दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन
१४ माघ २०७९
•
६ मिनेट पाठ
दश प्रतिशत सेवा शुल्क खारेज: ‘मेनु’ को मूल्य बढ्नेछ, उपभोक्तालाई सस्तो पर्दैन
सर्वोच्च अदालतले गत बुधबार होटल, रेस्टुरेन्टले ग्राहकसँग लिँदै आएको १० प्रतिशत सेवा शुल्क लिन नपाउने फैसला गर्‍यो। यो फैसलापछि होटल, रेस्टुरेन्टमा खानपिनका लागि पुग्ने र कुनैपनि पर्यटकीय सेवा सुविधा लिँदा केही सस्तो पर्ने आशमा उपभोक्ता त छन्। तर, उपभोक्ताले आश गरे अनुरूप सस्तो पर्ने सम्भावना भने देखिन्न।




किनभने पर्यटन क्षेत्रमा कार्यरत मजदुरले खाइपाई आएको सेवा शुल्क यत्तिकै छाड्ने अवस्था देखिन्न भने व्यवसायीले आफूमाथि थप आर्थिक भार पारेर मजदुरलाई अतिरिक्त रकम दिन तयार हुने छैनन्। त्यसले गर्दा ‘मेनु’को मूल्य घट्ने अवस्था नरहने व्यवसायी बताउँछन्। बरु ग्राहकको बिलमा १० प्रतिशत रकम थपेको नदेखिनेगरि मूल्य समायोजन हुने व्यवसायी बताउँछन्।

अहिलेसम्म सेवा लिए बापत ग्राहकले मुल्यमा १० प्रतिशत अतिरिक्त सेवा शुल्क तिर्नुपरेको थियो। त्यसमा १३ प्रतिशत कर पनि उपभोक्ताकै काँधमा थियो। जसले गर्दा झन्डै मुल्यमा २४ प्रतिशत अतिरिक्त रकम उपभोक्तामाथि थपिन्थ्यो। सर्वोच्चको आदेशपछि उपभोक्ताले मुल्यमा १३ प्रतिशत मात्र तिरे पुग्नुपर्ने हो, तर, मजदुरले खाइपाइ आएको सेवा सुविधा छाड्न नचाहने र व्यवसायीले आफूमाथि थप आर्थिक भार थप्न नचाहँदा उपभत्तासँग लिने शुल्क घटाउने अवस्था नरहने व्यवसायी स्विकार्छन्।

‘सेवा शुल्क बापतको १० प्रतिशत रकम बिलमा नदेख्दा उपभोक्ताले मनोवैज्ञानिक रुपमा लाभ पाएको मात्र बुझ्नेछन। तर, वास्तविक रुपमा लाभ हुनेछैन,’ लेकसाइडका एक जना रेस्टुरेन्ट व्यवसायी भन्छन्, ‘बाहिरबाट झट्ट हेर्दा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्दा केही सस्तो पर्ने त देखिन्छ, तर, व्यवसायीले आर्थिक भार खेप्न नखोज्ने र मजदुरले खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नचाहँदा अदृश्य रुपमा यो रहिरहनेछ। उपभोक्तालाई यसले तत्काल लाभ दिने देखिन्न।’

उनका अनुसार सेवा शुल्कबाट केही रकम आउने भएपछि अहिले मजदुरले थोरै तलबमा काम गरेका थिए। तर, सेवा शुल्कको रकम नपाउने अवस्थामा मजदुरले काम गर्ने अवस्था रहन्न। त्यो बेला मजदुरको तलब बढाउन व्यवसायी बाध्य हुनेछन्। तर, कोरोना सङ्क्रमणले गर्दा तीन वर्षदेखि व्यवसाय नोक्सानमा रहेकोले व्यवसायीले आफैमाथि आर्थिक भार थप्न चाहेका छैनन्। 

‘पर्यटन क्षेत्र तीन वर्षदेखि नोक्सानमा छ। अहिले त खर्च धान्न हम्मे हम्मे परेको बेला थप आर्थिक भार थप्न व्यवसायी सक्ने अवस्थामा छैनन्,’ उनले भने, ‘त्यसैले मेनुको मूल्य बढाएर भएपनि घाटा पुरा गर्ने उपाय व्यवसायीले लगाउनेछन्।’
ती व्यवसायीका अनुसार सर्वोच्चको आदेश मान्नै पर्ने भएपछि ग्राहकसँग १० प्रतिशत सेवा शुल्क लिन मिल्दैन। जसले गर्दा घाटामा पर्ने अवस्थामा अब मजदुर र व्यवस्थापनले आपसी सहमतिमा अघि बढ्नुपर्ने अवस्था आउने उनले बताए। ‘उपभोक्तासँग लिन पाइएन, लिइयो भने त्यो अदालतको निर्णय नमानेको हुनेछ,’ उनले भने, ‘कि त सेवा शुल्कबाट पाउने बराबरको रकम तलबमा थपिदिनु पर्नेछ। नत्र मेनु मूल्य बढाउनुपर्नेछ। किनकि अहिलेसम्म मेनुको मूल्य तोक्ने व्यवसायी आफैले हो।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई पनि खाइपाइ आएको सेवा सुविधा रोकिँदा विवाद निम्तने अवस्था आउने बताए। उनले पनि बिलमा मात्र नदेखिने, तर, मूल्य तिर्नुपर्न गरी मेनुमै मूल्य समायोजन हुने अवस्था आउने बताए।

‘उपभोक्ताले सस्तो भएको अनुभव गर्न पाउने देखिन्न। व्यवसायी घाटा खेप्न तयार नहुँदा मूल्य सस्तो पर्नेछैन,’ उनले भने, ‘अतिरिक्त भनेर मात्र रकम लिन नपाइने हो, मूल्य तोक्न कसैले रोक्दैन। व्यवसायीले आफू अनुकूल गर्नेछन्।’

खाइपाइ आएको सेवा सुविधा रोकिँदा त्यसले विवाद निम्तने भएकोले व्यवस्थापन सहज नभएको उनले बताए। 

‘मेनु मूल्य घट्ने छैन, बरु बढ्नेछ। बिलमा मात्र १० प्रतिशत तिरेको देखिन्न, उपभोक्तालाई खासै राहत हुँदैन,’ भट्टराईले भने, ‘मजदुरलाई मिलाउनु पनि सहज छैन। अहिले व्यवसायी घाटा सहेर मजदुरको सेवा सुविधा बढाउने अवस्थामा छैनन्।’ 
सेवा प्रवाहको समयमा क्षति भोग्नुपर्ने, भाँडाकुँडा टुटफुट हुने, मजदुर परिवर्तन भइरहने भएकोले बेक्रेज र अपरेशनल लिकेजका लागि भनेर पनि केही रकम छुट्टाएकोले अब त्यसबारे बहस सुरु भएको उनले बताए।

अर्का रेस्टुरेन्ट व्यवसायी सूर्य भुजेल पनि १० प्रतिशत खारेज भएपनि मजदुरले मान्ने अवस्था नरहने बताउँछन्। ‘१० प्रतिशत उठाउँदा मजदुरको हकमा औसतमा कति रकम पर्दथ्यो भनेर आङ्कलन गर्न सकिन्छ, त्यो अनुसार तलब व्यवस्थापन गर्न सके सहज होला, नत्र व्यवसायी आफै घाटामा चलेको समयमा नियमित कमाइबाट अतिरिक्त भार बेहोर्न तयार हुने छैनन्,’ उनले भने, ‘मजदुर र व्यवसायी मिलेर अघि बढ्नुको विकल्प छैन।’

आफूमाथि भार पर्ने भएपछि व्यवस्थापनले अदृश्य रुपमा पाहुनामाथि नै भार पर्नेगरि मूल्य तोक्ने उनले बताए। ‘बिलमा १० प्रतिशत तिरेको देखिन्न, तर, मेनुको मूल्य कम हुने छैन,’ उनले भने,‘बरु मूल्य बढ्ला, सस्तो त पर्दै पर्दैन। किनकि व्यवसायीले घाटा सहेर आर्थिक भार बेहोर्न तयार हुने छैनन्।’  

श्रम ऐन २०७४ दफा ८७ (३) अनुसार अहिलेसम्म पर्यटन क्षेत्रले उपभोक्तासँग १० प्रतिशत रकम असुल्दै आएका थिए। सेवा शुल्क बापत उठ्ने रकमको त्यो रकमको ७१ प्रतिशत दामासाही रुपमा श्रमिकलाई वितरण गरिएको थियो भने ब्रेकेज र अपरेशनल लिकेज व्यवस्थापनका लागि भन्दै २४ प्रतिशत रोजगारदाताका लागि रकम छुट्टाइएको थियो। बाँकी ५ प्रतिशतमध्ये २.५ प्रतिशत रोजगारदाताको संगठन र २.५ प्रतिशत होटल क्षेत्रका ट्रेड युनियनले पाउँथे। उपभोक्तासँग लिइएको सेवा शुल्क ट्रेड युनियनदेखि होटल मालिकका संस्थाहरूको पनि मुख्य आयस्रोत थियो। नियमित कमाई बाहेक १० प्रतिशत सेवा शुल्कबाट पनि अतिरिक्त आम्दानी हुने भएपछि यो प्रावधान हटाउन कतिपय व्यवसायीले आनाकानी गर्दै आएका थिए। 

यसअघि मजदुर आन्दोलनको बलमा पर्यटन क्षेत्रले उपभोक्तासँग यो रकम उठाउँदै आएका थिए। ठुला होटल र रेस्टुरेन्टले २०६६ देखि मात्र सेवा शुल्कको रकम मजदुरलाई दिन थालेका थिए। तर, २०६३ मै पर्यटन क्षेत्रमा सेवा शुल्क लगाउने सम्झौता भएको थियो। तर, मजदुर आन्दोलन भएपछि सम्झौताको तीन वर्षपछि मात्र मजदुरले रकम पाउन थालेका थिए।

पर्यटन क्षेत्रको यो शुल्कबारे उपभोक्ताले भने असन्तोष जनाइरहँदा २०७५ मा शुल्कबारे विवाद दोहोरिएको थियो। रेस्टुरेन्ट व्यवसायीले त्यो बेला शुल्क नलिने भने पनि फेरि मजदुर आन्दोलन सुरु भएपछि नियमित रुपमा सेवा शुल्क उठाउन थालिएको थियो।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर यूनियनका केन्द्रीय उपाध्यक्ष मनमोहन गायक खाइपाइ आएको सेवा शुल्क नपाए आन्दोलन गर्न बाध्य हुने बताउँछन्। ‘सेवा शुल्क लिन नपाउने हो भने मजदुरले काम छाड्नेछन्। अहिलेसम्म न्यूनतम ज्याला मात्र पाएका छौ,’ उनले भने, ‘यो महँगीमा त्यो ज्यालाले टिक्न सक्दैनौ। कि त तलब बढाउनुपर्छ, नत्र सेवा शुल्क उठाउन पाउनुपर्छ।’ उनले पर्यटन क्षेत्रमा मात्र सेवा शुल्कको विषय उठेको तर, सरकारी सेवामा भने मौन रहेको बताए। ‘अन्य सरकारी निकायमा पनि सेवा शुल्क छ। तर, त्यहाँको खारेज नगर्ने, पर्यटनमा मात्र हुने भन्ने होइन, सबैमा लागु हुनुपर्छ,’ उनले भने।

महँगीको मारमा परेका मजदुर सेवा शुल्क नपाए झनै मारमा पर्ने उनले बताए। उनले श्रम ऐन र नियमावली अनुसार रकम लिइएको बताए। ‘खाइपाई आएको सेवा घटाउन पाइएन,’ उनले भने, ‘आम्दानी घट्छ भने मजदुर काम छाडेर खाडी पस्न तयार हुनेछन, काम गर्नेछैनन्।’ गायकले पनि व्यवसायीले नोक्सानी खेप्न नसक्ने अवस्थामा अब मूल्य बढाउने निश्चित भएको बताए। ‘अब मेनुको मूल्य बढ्नेछ। त्यसले उपभोक्ता मारमा पर्ने निश्चित छ। किनकि घाटा खेप्न व्यवसायी पनि तयार छैनन्। बिल नबनाई कारोबार गर्ने सम्भावना झनै बढ्यो,’ उनले भने।  
अर्को समाचार
नेपाल चिनाउन टिकटक बनाइँदै
१५ कार्तिक २०८३
•
४ मिनेट पाठ
नेपाल चिनाउन टिकटक बनाइँदै
पोखरा क्षेत्रको पर्यटनलाई समेटेर कन्टेन्ट तयार पार्नका आएका विभिन्न मुलुकका टिकटकरलाई पोखरामा स्वागत गर्दै बोर्ड पदाधिकारी, कर्मचारी र व्यावसायी। तस्बिरः नागरिक
प्राकृतिक विपद्ले थलिएको पर्यटन क्षेत्र उकास्ने उद्देश्य स्वरुप पर्यटन बोर्डले सामाजिक सञ्जाल टिकटक मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन थालेको छ। सामाजिक सञ्जाल टिकटक मार्फत गन्तव्य प्रवर्द्धन गर्नका लागि विभिन्न सातवटा मुलुकका कन्टेन्ट क्रिएटर यतिबेला नेपाल आएका छन्। नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा बाँडिएर उनीहरुले कन्टेन्ट तयार पारिरहेको पर्यटन बोर्डले बताएको छ।  




बोर्डका वरिष्ठ प्रवन्धक सुर्य थपलियाका अनुसार विभिन्न सातवटा मुलुकका उनीहरु अहिले तीनवटा समूहमा बाँडिएका छन्। टिकटकले छनोट गरेर पठाएका ती कन्टेन्ट क्रिएटरहरु अहिले बर्दिया, चितवन र पोखरामा बाँडिएर कन्टेन्ट बनाउन थालेका छन्। ती मध्ये पोखरामा तीनजना आएका छन्।  

‘यो बेला नेपालको पर्यटन क्षेत्र निकै नै अप्ठेरोमा परेको छ। विपद्ले नेपालको पर्यटन क्षेत्रमाथि निकै नै असर पारेको छ। पुरै नेपाल प्राकृतिक विपद्ले ध्वस्त भएको भन्ने जस्ता सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह भएको छ,’ थपलियाले भने, ‘त्यो सन्देश चिर्न पनि यो खालको प्रवर्द्धनले सघाउनेछ। विपद्बारेको सन्देशले झस्किएका पाहुनालाई नेपाल बोलाउन यो प्रवर्द्धनले सघाउने अपेक्षा छ।’

उनका अनुसार ठूलो संख्यामा फलोअर्स रहेका ती कन्टेन्ट क्रिएटरले पहिलो चरणमा सम्बन्धित गन्तव्यलाई चिनाउनेगरि प्रवर्द्धन गर्नेछन्। ‘बर्दिया, चितवन र पोखरामा फरक फरक खालको पर्यटकीय पहिचान छ। ती कन्टेन्ट क्रिएटरले फरक ठाउँलाई त्यहीको पहिचान हुनेगरि प्रवर्द्धन गर्नेछन,’ उनले भने, ‘नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको भन्ने सन्देश उनीहरुमार्फत प्रवाह हुनेछ।’ ठूलो आकारमा फलोअर्स रहेकोले विदेशी पाहुनाले उनै कन्टेन्ट क्रिएटरको कन्टेन्ट हेरेर नेपाल घुम्न आउने अपेक्षा बोर्डको रहेको छ।  

थपलियाका अनुसार पर्यटन बोर्ड र टिकटकबिच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नेगरि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यही सम्झौता बमोजिम ती कन्टेन्ट क्रिएटर नेपाल आएको थपलियाको भनाई छ। नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका सामग्री निर्माता नेपाल आएका छन्।

‘बोर्ड र टिकटकबिच सम्झौता भए बमोजिम टिकटकले नै छनोट गरेर उनीहरुलाई नेपालमा पठाएको छ। नेपालमा व्यवस्थापन गर्ने जिम्मा बोर्डको हो,’ उनले भने। बोर्डका कर्मचारी नै ती कन्टेन्ट क्रिएटरलाई लिएर विभिन्न गन्तव्यमा गएका छन्।  

बोर्डका अनुसार दुबईबाट सिधै पोखरा आएको टोलीले पोखरा र वरपरका पर्यटकीय आकर्षणमा आधारित सामग्री निर्माण गर्नेछन्। चितवनको टोलीले त्यहाँको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, प्रकृति र थारु संस्कृतिमा आधारित अनुभवलाई क्यामेरामा कैद गर्नेछन्। त्यस्तै बर्दिया पुगेको टोलीले त्यहाँको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटन (होमस्टे आदि) का सम्भावनालाई विश्वसामु पस्कनेछन्।  

थपलियाका अनुसार बोर्ड र टिकटकबिच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने र त्यसबापत कुनैपनि शुल्क बोर्डले तिर्नुपर्ने छैन। यसअघि पनि बोर्डले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपालको पर्यटन प्रवर्द्धनका क्रममा ठूलो रकम खर्च गरेर विज्ञापन नै गरेको थियो। ‘सरकारले अहिले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम प्रयोग गर्ने योजना बनाएको थियो। डिजिटल माध्यमार्फत प्रवर्द्धन गर्न मान्छेको गोजीमै गन्तव्यबारे प्रत्यक्ष जानकारी पुग्छ। त्यसैले यो माध्यम बढि प्रभावकारी हुने ठानिएको छ,’ उनले भने।  

कन्टेन्ट क्रिएयर आफैले विभिन्न तरिकाले भिडियो कैद गर्ने र उनीहरु पोखरामा मात्र नभई आसपासका क्षेत्रमा समेत पुग्नेछन्। पहिलो चरणमा तीनवटा गन्तव्यको कन्टेन्ट तयार पारेका उनीहरु अन्तिममा काठमाडौंमा भेला भएर काठमाडौंको कन्टेन्ट पनि तयार पार्नेछन्।  
पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति, साहसिक गतिविधि र यहाँको विशिष्ट पर्यटकीय अनुभवलाई समेटेर श्रव्य दृश्य (भिडियो) सामग्री तयार पारेर टिकटकमार्फत प्रशारण गर्दा नेपालको पर्यटन क्षेत्र उकास्न सघाउ पुग्ने अपेक्षा रहेको बताए। 

उनका अनुसार पोखरा आएको टोलीले पोखरा क्षेत्र, बेगनास, घाचोक–लाचोकको घानखेत, फेवाताल किनारको आरती, लगायतलाई सामाग्रीमा कैद गर्नेछन। त्यसपछि नजिकैका ग्रामिण पर्यटकीय क्षेत्र र हिमाली भेगलाई पनि कैद गर्नेछन्।  

‘यो पटक त विपद्ले नेपालको पर्यटन क्षेत्र पुरै ध्वस्त भयो भन्ने सन्देश प्रवाह भएको छ। एउटा निश्चित क्षेत्रमा विपद्ल नोक्सान गरेको भएपनि पुरै नेपाल ध्वस्त भएको होईन। तर, सन्देश नराम्रो गएको छ,’ उनले भने, ‘त्यो सन्देश चिर्नका लागि पनि नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने थियो। त्यही प्रयासस्वरुप अहिले टिकटकले सातजना कन्टेन्ट क्रिएटरलाई नेपाल पठाएको हो।’

पछिल्लो समय सामाजिक सञ्जालमा सर्वसाधारणको पहुँच बढ्दै गएको र पर्यटन क्षेत्रको अवस्थाबारे वास्तविक अवस्था दिलाउन सामाजिक सञ्जाल उपयोगी माध्यम बनेको उनले बताए। ‘अब डिजिटल माध्यमबिना प्रवर्द्धन सम्भव छैन। फिजिकल माध्यम भन्दा पनि डिजिटल माध्यम बढि भरपर्दाे बनेको छ,’ बोर्डका सदस्य पोखरेलले भने।  
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस