सराङकोटमा हुने प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट
०२ माघ २०७९
•
४ मिनेट पाठ
सराङकोटमा हुने प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट
मान्द्रेढुंगाको आकाशमा उडिरहेको प्याराग्लाइडिङ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्न रोकिएर मान्द्रेढुंगा सरेको छ। तस्बिरः नागरिक
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै झन्डै अढाइ दशकदेखि सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ हटेर सराङकोट भन्दा पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगामा सर्‍यो। गत जनवरी १ देखि सराङकोटको आकाशमा प्याराग्लाइडिङ उड्न रोकिएको छ। सराङकोटबाट मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङको अहिले परीक्षण उडान भइरहेको छ।




यसअघि पनि मान्द्रेढुंगामा प्याराग्लाइडिङ उडान गर्न पाइन्थ्यो। नेपाल नागरिक उड्ययन प्राधिकरणले यसअघि पनि मान्द्रेढुंगाको आकाशमा प्याराग्लाइडिङ उड्न पाउने गरी अनुमति लिएको थियो तर मान्द्रेढुंगाको उडान व्यावसायिक हुन सकेको थिएन। पोखरा उपत्यका, फेवाताल र हिमालको दृष्य खासै नदेखिने हुनाले मान्द्रेढुंगाबाट व्यावसायिक उडान हुन सकेको थिएन। केबल सिकारु पाइलटले अभ्यासका लागि र लामो समयसम्म एकल (सोलो) उडान गर्ने पाइलट मान्द्रेढुंगा पुग्दथे।

अब भने त्यही मान्द्रेढुंगाको आकाशमा मात्र प्याराग्लाइडिङ उडाउन पाउने भनेर हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले क्षेत्र तोकिदिएको छ। यसअघि प्याराग्लाइडिङ उडान गर्न पाउने सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा विमानस्थल सञ्चालनमा आएदेखि प्राधिकरणले उडानमा रोक लगाएको छ।

प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार मान्द्रेढुंगाको आकाशको टेकअफ प्वाइन्ट समुन्द्री सतहदेखि करिब १७ सय मिटर (५७०८ फिट) मा छ। प्राधिकरणले मान्द्रेढुंगामा ६ हजार फिटभन्दा माथि उड्न नपाउने गरी उचाइ तोकिदिएको छ। उडेपछि झन्डै ३ सय फिट माथिसम्म मात्र जान पाइने भण्डारीले बताए।  

मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान क्षेत्रको पामे क्षेत्रमा अवतरण गर्न पाउँछन्। अहिले परीक्षणको क्रममा पनि पामे फाँटमा अवतरण गरिरहेका छन्। भण्डारीका अनुसार मान्द्रेढुंगाबाट उडान भरेपछि टेकअफ प्वाइन्ट भन्दा धेरै नै माथि उड्न नपाउँदा कतिपय दृष्य अवलोकन गर्न सहज छैन। फेवाताल, हिमाल र पोखरा बजार देख्न सकिए पनि सराङकोटबाट जस्तो स्पष्ट नहुने उनले बताए।

भण्डारीका अनुसार टेकअफ पछि पूर्वतर्फ (तोरिपानी-सराङकोट) र पश्चिम (पञ्चासे) तर्फ ५-५ सय मिटरसम्म मात्र आउजाउ गर्न पाउँछन्। उत्तर (सुइखेत) तिर त ५० मिटरसम्म मात्र जान पाउनेछन। दक्षिणतिर (पामे) भने साढे ४ किलोमिटरसम्म आउन पाउनेछन। ‘बक्स अलि साँघुरो भएको छ,’ उनले भने, ‘यसले केही अप्ठेरो बनाएको छ।’

‘टेकअफ पछि उत्तरतिर जानै पाइदैन। सिधै दक्षिण बढ्ने हो। सराङकोटबाट जस्तो ताल, हिमाल र बजार स्पष्ट देखिँदैन,’ प्याराग्लाइडिङ उडानको लामो अनुभव बटुलेका एकजना पाइलटले भने, ‘उड्ने बेलामा हिमाल देखिए पनि त्यसपछि तलतल मात्र उड्ने हो, बढी उचाइ लिन पाइँदैन र उत्तरतिर पनि जान पाइँदैन। उत्तरतिर जान नपाएपछि हिमाली शृङ्खला देख्न सकिन्न। सराङकोटको जस्तो उडान कुनै पनि हालतमा हुन सक्दैन।’

ती पाइलटका अनुसार मान्द्रे ढुंगाबाट उडेपछि सिधै ल्याण्डिङ जोन तिर आउने हो। ‘ल्याण्डिङ जोन केही दक्षिण भएकाले उडान अवधि बढी हुनसक्छ,’ उनले भने, ‘तर, पहिलेजस्तो हिमाल, ताल, पोखरा बजार स्पष्ट देख्न पाइँदैन। उड्नासाथ सिधै अघि बढ्ने हो, त्यसपछि अवतरणस्थलतिर आउने हो।’ टाढाबाट हेर्दा मात्र ताल र बजार देखिने भएकाले स्पष्ट नहुने उनले बताए।

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार अहिले पामेको फाँटमा अवतरण गराइएको छ। मान्द्रेढुंगामा परीक्षण उडान भइरहेको उनले बताए। उनका अनुसार दुई दिनदेखि मान्द्रेढुंगामा परीक्षण उडान भइरहेको छ। अबका तीन दिनसम्म प्याराग्लाइडिङका पाइलटले अर्काे पाइलटलाई नै उडाएर अभ्यस्त बनाउने तयारी भइरहेको छ। ‘टेण्डम पाइलटले अर्का पाइलटलाई नै उडाएर दिनको २ उडान गर्ने र त्यसपछि बल्ल व्यावसायिक उडानमा जाने हो। पहिला सोलो हुने ठाउँ हो। अब गेष्टलाई उडाउने भएकोले सुरक्षित महसुस गराउन पनि पाइलटबीच नै अभ्यास गराउन खोजेका हौ,’ उनले भने।

रावतका अनुसार प्राधिकरणले पहिलो चरणमा एकमहिनाका लागि मात्र हो मान्द्रेढुंगामा उडान गर्न अनुमति दिएको छ। अहिले टेकअफ गरेपछि ल्याडिङ क्षेत्रसम्म आउन कम्तिमा १५ मिनेट लाग्छ। पहिले भने सराङकोटबाट उडेको ७-८ मिनेटमै खपौदीको अवतरणस्थलमा झर्न सकिन्थ्यो। अब भने अवतरणस्थलमै आउनका लागि केही बढी समय उड्नुपर्ने उनले बताए। उचाई बढी लिन नपाएपछि ताल र हिमाल भने पहिलेजस्तो देख्न नपाइने रावतले बताए।

संस्थाका निवर्तमान अध्यक्ष भण्डारीले मान्द्रेढुंगाको आकाश साँघुरो भएकाले समस्या परेको बताए। ‘मान्द्रेढुंगाको एयरस्पेस साँघुरो हुने भयो। धेरै नै उचाइ लिन नपाउने भएपछि खेल्ने ठाउँ साँघुरो हुनेछ,’ उनले भने, ‘साँघुरो क्षेत्रलाई फराकिलो बनाउन प्राधिकरणसँग अनुरोध गर्नेछौ।’ उनले दुई दिनदेखि मान्द्रेढुंगाको आकाशमा भइरहेको प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको बताए। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस