प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले शहकारीहरू शोषक समूहका रुपमा परिणत हुँदै गएको बताएका छन्।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ ले बुधबार विराटनगरमा आयोजना गरेको साना उद्यमीका सदस्यका लागि विद्युतीय सचेतिकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले साहू महाजनहरूले ठगी गरेर भनेर आएको सहकारीको अवधारणा विपरित गाउँ गाउँमा खुलेका सहकारीहरूमा आबद्ध केहि व्यक्तिहरूले पुरै गाउँका वासिन्दालाई नै शोषण गरिरहेको बताएका हुन्।
सिटौलाले ह्वाइट कलर क्राइम सहकारीमा सरेको बताए। उनले सहकारीहरू ब्रेक र बत्ती विनाको गाडि भएको टिप्प्णी गरे। सिटौलाले भने ‘सहकारीहरू ब्रेक र बत्ती विनाको गाडि जस्तै कुदिरहेका कारण नियमनमा समेत चुनौति देखिएको छ।’ मन्त्री सिटौलाले कृषि क्षेत्रमा दिइएको अनुदान बास्तविक किसानले नभई विचौलीयाहरूले दुरुपयोग गरिरहेको बताए।
सिटौलाले कृषिका धेरै कुरा गरे पनि काम भने गर्न नसकिएको बताए। उनले प्रदेश १ मा किसानले भनेको समयमा माटोसमेत जाँच गर्न नपाउने अवस्था रहेको बताए। उनले प्रदेश १ मा एउटा माटो जाँच प्रयोशालामात्रै भएको र १४ जिल्लाका किसानको पहँचमा नरहेको सिटौलाले स्पष्ट पारे। सरकारको नीतिका कारण उद्योग र कृषि क्षेत्रमा काम गर्नेहरूलाई काममा उत्साह नभएको सिटौलाले बताए। उनले उद्योगी र कृषकहरूलाई उत्साह थप्ने योजना र नीतिगत व्यवस्था गर्नसके मात्रै उद्योग र कृषि क्षेत्रमा विकास गर्न सकिने धारणा राखे। मनत्री सिटौलाले साना उद्योग, किसानहरू तथा साना व्यवसायीहरूका उत्पादन प्रबिधिमैत्री बनाउन आबश्यक रहेको बताए।
विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले मात्रै बजार प्रवद्र्धनको अवसर पाएको भन्दै सरकारले साना उद्यमीहरुलाई पनि इ–कमर्शमा अभिप्रेरित गर्न मन्त्रालयको तर्फबाट सहयोग पु¥याइने सिटौलाले बताए। साना तथा घरेलु उद्योग र कृषि उपज उत्पादक तथा व्यवसायीलाई प्रबिधिका माध्ययमबाट व्यवसायको प्रवद्र्धन गर्ने अवसर सृजना गर्न सरकार तत्पर रहेको स्पष्ट पारे। मन्त्री सिटौलाले भने ‘विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारहरु पछि पर्दै गएका कारण साना उद्योगी व्यवसायीको उत्पादन प्रबद्र्धन र बजारीकरणमा प्रविधिको प्रयोग आबश्यक रहेको छ।’
कार्यशालामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डिबी बस्नेतले कार्यशालाको शीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने विश्वास व्यक्त गरे। संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)का कन्ट्री रिलेशनसीप म्यानेजर सरोज नेपालले पछिल्लो समयमा विकास भएको डिजिटल फाइनान्सले मुलुकको आर्थिक गतिविधिलाई नयाँ तरिकाले अघि बढाउन सहयोग पुगेको बताए।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालले चर्को व्याजदरका कराण उद्योगी व्यवसायीहरुले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले उनीहरुलाई व्यवसायमा फर्काउनका लागि सहयोग गर्नुपर्नेमा जोड दिए। हात हातमा हुने मोबाइल लगायतका विद्युतीय प्रविधिको प्रयोगबाट पनि आफ्ना उत्पादनको प्रवद्र्धन गर्न सकिने अवसरलाई सदुपयोग गर्न उद्यमीहरुलाई ढकालले आग्रह गरे। कार्यशालामा प्रदेश नं. १ का विभिन्न जिल्लाका महासंघका पदाधिकारीहरु, उद्यमी तथा व्यवसायीहरु, उद्योग प्रतिष्ठानका कर्मचारीहरु लगायत कार्यशालामा ५० जनाको सहभागीता रहेको थियो।