तरकारी तथा फलफूलको उत्पादकत्व झण्डै २२ प्रतिशतले बढ्यो
१३ पौष २०७९
•
३ मिनेट पाठ
तरकारी तथा फलफूलको उत्पादकत्व झण्डै २२ प्रतिशतले बढ्यो
तरकारी तथा फलफूलको उत्पादकत्व २१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। विगत तीन बर्षको अवधिमा फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजना (VCDP) ले कार्यक्रम सञ्चालन गरेका दुई प्रदेशका ३७ पालिकामा उत्पादकत्व २१ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो।  




सन् २०१९ मा प्रतिहेक्टर उत्पादकत्व १४ प्रतिशत रहेकोमा सन् २०२१मा आउँदा प्रतिहेक्टर १७ प्रतिशत रहेको फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजनाका प्रवन्धक शिव कुमार श्रेष्ठले जानकारी दिए। ‘कोरिया अन्तराष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको सहयोगमा कृषि मन्त्रालय मार्फत सञ्चालित यस परियोजनाले उत्पादन बढाउन कृषकलाई प्रविधि, तालिम लगायतका काम गर्‍यो,’ उनले भने, ‘यो परियोजनाको सहयोगमा तरकारी र फलफूलको उत्पादकत्व वृद्धि गर्नमा सहयोग पुगेको छ।’ चार बर्षअघि प्रतिहेक्टर २ हजार ७४५ मेक्टिन टन उत्पादन भएकोमा सन् २०२१मा आउँदा ३ हजार ५७५ मेक्टिन टन उत्पादन भएको उनले बताए।  

उत्पादकत्वसँगै किसानले ३१ दशमलव ५ प्रतिशत नाफा गरेको उनले सार्वजनिक गरेको कार्यपत्रमा उल्लेख छ। सन् २०१९मा प्रतिहेक्टर २ लाख ६१ हजार ६९५ रुपैयाँ नाफा गरेकोमा सन् २०२१मा ३ लाख ४४ हजार २१८ रुपैयाँ नाफा गरेका छन्।  

सन् २०१८ देखि सुरु भएको परियोजनाले उत्पादकत्व वृद्धि, उत्पादनोपरान्त क्षती न्यूनीकरण र बजार पहुँचमा वृद्धिमा कार्य गरेको छ। उत्पादनमा वृद्धिसँगै उत्पादनोपरान्त क्षती न्यूनीकरणमा पनि उपलब्धी देखिएको छ। श्रेष्ठका अनुसार बाली उत्पादनोपरान्त भएको क्षतीमा ३ दशवल ८ प्रतिशतले घटेको छ। ‘उत्पादन गरिसकेपछि किसानलाई आफ्नो वस्तु जोगाउनै मुश्किल छ। सन् २०१८ मा २० प्रतिशत क्षती हुथ्यो। यो क्षती न्यूनिकरण घटाउन हामीले किसानलाई प्याकेजिङ गर्ने तरिका र आवश्यक सामाग्री उपलब्ध गराएका थियौँ,’ उनले भने, ‘त्यसको प्रतिफल अहिले क्षति १६ दशमलव ९ प्रतिशत देखिएको छ।’  

स्थानीय सरकारले आवश्यक नीति नियम, प्राविधिक सेवा र कृषक एवं सहकारी स्तरमा उत्पादन तथा बजार योजना बनाएर उत्पादन वृद्धिसँगै क्षती न्यूनीकरण तर्फ लाग्नुपर्ने उनले बताए। परियोजनाको पाँच बर्षे अवधिमा उत्पादन, बजारीकरण र उत्पादनोपरान्त क्षती न्यूनीकरणमा काम गरेको थियो। यो परियोजनाको अवधि सकिएकाले स्थानीय तहले यस्ता काम गर्नुपर्ने उनले बताए।  

सन् २०१८ देखि सुरु भएको परियोजना सन् २०२२ डिसेम्बरबाट सकिएको छ। यस परियोजनाले वागमती र गण्डकी प्रदेशका चार वटा सडक करिडोर अन्तरगतका १८ नगरपालिका र १९ गाउँपालिका गरि ३७ स्थानीय तह, कृषि सहकारी र बजार केन्द्र मार्फत काम गरेको थियो। त्यसमा १० प्रजातिका तरकारी बाली र ५ वटा फलफूलमा लगानी गरेको थियो। यसमा सहकारी, व्यवसायीक सेवा प्रदायक, बैंक तथा वित्तिय संस्था, उद्योग वाणिज्य संघ, ढुवानी सेवामा सहयोगी भूमिका खेलेको थियो। व्यवसायिक वातावरण निर्माणका लागि कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रिय कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय, स्थानीय तहसंग सहकार्य गरेको परियोजनाले जनाएको छ। आयोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। कृषि प्रविधि विस्तार, किसान, कल सेन्टर, २७ सहकारी मार्फत बजार केन्द्र स्थापनामा सहयोग, कोभिड १९ को असर र कृषि व्यवसाय विस्तारमा सहयोग, ६७ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कृषि उद्यमशिलता विकासमा सहयोग गरेको थियो। कृषकको वास्तविक लागत अनुमान गर्न कृषि डायरी उपलब्ध गराएको छ। त्यस्तै ३४ प्रकारका अनुसन्धान कृति तथा प्रकाशन गरेको छ।  

परियोजनाले आफ्नो लक्ष्य अनुसारको उपलब्धि हासिल गरेको छ। दश हजार किसानसंग प्रत्यक्ष काम गर्ने लक्ष्य राखेको परियोजनाबाट १२ हजार ५९६ जना कृषकहरु प्रत्यक्ष लाभान्वित भएका छन्। परियोजनाले समग्र प्रगतीमा लक्ष्यभन्दा १५ प्रतिशत उपलब्धी हासिल गरेको छ।  

यो अवधिका लागि परियोजनाको ५५ लाख अमेरिकी डलर बजेट थियो। त्यसमा कोरिया अन्तराष्ट्रिय सहयोग नियोगको ५० लाख र ५ लाख अमेरिकी डलर संयुक्त राष्ट्र« संघीय विकास कार्यक्रमको रहेको थियो। त्यसमध्ये अझै २ लाख ३४ हजार अमेरिकी डलर खर्च हुन बाँकी देखिएको छ। परियोजना व्यवस्थापन, समिक्षाका लागि यसको अवधि ६ महिना कायम गरिएको छ। समग्रमा यो आयोजना सफल भएको कृषि सचिव डाक्टर कृषि सचिव गोविन्द प्रसाद शर्माले जानकारी दिए। ‘प्रोजेक्ट अझै सफल हुनुपर्दथ्यो। कोभिडले गर्दा भएन। तर, काम राम्रो भएको छ,’ उनले भने ‘दोस्रो चरणमा कसरी जाने भनेर कोरियन सरकारसंग छलफलमा छौँ।’ परियोजना निश्चित अवधिमा सकिने भएको हुँदा त्यसपछिको निरन्तरता संघ, प्रदेश र स्थानीय तहमार्फत हुने बताए।
अर्को समाचार
बजेटले महँगियो भान्सा
२६ जेष्ठ २०८०
•
३ मिनेट पाठ
बजेटले महँगियो भान्सा
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत फलफूल, केही तरकारी तथा मासुजन्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि बजारमा तरकारी र फलफूलको मूल्य बढेको हो।




बजेट भाषणपछिका १० दिनमा तरकारी तथा फलफूलको मूल्यमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यही जेठ १५ गते (बजेट भाषण भएको दिन) देखि २५ गते (बिहीवार) सम्म आलुको मूल्य १४.७८ प्रतिशतले बढेर ३९ रूपैयाँबाट ४६ पुगेको छ। यो अवधिमा गाजरको मूल्य ३४ प्रतिशतले बढेको छ। प्रतिकिलो ७६ रूपैयाँमा बिक्री भएको गाजरको मूल्य ४० रूपैयाँले बढेर १ सय १६ पुगेको छ। यस अवधिमा प्रतिकिलो भान्टा २५ रूपैयाँ बढेर ३५, बोडी ४५ रूपैयाँबाट बढेर ७५, तितेकरेला २३ रूपैयाँबाट बढेर ४५, परबल ७५ रूपैयाँबाट बढेर ८५, घिरौंला ५५ रूपैयाँबाट बढेर ६५, हरियो फर्सी २७ रूपैयाँबाट बढेर ४६ रूपैयाँ पुगेको छ। त्यस्तै प्रतिकिलो भिन्डीको मूल्य ६६ बाट बढेर ७५ र पालुंगो साग ९३ बाट बढेर ११६ रूपैयाँ पुगेको छ। हरियो धनियाको मूल्य किलोमा ५३ प्रतिशतसम्म बढेको छ। यसैगरी प्रतिकिलो १४० मा पाइने लसुनको मूल्य बढेर १९२ पुगेको छ। फलफूलको मूल्य पनि बढेको छ। प्रतिकिलो अनार ३१० बाट बढेर ३९०, मौसम १७० बाट बढेर १९०, एभोकाडो ४५० बाट बढेर ५५० रूपैयाँ पुगेको छ।

तरकारीमा भ्याट लगाउँदा उपभोक्ता मारमा परेकाले हटाउन माग गर्दै व्यवसायीले अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराएको नेपाल कृषिउपज आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव मोहन बानियाँले बताए। सरकारको अव्यावहारिक कर नीतिका कारण भान्सा महँगो भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ। स्वदेशी उत्पादनलाई संरक्षण गर्ने भन्दैमा उपभोक्तालाई उच्च मूल्यवृद्धिको भार पर्नेगरी कर लगाउनु व्यावहारिक नभएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन्। ‘सरकारले भ्याट घोषणा गर्दासाथ बजारमा तरकारी र फलफूलको मूल्य बढेको छ,’ तिमल्सिनाले भने, ‘सरकारले मूल्यवृद्धि नियन्त्रणमा पनि ध्यान दिनुपर्छ।’ सरकारले बजेटमार्फत बोडी, सिमी, प्याज, सागपात, आलु, कोसे तरकारी, केराउ, पालुंगोलगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेपछि मूल्य बढेको हो। 

त्यस्तै फलफूलतर्फ स्याउ, एभोकाडो, किबी फ्रुट, श्रीफल, अमिलो चेरी, स्ट्रबेरी, हलुवावेदलगायत फलफूलमा पनि भ्याट लगाउने घोषणा गरिएको छ। फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ। तरकारी स्वदेशमा कम उत्पादन हुने भएकाले आयातित तरकारीलाई निरुत्साहित गर्न भ्याट लगाउँदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको हो। सरकारले बजेटबाट कर्मचारीको तलब, सामाजिक सुरक्षाभत्तालगायतको रकम वृद्धि नगरेकाले महँगी नबढ्ने अनुमान गरिएको थियो। तर तरकारी, मासुजन्य वस्तु र फलफूलमा भ्याट लगाएपछि महँगी बढेको छ। अर्थमन्त्री डा. महतले मुलुकमा व्यापार घाटा ठुलो भएको र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयात निरुत्साहन गर्न कृषिजन्य वस्तुमा कर लगाउनु परेको बजेट भाषणमा बताएका थिए।

सरकारले विगतमा तरकारी तथा फलफूलसहित अन्य करिब पौने दुई सय वस्तुको आयातमा भ्याट छुट दिएको थियो। अहिले बजेटमार्फत ती वस्तुमा दिँदै आएको छुट हटाइएको छ। अर्थमन्त्री महतले छुट तथा सहुलियत व्यवस्थामा पुनरवलोकन गरी मूल्य अभिवृद्धि करका १ सय ७० र अन्तःशुल्कका ३ सय ४० छुटका दर खारेज गरेका छन्।  

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत छ। अघिल्लो वर्षको यसै अवधिमा मुद्रास्फीति ७.२८ प्रतिशत थियो। मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत स्वास्थ्य उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.३९ प्रतिशत, घरायसी उपभोग्य वस्तुको ९.५४ प्रतिशत, मनोरन्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ८.७४ प्रतिशत छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस