सिन्धुलीको पुँजीगततर्फ ४३ प्रतिशत खर्च
२७ माघ २०७९
•
३ मिनेट पाठ
सिन्धुलीको पुँजीगततर्फ ४३ प्रतिशत खर्च
संघीय सरकारको तुलनामा यस वर्ष सिन्धुलीमा प्रदेश सरकारले पठाएको विकास बजेट खर्च निकै कम भएको छ। जिल्लामा संघ र प्रदेश सरकारको गरी जम्मा पुँजीगत बजेट ५ अर्ब ४१ करोड १३ लाख ७२ हजार १ सय ४० रूपैयाँ रहेकामा २ अर्ब ३५ करोड ७० लाख ८० हजार ४ सय ६ रूपैयाँ खर्च भएको छ।




पुस मसान्तसम्म सिन्धुलीमा संघ र प्रदेशको जम्मा बजेटको पुँजीगततर्फ ४३ दशमलव ५५ प्रतिशत खर्च भएको छ।वाग्मती प्रदेश सरकारले सिन्धुलीमा उपलब्ध गराएको विकास बजेट खर्चको अवस्था भने निकै कमजोर देखिएको छ। प्रदेश सरकारले सिन्धुलीका लागि प्रदेशमातहतका कार्यालयमार्फत खर्च गर्ने गरी उपलब्ध गराएको बजेटको हालसम्म ६ दशमलव ९२ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ।

प्रदेश सरकारमार्फत उपलब्ध बजेटको चालु खर्च ३४ दशमलव ११ प्रतिशत हुँदा पुँजीगत खर्च निकै कम भएको छ। चालु आवमा प्रदेश सरकारबाट चालुतर्फ १ अर्ब २५ करोड २४ लाख ७६ हजार ६ सय २१ रूपैयाँ विनियोजन गरेकामा ४२ करोड ७२ लाख ४६ हजार ६ सय ३० रूपैयाँ खर्च भएको छ भने पुँजीगत बजेटतर्फ २ अर्ब २७ करोड ९९ लाख २१ हजार विनियोजन भएकोमा हालसम्म १५ करोड ७८ लाख ४२ हजार ४ सय १९ रूपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार प्रदेशको तुलनामा संघीय सरकारको बजेटको खर्च निकै माथि छ।संघीय सरकारले सिन्धुलीमा ३ अर्ब १३ करोड १४ लाख ५१ हजार १ सय ४० रूपैयाँ बजेट उपलब्ध गराएकोमा हालसम्म २ अर्ब ४३ करोड १२ लाख ३७ हजार ९ सय ८७ रूपैयाँ खर्च भइसकेको छ।हालसम्म ७४ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको तथ्यांक छ।यस्तै चालुतर्फ संघीय सरकारको ४९ दशमलव ५३ प्रतिशत बजेट खर्च भएको छ।सरकारले ६ अर्ब ६१ करोड ४७ लाख १० हजार ७ सय ९० रूपैयाँ चालुतर्फ संघीय सरकारले सिन्धुलीलाई उपलब्ध गराएकोमा हालसम्म ३ अर्ब २७ करोड ६३ लाख ५७ हजार ४ सय ७२ रूपैयाँ बजेट खर्च भएको कोलेनीका प्रमुख भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार प्रदेशतर्फको बजेट न्यून खर्च हुनुमा निर्वाचन तथा चाडपर्वलगायत कारणले खर्चमा ढिलाइ भएको हुनसक्ने अनुमान गरिएको छ। यस्तै संघतर्फ सुनकोसी मरिण डाइभर्सन आयोजनाको काम तीव्र भएकाले सोहीअनुसार भुक्तानी भएकाले संघतर्फको खर्च बढी भएको देखिएको छ।प्रदेशतर्फको हालसम्म कम्तीमा ३० प्रतिशतमाथि खर्च हुनुपर्ने हो, चालु आर्थिक वर्षमा निकै कम खर्च भएको छ,’ उनले भने। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार कमलामाई नगरपालिकाको २६ करोड ३२ लाख ७८ हजार रहेकामा ७ करोड ३९ लाख खर्च गर्न कोलेनिकामार्फत निकासा भएको छ। यस्तै २१ करोड ५३ लाख ६७ हजार बजेट रहेको दुधौली नगरपालिकामा हालसम्म १२ करोड ६० लाख ६६ हजार निकासा भएको छ।

यसैगरी गोलन्जोर गाउँपालिकामा १० करोड २२ लाख १० हजारमा ५ करोड ६४ लाख ५६ हजार गइसकेको छ।­घ्यालेख गाउँपालिकामा ४ करोड २८ लाख ९२ हजारमा १ करोड २२ लाख ८४ हजार रूपैयाँ निकासा भएको छ। तीन पाटन गाउँपालिकाको १३ करोड ७८ लाख १४ हजारमा ३ करोड ९२ लाख रूपैयाँ गएको छ भने फिक्कलको ५ करोड २४ लाख ६७ हजारमा ३ करोड ७ लाख १५ हजार गएको छ।यसैगरी मरिण गाउँपालिकाको ७ करोड २ लाख ६१ हजारमा २ करोड ९ लाख १ हजार गएको र ११ करोड १८ लाखमा ३ करोड २ लाख ६२ हजार गएको छ भने हरिहरपुरगढी गाउँपालिकामा ६ करोड ७ लाख ८० हजारमा ३ करोड ५६ लाख २३ हजार रूपैया कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए। भण्डारीकाअनुसार कोलेनिकाबाट निकासा गरिएको भए पनि कति खर्च गरे वा गरेनन् भन्ने स्थानीय तहको तथ्यांक कोलेनिकामा भने आउँदैन।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस