कामदारको रकम मोजमस्तीमा
१३ भदौ २०७३
•
१० मिनेट पाठ
कामदारको रकम मोजमस्तीमा
काठमाडौं- वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकममा सरकारी निकायले मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु, बिरामी या अंगभंग भएमा तिनै कामदारलाई राहत दिन संकलन गरिने रकम सरकारी निकायले नै आफूखुसी 'उडाउने' गरेको तथ्य फेला परेको हो।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्रतिकामदार उठाउने एक हजार रुपैयाँको दुरूपयोग स्वदेशमा भन्दा विदेशका नेपाली नियोगले बढी दुरुपयोग गर्ने गरेको पाइएको छ। खासगरी वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका कामदार समस्यामा पर्दा उनीहरूलाई उद्धार तथा अन्य सहयोग उपलब्ध गराउने नाममा राजदूतावासले बोर्डबाट रकम माग्ने र त्यो रकमलाई मनपरी गर्ने गरिएको सम्बद्ध अधिकारीले नागरिकलाई बताए। पछिल्लो समयमा आएर त झनै कामदारको सहयोगका लागि पटकपटक पठाएको रकम विदेशस्थित नेपाली दूतावासले के काममा खर्च गरियो भनेर विवरण माग्दा समेत दिन छाडेको बोर्डका पदाधिकारी बताउँछन्।

समस्यामा परेका कामदारलाई उद्धार तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन बोर्डले २०६५ सालयता १० करोड रुपैयाँ नेपाली कामदार रहेका विभिन्न देशका दूतावासमा पठाए पनि त्यहाँबाट त्यो रकम कहाँ र कसरी खर्च गरियो भनेर बिल, भर्पाइ प्राप्त नहुँदा बर्सेनि पेस्की रकममा बेरुजु थपिएको थपियै छ। बोर्डका कतिपय कर्मचारी दूतावासले मनपरी ढंगले कामदारको रकम खर्च गरेका कारण बिल, भर्पाई पठाउन नमानेको हुन सक्ने अनुमान गर्छन्।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले समस्यामा परेका कामदारको सहयोग गर्न विभिन्न दूतावासलाई रकम पठाउने अहिलेको व्यवस्था नै ठीक नभएको ठान्छन्। कामदार समस्यामा परेपछि विभिन्न दूतावासले परराष्ट्र मन्त्रालयमार्फत रकम माग्ने र बोर्डले सोही आधारमा ती दूतावासमा कल्याणकारी कोषबाट रकम पठाउने अहिलेको प्रचलन हो। 'विदेशमा कुन काम र कसका लागि बोर्डबाट पठाइएको रकम खर्च गरियो भनेर काठमाडौंमा बसेकाले यकिन गर्न गाह्रो हुन्छ,' काफ्लेले भने, 'यसको साटो दूतावासलाई आवश्यक पर्ने रकम वर्षमा एकैचोटि पठाउने र जसले खर्च गरेको हो त्यही (दूतावास रहेको मुलुकमै) लेखापरीक्षण गर्ने व्यवस्था मिलाउन सक्दा कल्याणकारी कोष बढी पारदर्शी हुन्छ।'

बोर्डमा लामो समय काम गरेका कर्मचारीका अनुसार कतिपय दूतावासले कल्याणकारी कोषको रकम नेपालबाट जाने विशिष्ट व्यक्तिको सत्कारमा खर्च गरेको  भनेर बिलसमेत पठाउने गर्छन्। 'कामदारको रकम अतिथि सत्कारमा खर्च गरिएको भन्दै राजदूतले बिल पठाएपछि त्यस्ता बिल फर्स्योट गर्न गाह्रो परेको छ,' बोर्डका कर्मचारीले भने, 'कल्याणकारी कोषको रकम प्रयोग गर्न नमिल्ने शीषर्कमा रकम खर्च गरेको देख्दा अचम्ममा परेका छौं।' 

कामदारको सहयोगार्थ बोर्डले पठाएको रकम सबभन्दा बढी मलेसियामा दुरूपयोग भएको हुनसक्ने बोर्डका कर्मचारीको आशंका छ। 'पठाएको रकममध्ये आधाभन्दा बढीको त लामो समयदेखि बिल, भर्पाइ नै प्राप्त भएको छैन। प्राप्त भएको बिलमध्ये पनि कल्याणकारी कोषको रकम खर्च गर्नै नमिल्ने शीर्षकमा खर्च गरिएको देखिन्छ,' ती कर्मचारीले भने, 'दूतावासले मागेको रकम नपठाउने हो भने कामदार समस्यामा परेको आरोप लाग्छ। रकम पठाउँदा अरुले गरेको दुरुपयोगको भागिदार बोर्ड हुनुपर्ने अवस्था छ।'

कामदारलाई पठाएको रकम कहाँ र कसरी खर्च गरियो भनेर विदेशस्थित नेपाली दूतावासले बिल, भर्पाइ नपठाएका कारण बोर्डका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक बोलाएर सोधपुछ गर्ने गरेको छ। 'समस्या नेपालमा होइन। जहाँ रकम पठाएको हो, त्यहीँ छ,' बोर्डका ती कर्मचारीले भने, 'तैपनि अन्यत्रको ध्यान मोड्न बोर्डका कागजपत्र लिने, सोधपुछ गर्ने गरिएको देख्दा अचम्ममा परेका छौं।'

पूर्व श्रममन्त्री मोहम्मद आफ्ताव आलम कोरिया जाँदा उनको अतिथि सत्कारमा खर्च भएको भन्दै त्यहाँको दूतावासले कल्याणकारी कोषको रकम खर्च गरी फर्स्यौट गर्न बिल पठाएको छ। जबकि कुनै पनि विशिष्ट व्यक्ति विदेश जाँदा उनीहरूको सबै खर्च सरकारी कोषबाट मिलाउनुको साथै दैनिक भत्ताको समेत व्यवस्था गरिएको हुन्छ। दूतावासलाई बोर्डबाट बाहेक सरकारले नियमित कामका लागि आवश्यक रकम पठाइरहेको हुन्छ। विभिन्न दूतावासले खर्च गरेको रकमको बिल, भर्पाइ हेरिरहेका कर्मचारीका अनुसार थुप्रै खर्चको शीर्षकमा दूतावासले आफ्नै र बोर्डको रकममा 'डुप्लिकेसन' गराएको प्रस्टै देखिन्छ।

कतिपय दूतावासले विदेशमा मरेको व्यक्तिको शव नेपाल पठाउने भन्दै रकम माग्ने तर त्यस्ता व्यक्तिको राहदानी उपलब्ध नगराउने गरेको बोर्डका कर्मचारी गुनासो गर्छन्। 'शव पठाउनुपर्‍यो भनेर रकम माग्ने तर विवरण नदिनेको कामै रोक्नुपरेको छ,' बोर्डकी कामदार हक–हित शाखाकी प्रमुख कृष्णा गौलीले भनिन्, 'राहदानी नम्बरसम्म दिने हो भने मृतकबारे धेरै जानकारी हुन्थ्यो।'

केही समयअघि एकजना कामदारको लाश नेपाल पठाउने भन्दै इजरायली दूतावासले रकम मागेको तर त्यो शव नेपाल आए/नआएबारे कुनै जानकारी नभएको अर्का कर्मचारीले बताए। विदेशमा मरेका व्यक्तिको लाश नेपालसम्म पुर्‍याउन बोर्डले एकदेखि डेढ लाख रुपैयाँसम्म दूतावासमा पठाउने गर्छ। 'श्रम स्वीकृति लिएर गएको व्यक्तिको निधन हुँदा त्यसको शव पठाउने पहिलो दायित्व रोजगारदाताको हो,' बोर्डका एक कर्मचारीले भने, 'दूतावासले रोजगारदातासँग सामान्य कुराकानी गर्दा मात्र शव पठाउने व्यवस्था रोजगारदाता कम्पनीले गर्छ। तर विदेशस्थित नियोगका कर्मचारीको ध्यान रोजगारदातासँग त्यस्ता समस्यामा कुरा हुनुको साटो कसरी हुन्छ बोर्डकै रकम माग्नेतिर देखिन्छ ।'

कतिपय दूतावासले कामदारको हितका लागि भन्दै ठूला लगानीका कार्यक्रम सुरु गर्ने तर त्यस्ता कार्यक्रमको आवश्यकता थियो वा थिएन भन्नेबारे कुनै अध्ययन नै नगरेको पाइएको छ। हालै मलेसियास्थित नेपाली दूतावासले कामदारलाई जनचेतना फैलाउने भन्दै सुरु गरेको रेडियो कार्यक्रमको औचित्य पनि पुष्टि हुन सकेको छैन। उक्त कार्यक्रममा लागि आवश्यक उपरकण किन्न भन्दै दूतावासले ५३ लाख रुपैयाँ मागेकोमा बोर्डले २६ लाख रुपैयाँ पठाइसकेको छ। त्यस कार्यक्रमको प्रभावकारिताबारे मूल्यांकनसमेत नभएको बोर्डका कर्मचारी बताउँछन्।
अर्को समाचार
कामदारको रकमले दूतावासमा गाडी
०४ वैशाख २०७४
•
५ मिनेट पाठ
कामदारको रकमले दूतावासमा गाडी
काठमाडौं- वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ। रोजगारीको क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कामदार बिरामी, घाइते भएको खण्डमा औषधि उपचार गर्ने व्यवस्थाका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्रतिव्यक्ति हजार रुपैयाँ उठाउने गर्छ।

सामान्यतयाः कामदारले तिरेको रकम कामदारकै हितमा खर्चनुपर्ने मान्यता विपरीत सरकारी निकायले उक्त रकम जथाभावी गरिरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५४ औं प्रतिवेदनमा यस्तो खर्चलाई कार्यक्षेत्र विपरीत भन्दै नियन्त्रण गर्न सुझाव समेत  दिएको छ।

महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२/७३ मा कोषको रकमबाट कर्मचारीको तलबमा २२ लाख रुपैयाँ खर्च गरिएको छ। त्यस्तै मन्त्री, कर्मचारीले विदेश भ्रमणमा एक लाख २७ हजार, राज्यमन्त्रीको विदेशमा होटल खर्चका लागि थप चार लाख ६४ हजार रुपैयाँ खर्च गरेका छन्। राज्यमन्त्रीले एकैपटकको विदेश भ्रमणमा कसरी त्यत्ति ठूलो रकम खर्चिए भन्नेबारे समेत प्रश्न उठेको छ।

कामदारबाट संकलन गरिएको रकम कामदारको हित हुने काममा खर्च गर्नुपर्ने वैदेशिक रोजगार ऐन २०६४ ले व्यवस्था गरे पनि सरकारी कर्मचारी र मन्त्रीले अटेर गरिरहेको बोर्डकै कतिपय कर्मचारी बताउँछन्। कामदारबाट संकलन हुने रकम बोर्डको कल्याणकारी कोषमा दिनहुँ जम्मा हुने क्रम जारी रहँदा कोषको आकार बढिरहेको छ। कोषमा वृद्धि भएको सोही रकमलाई देखेर कामदारको हितसँग सरोकार नराख्ने योजनाका लागि बोर्डबाट रकम माग गर्ने क्रम निकै बढेको बोर्डका कर्मचारी बताउँछन्।

देशको कुल गार्हस्थ उत्पादनमा करिब २९ प्रतिशत बराबर रेमिटेन्स आइरहेको बेला सरकारी बजेटबाटै कामदारमुखी योजना बनाइनुपर्ने माग बढे पनि अर्थ मन्त्रालयले सधैं कोषको बजेट खर्च गर्न दबाब दिने गरेको सम्बद्ध स्रोत बताउँछ। खाडी र मलेसिया लगायत मुलुकमा कामदार समस्यामा परेपछि उनीहरूलाई कानुनी सहायता प्रदान गर्न बोर्डले कानुन व्यवसायीको व्यवस्था गर्दा आवश्यक परेको रकम सरकारी कोषबाट बेहोर्न आग्रह गर्दा पनि अर्थ मन्त्रालयले कोषकै रकम चलाउन जोड दिइरहेको स्रोतको भनाइ छ।

‘कामदारको सुरक्षा गर्ने भन्ने जिम्मेवारी बोर्डको एक्लै हुन सक्दैन भन्नेबारे बुझाउँदा पनि अर्थका अधिकारी नबुझ झैं गर्छन्,' बोर्डका एक कर्मचारीले भने, ‘रेमिटेन्सले देश धानेको छ भन्ने तर कामदारको सुरक्षाका लागि एक सुको लगानी नगर्ने प्रचलन अचम्म लाग्दो छ।' कामदारले जम्मा गरेको रकम उनीहरूको निधन या बिरामी हुँदा मात्र प्रयोग गर्न मिल्ने हो भन्नेबारे पटकपटपक बुझाउने गरे पनि अर्थका अधिकारीले नसुने झैं गर्ने कर्मचारी बताउँछन्। हुँदाहुँदा मन्त्री विदेशमा जाँदा होस् या विदेशस्थित नेपाली दूतावासमा सवारी साधन लगायतका उपकरण किन्ने पनि कल्याणकारी कोषको रकमबाट बेहोरिने क्रम बढिरहेको बताइन्छ।

महालेखाको प्रतिवेदन अनुसार कोरियास्थित नेपाली दूतावासमा गाडी किन्दा ३७ लाख ९७ हजार रुपैयाँ कामदारको रकमबाट बेहोरिएको छ। प्रतिवेदन अनुसार कामदारबाट संकलन भएको कुल ६६ लाख ३९ हजार रुपैयाँ कोषको उद्देश्य र कार्यक्षेत्र विपरीत खर्च भएको छ। कामदारले तिरेको प्रतिव्यक्ति एक हजार संकलन भएर हाल चार अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै महालेखाको प्रतिवेदनले आर्थिक वर्ष २०७२/७३ मा श्रम तथा रोजगार मन्त्रालय मातहतका १९ वटा निकायमा नौ करोड ४६ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको औंल्याएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस