टीकापुर महोत्सव हुने
१७ पौष २०७९
•
१ मिनेट पाठ
टीकापुर महोत्सव हुने
टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।




२०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव कोरोनाका कारण विगत दुई वर्ष यता सञ्चालन हुन सकेको थिएन। महोत्सवको तयारी तीव्र रूपमा भैरहेको संघले जानकारी दिएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी भैरहेको अध्यक्ष चक्रपाणी सापकोटाले बताए।

करिब २०० स्टल रहने महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै अटोमोवाइल्स लगायतको प्रर्दशनी रहनेछ। करिब ७० प्रतिशत स्टल बुकिङ भैसकेको स्टल संयोजक बमबहादुर ओलीले जानकारी दिए।

महोत्सवस्थलभित्र यसवर्ष पनि थारु गाउँ समेत निर्माण गरिने भएको छ। थारु गाउँ भित्र थारु भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिने साँस्कृतिक संयोजक तपेन्द्र कुँवरले जानकारी दिए।

यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुतिसमेत रहनेछ। महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने संयोजक कुँवरले बताए। उनले विद्यार्थीहरूको क्षमता प्रदर्शनका लागि नृत्य प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।
अर्को समाचार
टीकापुर साहित्य महोत्सव हुँदै
१० फागुन २०८१
•
२ मिनेट पाठ
टीकापुर साहित्य महोत्सव हुँदै
टीकापुर साहित्य समाजको आयोजनामा टीकापुर नगर विकास समितिको सभाहलको प्राङ्गणमा यही फागुन २५, २६ र २७ गते त्रिदिवसीय ‘टीकापुर साहित्य महोत्सव- २०८१, दोस्रो संस्करण हुने भएको छ।




यो संस्करणमा नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँरको समग्र व्यक्तित्व र कृतित्वका बारेमा चर्चा र विचारविमर्श हुने छ। यस महोत्सवका माध्यमबाट साहित्यका नयाँ पुस्ता, आम नागरिक, शिक्षक तथा विद्यार्थीहरूले पहलमानसिंह स्वाँरलाई चिन्ने र उनको योगदानलाई परख गर्ने अवसर पाउने आयोजकले जनाएको छ। 

यस महोत्सवमा जम्मा २१ बहस सत्रहरू रहनेछन्। हरेक बहस सत्र १-१ घण्टाको हुने बताइएको शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट थालनी हुने यस महोत्सवमा आम दर्शकहरूलाई टीकापुरमा पहिलोपटक नेपाली साहित्यका शिखर व्यक्तित्व प्रा. डा. अभि सुवेदी सरका कुराहरू सुन्ने अवसर प्राप्त हुने छ। 

महोत्सवको पहिलो दिन काव्य सन्ध्या हुने छ भने दोस्रो दिन गजल सन्ध्याको आयोजन हुने छ। र, तेस्रो दिन संगीत सन्ध्या हुने छ। जसमा सुदूरपश्चिमका कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन्।

'आजको बढ्दो अराजक संसारमा, साहित्यको ज्ञान र सीपहरू झन् औचित्यपूर्ण र महत्त्वपूर्ण हुँदै गएका छन्। लेखकहरूका साहित्यिक कर्मलाई प्रवर्द्धन गर्ने र बुद्धिजीवीहरूसँग मानिसहरूको अपेक्षा र चासो जोड्नुका साथै यी महोत्सवहरूले ज्ञान फैलाउने र पाठकहरूको रूपमा आफ्ना सीमितताहरू बुझ्ने मञ्चका रूपमा पनि काम गर्छन्,' प्रेस विज्ञप्तिमा भनिएको छ।

टीकापुर साहित्य महोत्सव आयोजनाको उपलब्धि दृष्यपटमा नदेखिएला तर यस कार्यले युवा र नयाँ पुस्तालाई समाजप्रति जिम्मेवार बनाउन र आफू, आफू बाँचेको परिवेश र आफ्नो भविष्यप्रति सकारात्मक हुने संस्कारको विकास गर्ने विश्वास आयोजकको छ।  

टीकापुर साहित्य महोत्सवको उद्देश्य टीकापुरलाई एक प्राज्ञिक थलोका रूपमा विकास गर्नुका साथै यस भेकका पर्यटन सम्पदाको प्रवर्द्धन गर्नु पनि भएकोले महोत्सवमा सहभागी हुनेलाई कर्णालीमा जलबिहार गराउनुका साथै यस भेकका अन्य पर्यटकीय स्थलहरूको पनि अवलोकन गराइने छ।

टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यस महोत्सवको प्रवर्द्धक रहेको छ। सहप्रवर्द्धक टीकापुर नगरपालिका र जानकी गाउँपालिका रहने छन्। महोत्सवको आयोजनापश्चात महोत्सव आयोजनाको सम्पूर्ण आयव्यय विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ।

आयोजकले टीकापुर साहित्य महोत्सव सफल बनाउन सबैमा अपिल समेत गरेको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस