कालिका पावरले १५ प्रतिशत बोनस शेयर दिने
२९ पौष २०७९
•
२ मिनेट पाठ
कालिका पावरले १५ प्रतिशत बोनस शेयर दिने
कालिका पावर कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीको आज(शुक्रबार) भरतपुरमा भएको १५औँ वार्षिक साधरण सभाले चुक्त्ता पुँजीको १५ प्रतिशत शेयर बोनस दिने निर्णय गरेको हो।

कम्पनीको गत आर्थिक वर्ष संचित मुनाफा चुक्ता पुँजी ६९ करोड रुपैयाँ छ। त्यसको १५ प्रतिशतले हुन आउने दश करोड ३५ लाख रुपैयाँ बोनस शेयर दिने निर्णय भएको कम्पनीका लेखा समितिका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। कम्पनीले घोषणा गरेको लाभांस विद्युत नियमन आयोगबाट स्विकृत गरेपछि शेयरधनीले पाउनेछन्।

कम्पनीले कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांस समेत दिनेछ। त्यसका लागि ५४ लाख ४७ हजार ५५० रुपैयाँ स्वीकृत भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८/०७९मा ८ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षमा ८ करोड ५ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो।

कालिका पावरको संस्थापक शेयर धनी पुँजी ७० प्रतिशत र सर्वसाधरण पुँजी ३० प्रतिशत रहेको छ।

२०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिका स्थित दरौदी खोलाबाट विद्युत उत्पादन गरेको छ। गत वर्षमात्रै कम्पनीले ३ करोड ३० लाख २१ हजार यूनिट विद्युत उत्पादन गरेको थियो। त्यसबाट १९ करोड ९६ लाख ९० हजार ३ रुपैयाँ आम्दानी गरेको कालिका पावरका लेखा अधिकृत प्रविण थपलियाले जानकारी दिए। कालिका पावरले गत आर्थिक वर्ष प्रतिशेयर आम्दानी ११.७६ प्रतिशत गरेको थियो।

२०७३ सालबाट विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गरेको कालिका पावरले ६ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २१०४ सम्मको अनुमति पत्र पाएको छ।

भरतपुरमा भएको साधरणसभाले नया सञ्चालक समिति समेत चयन गरेको छ। सर्वसाधरण शेयर धनिबाट भुपराज काफ्ले र सिताराम श्रेष्ठ, विज्ञ तर्फबाट स्वतन्त्र सञ्चालकको रुपमा  बालेन्द्र क्षेत्रीलाई सर्वसमत चयन गरिएको निर्वाचन सयोजक कृष्णप्रसाद पनेरुले जानकारी दिए। यस कम्पनीको सञ्चालक समितिको अध्यक्ष विक्रम पाण्डे हुन् । यो समितिको कार्यवधि ४ वर्षको रहनेछ।  
अर्को समाचार
कालिका पावरले घटायो बोनस सेयर
२८ पौष २०८०
•
२ मिनेट पाठ
कालिका पावरले घटायो बोनस सेयर
कालिका पावर कम्पनी लिमिटेडले आफ्ना सेयर धनीलाई दिने बोनस सेयर घटाएको छ। अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर दिएको कम्पनीले चालु आर्थिक वर्षमा पाँच प्रतिशत घटाएर १० प्रतिशतमा झारेको हो।

कम्पनीको आज भरतपुरमा भएको १६औँ वार्षिक साधारणसभाले चुक्त्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।

कम्पनीको गत आर्थिक वर्ष सञ्चित मुनाफा चुक्ता पुँजी ७९ करोड ३५ लाख रुपैयाँ छ। त्यसको १० प्रतिशतले हुन आउने सात करोड ९३ लाख रुपैयाँ बोनस सेयर दिने निर्णय भएको कम्पनीका लेखा अधिकृत प्रविन थपलियाले जानकारी दिए।

कम्पनीले घोषणा गरेको लाभांस विद्युत् नियमन आयोगबाट स्वीकृत गरेपछि सेयर धनीले पाउनेछन्।कम्पनीले कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशसमेत दिनेछ। त्यसका लागि ४१ लाख ७६ हजार ३१६ रुपैयाँ स्वीकृत भएको छ।

कम्पनीको गत वर्षको नाफासमेत घटेको छ। कम्पनीले आर्थिक वर्ष २०७९-०८० मा ७ करोड ३६ लाख ८९ हजार दुई सय ५४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष आठ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। यस वर्ष समयमा पानी नपर्दा विद्युत् उत्पादनमा कमी आएको कम्पनीका लेखा समितिका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

वार्षिक साधारण सभाले कम्पनीको पुँजी वृद्धि गर्न नियम संशोधनसमेत गरेको छ। संस्थाले दरौदी ग्यासियर हाइड्रोअन्तर्गतको २०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकास्थित दरौदी खोलाबाट विद्युत् उत्पादन गरेको छ।

गत वर्ष मात्रै कम्पनीले तीन करोड आठ लाख ९८ हजार हजार युनिट विद्युत् उत्पादन गरेको थियो। त्यसबाट १९ करोड १७ लाख ७५ हजार ७९२ रुपैयाँ आम्दानी गरेको कालिका पावरले जानकारी दिएको छ।

२०७३ सालबाट विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गरेको कालिका पावरले ६ हजार किलोवाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

कालिका पावरको संस्थापक सेयर धनी पुँजी ७० प्रतिशत र सर्वसाधारण पुँजी ३० प्रतिशत रहेको छ। कम्पनीले गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी बी साना विद्युत् आयोजना र माथिल्लो दरौदी सी साना जलविद्युत् आयोजनामा ५० प्रतिशत सेयर राख्ने निर्णयसमेत गरेको छ। यी दुईवटा आयोजनाले १७.८५ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ।

यस कम्पनीको सञ्चालक समितिका अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस