आन्तरिक पर्यटकको हिस्सा ४० प्रतिशत
१० पौष २०७९
•
६ मिनेट पाठ
आन्तरिक पर्यटकको हिस्सा ४० प्रतिशत
कोरोना भाइरस संक्रमण पछि पर्यटन व्यवसायीको मुखबाट बढिजसो सुनिने शब्द हो– आन्तरिक पाहुना। हुन त व्यवसायीले कोरोना संक्रमणअघि पनि आन्तरिक पाहुनाको खुुबै चर्चा गर्दथे, कोरोना महामारीपछि त आन्तरिक पाहुना भन्ने शब्दले झनै ‘भ्यालु’ पाएको छ। व्यवसायीका अनुसार आन्तरिक पाहुनाको महत्व पहिले भन्दा पनि अझै बढ्दै जानुमा आन्तरिक द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोरोना भाइरस संक्रमण जस्ता कारक मुख्य हुन्।  




पछिल्लो समय कोरोनाले गर्दा विदेशी पाहुनाको आगमन शून्यमा झर्‍यो। विदेशीको अभावमा पर्यटन क्षेत्र सुनसानै बन्यो। कोरोनाले निम्त्याएको विदेशी पाहुनाको त्यो अभावलाई समेत आन्तरिक पाहुनाले केही हदसम्म पूरा गरिदिएको व्यवसायीले बताउने गरेका छन्। आन्तरिक पाहुनाको यही साथले पर्यटन क्षेत्र टिकिरहेको व्यवसायीको भनाइ छ।

व्यवसायीका अनुसार आन्तरिक पाहुना संख्यात्मक रूपमा मात्र नभई खर्च गर्ने मामलामा पनि उत्तिकै अब्बल छन्। व्यवसायीका अनुसार आन्तरिक पाहुना बरु, कोठाको मूल्यमा ‘बार्गेनिङ’ गर्छन् तर खानपिनमा खुलेर खर्चन्छन्, पटक्कै कन्जुस्याँइ गर्दैनन्। पोखरेली व्यावसायीका अनुसार अहिले पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगिसकेको छ।  

पर्यटनमा यतिधेरै साथ दिने र व्यवसायीले पछिल्लो समय असाध्यै रुचाएका आन्तरिक पाहुना कति संख्यामा घुम्न आउँछन् त ? यसको जवाफ कतै पाँइदैन। पर्यटन व्यवसायीले आन्तरिक पाहुनाकै भरमा पर्यटन क्षेत्र टिकेको बताए पनि कति संख्यामा घुम्न आउँछन् भन्ने यकिन तथ्यांक कतै राखेका छैनन्। व्यवसायीले मात्र नभई सरोकारवाला निकायले पनि तथ्यांक राखेका छैनन्। सबैले अनुमानको भरमा आन्तरिक पाहुनाको अनुमानित आँकडा बताउँदै आएका छन्।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुुवेदी भन्छन्, ‘आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र टिकेको हो, त्यसमा द्विविधा छैन तर कति संख्यामा आउँछन् भनेर भन्न सकिन्न। पोखराको पर्यटनको करिब ४० प्रतिशत हिस्सा आन्तरिकले ओगटेको हाम्रो अनुमान हो।’ सुवेदीका अनुसार आन्तरिक पाहुनाको त्यो हिस्सा कुनै बेला त ८० प्रतिशत हाराहारी पनि पुग्छ। दसैं–तिहार र अंग्रेजी नयाँवर्ष जस्ता गतिविधिमा यहाँ आन्तरिक पाहुनाको हिस्सा निकै नै माथि उक्लिने उनले सुनाए।  

सुवेदीका अनसार सन् २००१ सम्म पोखरा क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा बढीमा पाँचप्रतिशत थियो। ‘मुलुक द्वन्द्वमा थियो, त्यो बेला विदेशी पाहुना निकै कम थिए, आन्तरिक भन्ने थिएनन्। पोखरा आएका स्वदेशी पनि लेकसाइडका होटलमा बस्दैनथे,’ उनले भने, ‘आफन्तकहाँ र पृथ्वीचोकका होटलमा पाहुनाको बास हुन्थ्यो। अहिलेजस्तो घुम्ने संस्कार पनि थिएन। व्यवसायी पनि लेकसाइड झरेका स्वदेशीलाई पाहुना मान्दैनथे तर जब द्वन्द्वका कारण विदेशी अभाव भयो, त्यसपछि बल्ल आन्तरिकले महत्व पाउन थालेका हुन्।’ उनका अनुसार द्वन्द्वले निम्त्याएको विदेशीको अभाव स्वदेशीको भरमा मात्र पूरा हुने भएपछि व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सन् २००१ देखि ‘जाउँ है पोखरा’ अभियान थालेका थिए।  

होटल संघको अगुवाइमा मुलुकका विभिन्न भागमा पुगेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आउ भनेर अभियान मार्फत बोलाउन थालिएको थियो। त्यही गतिविधिपछि आन्तरिक पाहुनाको आगमन बढ्न थालेको उनले बताए। ‘आन्तरिक पाहुना चिनाउन द्वन्द्वको भूमिका छ। द्वन्द्व नहुँदो हो त आन्तरिक पाहुनाले महत्व पाउन अझै ढिला भइसक्थ्यो,’ उनले भने, ‘अभियान थाल्दा पोखरामा आन्तरिक पाहुनाको अकुपेन्सी बढीमा ५ प्रतिशत थियो, अहिले ४० प्रतिशत हाराहारीमा उक्लेको छ।’ विदेशीलाइ मात्र पाहुना देख्ने पोखराले द्वन्द्वको त्यो समयमा होटल खालि भएपछि बल्ल स्वदेशी पाहुनाको महत्व बुुझेको थियो। त्यसपछि आन्तरिक पाहुना भिœयाउने गरी अभियान थालेको उनले बताए।  

पर्यटनमा यति ठूलो हिस्सा ओगटेको आन्तरिक पाहुनाको आउजाउलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा पर्यटन बोर्डले पोखरेली व्यवसायीसँग चलाएको छलफलमा पनि पाहुनाको यकिन संख्याबारे व्यवसायी र विज्ञले चिन्ता जनाए। बोर्डको आयोजनामा आन्तरिक पर्यटन प्रवद्र्धन रणनीतिक कार्ययोजना निर्माण विषयक छलफलमा बोर्डका निर्देशक मणि लामिछानेले भने, ‘अहिले आन्तरिक पाहुनाको भरमा पर्यटन टिकेको छ तर कति संख्यामा पाहुना घुमफिरमा निस्कन्छन् भन्ने यकिन छैन।’ उनले आगामी दिनमा आन्तरिक पाहुनाको आगमन बढाउन के गर्ने भनेर अहिले सरोकारवालासँग छलफल चलाएको बताए।  

बोर्डका पोखरास्थित वरिष्ठ निर्देशक काशिराज भण्डारी पनि नेपाली नागरिकलाई आन्तरिक पाहुनाको पहिचान दिलाउन पोखराको भूमिका रहेको बताउँछन्। ‘कुनैबेला पर्यटक भन्नाले विदेशी मात्र भनिन्थ्यो, अहिले त स्वदेशी झन् अब्बल पर्यटक बनेका छन्,’ भण्डारीले भने, ‘कोरोना भाइरस पछि त आन्तरिकको महत्व झन् बढेको छ। विदेशी पर्यटक नहुँदा लगानी बचाउने आधार आन्तरिक पाहुना बनेका छन्।’ उनले पनि तत्कालै कुनै न कुनै प्रक्रिया अपनाएर आन्तरिक पाहुनाको आगमन संख्या यकिन गर्नुपर्ने बताए।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि सन् २००१ पछि बल्ल आन्तरिक पाहुनाले पहिचान पाउन थालेको बताउँछन्। ‘सन् २००१ अघि त पोखरा आएका नेपाली पाहुना लेकसाइडका होटलमा बस्न पनि मान्दैनथे। व्यवसायीले पनि उनीहरूलाई पाहुना मान्दैनथे,’ पराजुली भन्छन्, ‘द्वन्द्वका कारण विदेशी अभाव भएपछि बल्ल पर्यटन क्षेत्रले आन्तरिक पाहुना पर्यटन चल्दैन भन्ने सोच बनाएको हो। त्यसपछि बल्ल आन्तरिक पाहुनालाई पनि बास बस्न दिन थालेका हुन्।’

उनले पनि त्यो बेला निकै नै कम संख्यामा रहेको आन्तरिक पाहुनाको आगमन अहिले करिब ४० प्रतिशतमा उक्लेको बताए। ‘आन्तरिक पर्यटकको ४० प्रतिशत हिस्सा नियमित आकार हो। कुनै कुनै बिदाका दिन त ८० प्रतिशत पाहुना आन्तरिक नै हुन्छन्। आन्तरिक पर्यटकको भरमा यो व्यवसाय टिकेको हो,’ उनले भने, ‘भूकम्प, नाकाबन्दीका बेला पनि आन्तरिक पाहुनाले नै पर्यटन बचाए।’ उनका भनाइमा अहिले व्यवसायीले विदेशीलाई जत्तिकै महत्व आन्तरिकलाई पनि दिन्छन्। ‘पहिलो रोजाइका पाहुना आन्तरिक बनिसकेका छन्,’ पराजुलीले भने।  

पर्यटन बोर्डका कार्यकारी समिति सदस्य मदन आचार्य कुनै पनि कारणले अन्तर्राष्ट्रिय पर्यटनमा समस्या आउन सक्ने भएकाले अबको भरपर्दाे माध्यम भनेको आन्तरिक नै रहेको बताउँछन्। ‘विदेशी पाहुनाको कुनै भर छैन। सानोतिनो बाधा अवरोधले पनि विदेशीको आगमन प्रभावित हुन सक्छ,’ उनले भने, ‘अबको आधार भनेकै आन्तरिक हुन्। बरु कोरोनापछि दक्ष जनशक्ति अभावमा पर्यटन चलाउन समस्या भएको छ। अबको ध्यान आन्तरिक पाहुना भित्र्याउनउनमै दिनुपर्छ।’ आचार्यका अनुमानमा नेपालमा वर्षभरिमा २० लाख हाराहारीमा आन्तरिक पाहुना घुम्छन्। ‘अब त दसैंमा अतिरिक्त खर्च दिएजस्तै घुम्न जानका लागि सबै क्षेत्रले कर्मचारीलाई बिदा दिनुपर्छ, त्यो भएमा पर्यटन क्षेत्रलाई राहत पुग्छ,’ उनले भने, ‘पर्याप्त घुम्ने माहोल बनाउने हो भने विदेशी कुर्नै पर्दैन।’

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पनि अब आन्तरिक पाहुनाको आगमनलाई नै व्यवस्थित गर्नुपर्ने बताए। ‘विदेशीको भरमा मात्र रहँदा पहिला वर्षमा दुईवटा सिजन चल्थे तर अहिले आन्तरिका पाहुनाका कारण बाह्रैमास पाहुना पाइन थालेका छन्,’ उनले भने, ‘हामीले विदेशी बिर्सेका होइनौं तर अब आन्तरिकलाई अघि सार्नुको विकल्प छैन।’  

पर्यटन मन्त्रालयका पूर्व सचिव शंकरप्रसाद अधिकारीले पनि नेपाल मात्र नभई विश्वकै पर्यटन आन्तरिकको भरमा थेगिएको बताउँछन्। उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक भन्दा ६ गुणा बढी हिस्सा आन्तरिक पाहुनाले ओगट्छ। ‘आन्तरिक पाहुनाकै भरमा कोरोनापछि नेपालको पर्यटनले छिटो गति लिएको हो,’ अधिकारीले भने, ‘संख्या मात्र ठूलो नभई अन्तर्राष्ट्रिय पाहुनाबाट हुने भन्दा बढी आम्दानी पनि स्वदेशीबाटै छ।’ अधिकारीले पनि अब तत्कालै सबै सरोकारवाला निकाय मिलेर आन्तरिक पाहुनाको संख्या यकिन गर्नुपर्ने बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस