्रह गरे।