बजेटको आकार घटाउँदै त्रियुगाको १० औँ नगरसभा सम्पन्न
३० पौष २०७९
•
४ मिनेट पाठ
बजेटको आकार घटाउँदै त्रियुगाको १० औँ नगरसभा सम्पन्न
नगरसभामा कर्मचारी शिरोमणि खतिवडालाई प्रशंसापत्र प्रदान गर्दै मेयर बस्नेत। तस्विरः महेश्वर
झण्डै २ दर्जन स्थानीय ऐन तथा कार्यविधिहरु पारित गर्दै त्रियुगा नगरपालिकाले ‘१० औँ नगरसभा ०७९’ सम्पन्न गरेको छ। शुक्रबार आयोजित नगरसभामा नगरप्रमुख बसन्तकुमार बस्नेतले पेश गरेको विभिन्न ६ वटा ऐन, १३ वटा कार्यविधि र २ वटा नीति तथा कार्ययोजना पारित गरेको छ।  




मेयर बस्नेतले सभामा निर्णयार्थ प्रस्तुत गरेका विभिन्न ऐनहरु नगर सभासदहरुले कर्तल ध्वनीका साथ पारित गरेका हुन्। जस अनुसार नगर शिक्षा ऐन (दोस्रो सशोधन), जलस्रोत ऐन, नगर कृषि ऐन, साझेदारी कार्यक्रम सञ्चालन व्यवस्थापन ऐन, वन तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी ऐन र संस्था दर्ता ऐन पारित गरेको छ। त्यस्तै ऐलानी जग्गा लगत संकलन सम्बन्धी कार्यविधि ०७९, भू–उपयोग कार्यविधि, स्वास्थ्य बिमा सम्बन्धी कार्यविधि, त्रियुगा अन्तरमावि रनिङ सिल्ड खेलकुद प्रतियोगिता सञ्चालन कार्यविधि, लैंगिक हिंसा उद्धार कोष सञ्चालन कार्यविधि, विपत आपतकालीन केन्द्र सञ्चालन कार्यविधि ०७९ पनि सभाले पारित गरेको छ।  

त्यस्तै मुसहर समुदायको सर्वाङ्गशीण विकास परियोजनातर्फ करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि ०७९, विषयगत समिति कार्य सञ्चालन कार्यविधि, सूचना तथा अभिलेख केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि, सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धी कार्यविधि र बाल अधिकार संरक्षण तथा संबद्र्धन सम्बन्धी कार्यविधि ०७९ पनि पारित गरेको छ। सभाले त्रियुगा नगरपालिका सामाजिक समावेशीकरण नीति ०७९ तथा लैंगित नीति र कार्ययोजना ०७९ पनि पारित गरेको छ।  

नयाँ ऐन तथा कार्यविधिरुहरु पारित भएपछि नगरको राजश्व वृद्धि हुनुका साथै अव्यवस्थित र कठिन विषयहरु समाधान हँुदै जाने अपेक्षा मेयर बस्नेतले गरेका छन्। भू–उपयोग कार्यविधि नहुँदा ऐलानी र अव्यवस्थित बसोबास व्यवस्थापन गर्न तथा जमिनको लगत संकलनमा समस्या रहेकोमा अब त्यस्तो समस्या नहुने मेयर बस्नेतले बताए।  त्यस्तै संघसंस्था दर्ता तथा नवीकरण सोझै जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थाले नगरपालिकामा के कति संघसंस्था कार्यरत छन् भन्ने विवरणसम्म खोज्नुपर्ने समस्या पनि अव हट्ने उनले बताए। अबदेखि संघसंस्था दर्ता वा नवीकरण गर्दा वडा कार्यालयको सिफारिस लिएर पहिला नगरपालिकामा पठाउन उनले निर्देशन दिए। नगरमा दर्ता र नवीकरण गरेपछि मात्र प्रशासनमा पठाउँदा स्थानीयतहभित्र क्रियाशील र नयाँ दर्ता भएका  संघसंस्थाको सम्पूर्ण विवरण अद्यावधि गर्न सहज हुनुका साथै राजश्व पनि बढ्ने उनले बताए।

ऐन र कार्यविधि नहुँदा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक असमानता, वन तथा बिपत व्वस्थापन, कृषि, घर बहाल करजस्ता समस्याहरु यो सभापछि समाधान हुने ढोका खुलेको छ। सभामा वडाध्यक्ष तथा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मेयर बस्नेतले चालु वर्षको ६ महिना बित्दासम्म सोचेजस्तो काम गर्न नसक्नुका विभिन्न कारणहरु रहेको बताए। चाहेजस्तो काम गर्न नसक्नुमा साउन र भदौ वर्षा बाढीको समस्या, असोज र कात्तिक दसैं, तिहार, छठजस्ता चाडपर्व तथा मंसिर र पुस प्रतिनिधिसभा र प्रदेशसभा चुनाव र चुनावपछि नयाँ सरकार गठन मुख्य कारण रहेको उनले खुलाए।  

सभाले नगर उपप्रमुख महेश्वरी राईले प्रस्तुत गरेको चालु आर्थिक वर्ष ०७९÷८० को संशोधित बजेट पनि स्वीकृत गरेको छ। जस अनुसार चालु वर्षको १ अर्ब २३ करोड रुपैयाँ वार्षिक बजेट ३ करोड १५ लाख रुपैयाँ संशोधन गरी १ अर्ब २० करोड रुपैयाँमा झरेको छ। नवौँ नगरसभामा तर्जुमा गरिएको बजेट तथा नीति कार्यक्रममा कतिपय अत्यावश्यक शीर्षकमा कम बजेट पर्न गएकाले थप्नै पर्ने अवस्था आएको तथा कुनैमा आवश्यक्ता भन्दा बढी रकम पर्न गएकाले संशोधन गर्नु परेको नगर उपप्रमुख राईले बताइन्। उपमेयर राईका अनुसार संशोधन गरिएका बजेट सबै पुँजीगततर्फको शीर्षक अन्तर्गत रहेका छन्।

सभामा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले नगरपालिकाको आन्तरिक आय प्रक्षेपण गरिएको दाँजोमा हालसम्मको संकलनले लक्ष्य नछुने संभावना भएको, संघ र प्रदेशबाट आउने राजश्व बाँडफाँडको रकम प्राप्त नभएको तथा अन्य विविध कारणले चालु वर्षको बजेटको आकार घटाउने गरी संशोधन गर्नु परेको बताए। उनका अनुसार चालु वर्ष १२ करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरिएकोमा अहिलेसम्म लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएको छ। त्यसैगरी संघ र प्रदेशबाट प्राप्त हुनुपर्ने बजेट ६० प्रतिशत निकासा हुनुपर्नेमा हालसम्म ३३ प्रतिशत मात्र निकासा भएको प्रमुख प्रशासकीय अधिकृत वनले बताए।  

नगरपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी विश्वजीत राईले चालुतर्फको कार्यक्रम गर्न पैसा अपुग देखिएकाले पुँजीगततर्फको बजेट रकमान्तर गर्नु परेको बताए। उनका अनुसार संशोधित बजेट अनुसार १६ वटै वडा प्रत्येकबाट ५ लाखका दरले कटौती गरिएको छ। त्यस्तै लागत सहभागितावापत बिनियोजित ५० लाख र १६ नं. वडामा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको वडा प्रशासनिक भवनका लागि विनियोजित २८ लाख शीर्षकान्तर गरिएको राईले बताए। नवौँ नगरसभाले प्रत्येक वडालाई १ करोड २५ लाखका दरले दिने गरी विनियोजन गरेकोमा अब १ करोड २० लाख मात्र पाउने अधिृकत राईले बताए।  

नगरपालिकाले २ दर्जन हाराहारी कर्मचारीलाई प्रशंसापत्र दिएर सम्मान पनि गरेको छ। राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको प्रशासन शाखा प्रमुख श्यामकुमार सुन्दासले बताए। सम्मानित कर्मचारीलाई मेयर बस्नेत, उपमेयर राई र प्रमुख प्रशासकीय अधिकृत वनले प्रसंशापत्र प्रदान गरेका थिए।
अर्को समाचार
सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ
१२ मंसिर २०८०
•
२ मिनेट पाठ
सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ
पक्राउ ढकाल र अफल। तस्बिरः महेश्वर
सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्। नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिका सदस्यसचिव ढकाल फरार अवस्थामा सोमबार पक्राउ परेका हुन्।




जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सरकारी कागजातमा किर्ते दस्तखत गरेको आरोपमा उजुरी परेपछि त्रियुगा नगरपालिका ११ का ४७ वर्षीय ढकाल केही दिनयता फरार थिए। उनलाई खोजविनको क्रममा सोमबार फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले सरकारी कागजातमा किर्ते हस्ताक्षर गरेको उजुरी परे अनुसार अख्तियारबाट छानबिन गर्ने क्रममा नगरपालिकामा पत्र प्राप्त भएको बताए। राजश्व संकलन सम्बन्धी विभिन्न खाले सरकारी लिखतमा किर्ते हस्ताक्षर गरेको आरोपमा छानबिन गर्ने क्रममा ढकाल दोषी ठहरिने देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार नगरपालिकाले प्रशासन गुहारेको बस्नेतले बताए।

नगरपालिकाको अघिल्लो कार्यकालमा राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिको सदस्यसचिव रहेका बेला गरेको किर्ते कागजात बनाई प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुखलगायत व्यक्तिको किर्ते हस्ताक्षर गरेको आरोपमा अहिले ढकाल पक्राउ परेको मेयर बस्नेतले बताएका छन्। ढकालमाथि नगरपालिकाको नदीजन्य पदार्थको ठेक्का प्रकरण र विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीले नगरपालिकामा राजश्वबापत बुझाएको विभिन्न शीर्षकको रकमको रसिदसमेत नक्कली बनाएको आरोप लागेको बस्नेतले बताए।

विदेश पढ्न जाने विद्यार्थीले नगरपालिकाबाट सिफारिस लिएबापत प्रतिव्यक्ति लिइने लगभग २६ हजार रुपैयाँको रसिदमा क्युआर कोड नहालेको पाइएकाले कतिपय विद्यार्थी पढाई छाडेर फर्कनु पर्ने अवस्था आएको पनि मेयर बस्नेतले बताए। ‘राजश्व सङ्कलनमा ढकाल धेरै थरी किर्ते गरेको आरोपमा मुछिँदै छन्’ मेयर बस्नेतले भने ‘किर्ते कागजात बनाई हाकिम र उपमेयरको किर्ते हस्ताक्षर गर्ने, विदेश पढ्न जाने विद्यार्थीलाई क्युआर कोडबिनाको सिफारिस पत्र दिएर रकम खल्तीमा हाल्ने कामसमेत उनले गरेको पाइएको छ।’

अख्तियारले त्रियुगाका ढकालसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कार्की र तत्कालीन नगरप्रमुख बलदेव चौधरीविरुद्ध पनि विशेष अदालतमा यसअघि नै मुद्दा दायर गरेको छ। ढकाल चौधरी र कार्की तीन जनालाई बिगो र जरिवानाको दाबी गर्दै विशेषमा मुद्दा दायर गरेको छ।

यसैबिच प्रहरीले मंगलबार बेलका नगरपालिका १ आम बासीबाट लागूऔषध ब्राउनसुगरसहित सप्तरीका बासिन्दालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले बेलका १ को आम बासीबाट ३५ ग्राम ७ सय ६० मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सप्तरीको सप्तकोसी नगरपालिका १ का २७ वर्षीय सयद महमद अफजलाई पक्राउ गरेको हो।

उनीहरु दुवैलाई मंगलबार जिल्ला अदालत उदयपुरबाट म्याद थपेर अनुसन्धान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए।

लागूऔषध र सरकारी दस्तखत किर्ते गरेको अभियोगमा फरक फरक ठाउँबाट २ जना पक्राउ परेका छन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस