काठमाडौं, जेठ १४ (नागरिक) - राजधानी काठमाडौंमा मुख्य तरकारी आलुको मूल्य दुई साताको अवधिमा किलोमा ५० प्रतिशतले बढेको छ ।
गत वैशाख २९ गते काठमाडौंमा रातो आलु किलोको २० रुपैयाँमा पाइन्थ्यो।
तर बुधबार यो आलुको खुद्रा मूल्य कम्तिमा ३० पुगेको छ । "यस पटक पहाडमा उत्पादन भएको धेरै आलु तराईमा गयो त्यसैले मूल्य बढेको हो," कालीमाटी तरकारी बजारमा आलुको थोक कारोवार गर्ने कृष्णभक्त श्रेष्ठले भने । काठमाडौंमा यो सिजनमा काभ्रे धादिङ नुवाकोट र मकवानपुरबाट आलु आउँछ।
हिउँदमा यस पटक वर्षा समेत नहुँदा आलुको उत्पादन घटेको हो। आलु व्यापारीहरुका अनुसार विगत १०÷१५ दिन यता आलुको मूल्य निरन्तर बढिरहेको छ।
रातो आलुको मात्र होइन सेतो आलुको पनि मूल्य बढेको छ। सेतो आलुको खुद्रामूल्य रातोको भन्दा किलोमा दुईदेखि चार रुपैयाँले घटि छ ।
कालीमाटी बजारमा मात्र होइन बानेश्वर स्थिर तरकारीको थोक बजारमा पनि आलुको मूल्य बढेको छ । बानेश्वरको तरकारी थोक बजारमा डल्लो रातो आलु किलोको २४ र लाम्चो आलु २४ रुपैयाँ ५० पैसा मूल्य छ । खुद्रा बेच्दा व्यापारीले यो मूल्यमा कम्तिमा २ देखि ५ रुपैयाँसम्म बढी लिने गर्छन।
"दुई साता अघि रातो आलुको थोक मूल्य किलोको २० रुपैयाँ थियो तर अहिले २४ पुगेको छ," बानेश्वर तरकारी बजारका थोक व्यापारी रामनिवास साहले भने।
आलुको मूल्य आकासिनुमा यस पटक भारतबाट आलु प्रयाप्त मात्रामा नआउनु पनि रहेको कालीमाटी तरकारी बजारमा व्यापारी सन्तोष श्रीवास्तव वताउँछन् । उनका अनुसार भारतमै पनि आलुको उत्पादन कम भएकोले मूल्य निकै बढेको छ।
"भारतबाट पनि केही आलु त आएको छ तर त्यहाँको आलु किलोको ५२ रुपैयाँसम्म पर्छ," कालीमाटीकै कृष्णभक्तले भने।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तयार पारेको रिपोर्ट अनुसार बुधबार रातो आलुको खुद्रा मूल्य किलोको ३० रुपैयाँ छ । त्यस्तै सेतो आलु किलोको २६ रुपैयाँमा बुधबार बिक्री भएको थियो।
उता गोलभेडाको भाउ पनि अत्यधिक बढेको छ । गोलभेडा किलोको ५० रुपैयाँ पुगेको छ । सानो गोलभेडाको मूल्य किलोको ४० पुगेको छ भने ठूलोको मूल्य तुलनात्मक रुपमा केही सस्तो किलोको ४० रुपैयाँ छ।
हरियो कोशे केराउको मूल्य दुई साता अघिको भन्दा किलोमा ३० रुपैयाँले बढेको छ।