पोखरा–मुग्लिन राजमार्ग बिस्तारः २०२४ अगष्टसम्म सक्नुपर्ने, तर, दुईवर्षमा जम्मा १० प्रतिशत काम
२६ माघ २०७९
•
६ मिनेट पाठ
पोखरा–मुग्लिन राजमार्ग बिस्तारः  २०२४ अगष्टसम्म सक्नुपर्ने, तर, दुईवर्षमा जम्मा १० प्रतिशत काम
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ। दुुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँढेर यो सडक बिस्तार भईरहेको छ।  निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हुन्छ।




पूर्वि खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो। सम्झौताको झन्डै दुईवर्ष बितिसकेपनि पूर्वि खण्डको काम १४ र पश्चिम खण्डको जम्मा ४ प्रतिशत मात्र काम सकिएको छ। सम्झौता अनुसार सन् २०२४ मध्यसम्म लगभग काम सकिनुपर्ने हुन्छ। सम्झौता अनुसार तीनवर्षमा सकिनुपर्ने भएपनि झन्डै दुइवर्ष पुरा हुनैलाग्दा सडक बिस्तारको काम अनुपातमा १० प्रतिशत मात्र सकिएको छ।  

पछिल्लो समय पोखरामा हवाईजहाज दुर्घटना भएपछि पर्यटन क्षेत्र आक्रान्त छ। हवाई यात्रा जोखिमपूर्ण रहेको भन्दै गुनासो सुनिँदा पर्यटन क्षेत्रमा मार परेको व्यवसायीले गुनासो सुनाईरहेका छन्। हवाईयात्रामा मात्र व्यवसायीको गुनासो नभई स्थलमार्गप्रति पनि उत्तिकै असन्तोष छ। पोखरा–आँबुखैरेनी सडक बिस्तारले गति लिन नसकेको र भताभुंग तरिकाले सबैतिर भत्काउँदा यात्रा सकसपूर्ण बनेको र त्यसले गर्दा पोखरामा आउने पर्यटक रोकिएको भन्ने गुनासो पर्यटन व्यवसायीले गरिरहेका छन्।  

व्यवसायीको गुनासो पाहुना आएनन भन्नेमा मात्र सिमित छैन, सडक बिस्तारको गति देख्दा बेलैमा काम सकिनेमा पनि आशंका छ। अहिलेसम्म जम्मा अनुपातमा १० प्रतिशत मात्र काम सकिँदा तोकिएको समयमा बिस्तार सकिनेमा आशंका गर्न सकिने व्यवसायी बताउँछन्। राजमार्ग बिस्तारले गति लिन नसकेको गुनासो उनीहरुको छ। व्यवसायी भन्छन, ‘दुइवर्षको अवधिमा जम्मा १० प्रतिशत बिस्तार भएको छ। अबको एकवर्षमा यही गतिमा राजमार्ग बिस्तारको काम नसकिने पक्का छ।’  
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘राजमार्गको खण्ड–खण्ड बाँढेर काम गरेको भए केही सहज हुन्थ्यो, तर, भएजतिको सबै सडक भत्काएर भताभुंग पारिएको छ। त्यसले यात्रा सहज हुन सकेको छैन।’ राजमार्ग बिस्तारले जुन रुपमा गति लिनुपर्ने हो, त्यो नलिएको उनले बताए। ‘भत्काउने कामले मात्र गति लियो, बनाउने कामले लिएन। त्यसले गर्दा आवागमन पनि सकसपूर्ण छ,’ उनले भने, ‘पहिले ३ घण्टामा पोखरादेखि सहजै मुग्लिन पुग्न सकिन्थ्यो, तर, अहिले ६ घण्टासम्म लाग्छ। कहाँ र कतिबेर जाममा फँसिने भन्ने यकिन छैन। त्यसले गर्दा पनि अत्यावश्यक कामले बाहेक जो कोही यात्रा गर्न तयार छैनन्।’

राजमार्ग बिस्तार सुरु हुनुअघि पोखरा–मुग्लिनको ९० किलोमिटर खण्ड पार गर्न बढीमा तीनघण्टा लाग्थ्यो। निजी गाडीमा त अढाई घण्टामै पार भइन्थ्यो। पोखरा–काठमाडांै (२सय किलोमिटर) सडक पाँचघण्टामै पूरा हुन्थ्यो, तर, अहिले पोखरा–मुग्लिन खण्ड नै पार गर्न कम्तिमा ५–६ घण्टा र काठमाडांै पुग्न थोरैमा पनि १०–१२ घण्टा लाग्ने उनले बताए।  

एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार हुँदैछ। आयोजनाको पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीले राजमार्गको बिस्तारको काम धमाधम भइरहेको बताए।

‘अहिले राजमार्ग बिस्तारको काम भईरहेको छ। तनहुँ खण्डमा त झनै तिब्र रुपमा काम भएको छ,’ उनले भने, ‘पूर्वि खण्डको १४ प्रतिशत काम सकिएको छ। पश्चिमको भने ४ प्रतिशत मात्र काम भएको छ। अनुपातमा १० प्रतिशतजति काम भएको छ।’

आँबुखैरेनी–मुग्लिन खण्ड भने कुन रुपमा बिस्तार गर्ने भन्ने अझै यकिन भएको छैन। ‘अहिले धमाधम काम भइरहेको छ। तनहुँ खण्डमा सडक बिस्तारले बढी गति लिएको छ,’ सुवेदीले भने। सुवेदीका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ।  

‘तीनवर्षमा काम सक्नेगरि टेण्डर आव्हान भएको हो,’ उनले भने, ‘अब डेढवर्षभित्र काम सक्ने गरि गति दिनुपर्छ। तीनवर्षभित्र काम सक्नुपर्ने दवावमा हामी छौ।’ सडक बिस्तारमा केही बाधा उत्पन्न हुँदा पनि समस्या रहेको उनले बताए । कतिपय ठाउँमा बिजुलीका पोल सार्न नसक्दा काममा ढिलाई भएको छ।
उनका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइरसम्म पनि यसैमा बनाइने सुवेदीले जानकारी दिए। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।  

सुवेदीका अनुसार आँबुखैरेनी–जामुने खण्डमा चारवटा ठुला र १४ वटा साना पुल निर्माण हुनेछन। यही बजेटभित्र रहेर पुलको आकार पनि बिस्तार हुने उनले बताए। ती पुल पनि सडकको आकारजत्तिकै फराकिला हुनेछन्। ‘सडक मात्र फराकिलो बनाएर हुँदैन, पुल पनि बनाउनुपर्छ। त्यसैले सबैखण्ड पुरा हुनेछ,’ उनले भने। पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ।  

पश्चिम खण्डमा पनि चारवटा ठुला र आठवटा अरु साना पुल पर्नेछन। बिजयपुर, कोत्रे, कुम्ले र म्याग्देका पुल ठुला आकारका छन् । अरु साना पुल छन। उनका अनुसार पोखरा–आँबुखैरेनी खण्डमा पर्ने ठुला आकारका दुइवटा पुल छन। पोखरामा सेतीनदीमाथि र दमौलीमा मादीनदीमाथिको पुल ठुला आकारका पुल हुन्। यी पुल भने यो आयोजनाभित्र पर्दैनन्।  

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पनि राजमार्ग बिस्तारले गति नलिएको भन्दै चिन्तित छन्। पर्यटन व्यवसायीसँगको छलफलमा मुख्यमन्त्री अधिकारीले राजमार्ग बिस्तार भइरहेपनि तोकिएकै समयमा गन्तव्यमा पुग्न सकिने गरि ‘एक्सेस रोड’ बिस्तार गर्नुपर्ने बताए। उनका अनुसार सबैखण्ड भत्काउँदा अहिले यात्रा सकसपूर्ण बनेको छ । ‘एकपटकमा पाँचकिलोमिटरको काम सकेर थप पाँचकिलोमिटरका लागि काम सुरु गर्नुपर्ने हो, तर, यहाँ सबैखण्ड भत्काएर भताभुंग पारिएको छ,’ अधिकारीले भने।  

मुख्यमन्त्री अधिकारीले ठेकेदारले सम्झौता अनुसार काम नगर्दा स्थलमार्ग भएर हिडडुल गर्ने यात्रुले दुख पाएको र त्योसँगै पर्यटनमा पनि प्रभाव परेको बताए। ठेकेदारले ५–५ किलोमिटरको दरले सडक बनाउने र त्योसँगै समानान्तर रुपमा सवारी गुड्न मिल्नेगरि ‘एक्सेसमार्ग’ पनि निर्माण गर्ने सम्झौता भएपनि त्यो पालना नगरेको उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको अवस्थामा पोखरातर्फबाट काम सुरु गर्नुपर्नेमा ठेकेदारले अटेर गरेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो।  

‘आवश्यक परे ठेक्का तोडेर नयाँ ठेकेदार छनोट गर्नुपर्छ भन्ने पक्षमा म छु,’ उनले भने, ‘सम्झौता अनुसारको काम हुनु प¥यो। मैले बारम्बार ठेकेदारका प्रतिनिधिलाई काममा तिब्रता दिन भनेको छु। अटेर गरे फरक निर्णय पनि गर्नुपर्ने हुनसक्छ। पोखरातिरबाट बिस्तार सुरु भएको भए विमानस्थल संचालनमा आइसक्दा त्यहाँसम्म पुग्ने सडक व्यवस्थित भइसक्ने उनले बताए। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जिर्ण भएको थियो। राजमार्गका ठाउँठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।  
अर्को समाचार
सडक बिस्तारले चराको बासै गुम्यो
१७ कार्तिक २०७९
•
२ मिनेट पाठ
सडक बिस्तारले चराको बासै गुम्यो
बगर बट्टाई
पृथ्वी राजमार्ग अन्तरगत पोखरा–मुग्लिन खण्ड विस्तारको काम शुरु भईसकेको छ। राजमार्ग विस्तारकै क्रममा सडक किनारका अग्ला ठूला रुख कटान गरिएको छ। पोखरा–दमौलीसम्मको क्षेत्रको रुख कटान गरिदाँ त्यहाँका रुखमा आश्रित चराचुरुंगी बढी प्रभावित भएका छन्।  




रुख कटान भईरहँदा पंक्षी समाज कास्कीले चराको अध्ययन गरेको थियो। अध्ययनकै क्रममा नेपालमै संकटापन्न बगर बट्टाई पोखरा–दमौली क्षेत्र अन्तर्गत कोत्रेमा भेटिएको अभिलेख छ। बगर बट्टाई नेपालमा कम देखिने चराको सूचीमा सूचिकृत गरिएको छ। ‘बगर बट्टाई कोत्रेमा भेटिएको अभिलेख राखिएको छ,’ पंक्षी समाज कास्कीका सचिव हेमन्त ढकालले बताए। ढकालका अनुसार पोखरा–दमौली क्षेत्रमा १४० प्रजातिका चराचुरुंगी भेटिएको अभिलेख छ।  

पोखरा–दमौली क्षेत्र खास गरी गिद्ध र चीलको लागि राम्रो क्षेत्रको रुपमा रहेको उनको भनाई थियो। राजमार्ग विस्तार गर्न एशियाली विकास बैंकको ऋण सहयोगमा काम अघि बढाइएको हो। मापदण्ड भित्र परेका रुखलाई अन्धाधुन्ध काटिएको पंक्षी समाज कास्कीको ठम्याई थियो। समाजले गुँड भएका रुखलाई नकाट्न आग्रह गरेपनि सुनुवाई नहुदाँ त्यसको प्रत्यक्ष असर चरालाई परेको जनाएको छ।  

‘रुखमा चराका गुँड भए नभएको सर्वेक्षण गरेर मात्रै रुख काट्न आग्रह गरेका थियौं,’ उनले भने, तर, आग्रहलाई बेवास्ता गरे। गिद्धको गुँड रहेको रुख काट्दा बच्चा खसेर मर्यो।’ उनका अनुसार गिद्ध लोपोन्मुख अवस्थामा छ। गिद्धको गुँड निकै कम मात्रै पाईने गरेको छ। रुख कटानले चरा विस्थापित हुने जोखिम छ।  

पोखरा–दमौली  क्षेत्रको  सिमल चौतराको रुखमा रहेको सानो खैरो गिद्धको गुँड भेटिएको थियो। अति संकटापन्न सानो खैरो गिद्धको बच्चा नै खसेर मरेपछि चरा सम्बन्धि काम गर्ने संघसंस्थाले चिन्ता व्यक्त गरे। ‘यो समय चराले गुँड लगाउने समय हो। यतिबेला रुख कटान गर्न नहुने सूचना सम्बन्धित निकायले भनेका थियौं,’ उनले भने–‘तर ध्यान दिएनन्। धमाधम रुख काटिदिए।’ नेपालमा सानो खैरो गिद्ध, डंगर र सुन गिद्ध अति संकटापन्न सूचीमा छन्।  

चराको बासस्थान नै लोप भएपछि पंक्षी समाज कास्कीले चराको बासस्थान संरक्षणको लागि पहलकदमी गरेको थियो। तर सरकारी निकायले चासो नदिएपछि पंक्षी समाज कास्कीले एशियाली विकास बैंक समक्ष नै उजुरी गरे। उनले सडक विस्तारको नाममा चराको बासस्थानलाई संरक्षण गर्नुपर्नेमा जोड दिए। ‘एडिबीलाई नै चरा संरक्षणको लागि उजुरी दिएपछि एडिबीले नै त्यस क्षेत्रमा चरा अध्ययन गर्न बजेट नै छुट्टाई टोली पठाएको छ,’ उनको भनाई थियो। उनका अनुसार एडिबीले चराको विषय बढी संवेदनशिल भएकोले गम्भीर चासो दिएको हो। पंक्षी समाज कास्कीले गत अगष्टमा एडिबीलाई चरा संरक्षण गर्नुपर्ने भन्दै उजुरी दिएको थियो।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस