पोखराका मेयर आचार्य भन्छन्ः ईन्टरनेट सेवा प्रदायकले तार व्यवस्थापन नगरे महानगरले काटिदिन्छ
०१ फागुन २०७९
•
३ मिनेट पाठ
पोखराका मेयर आचार्य भन्छन्ः ईन्टरनेट सेवा प्रदायकले तार व्यवस्थापन नगरे महानगरले काटिदिन्छ
नेपाल दूरसञ्चार प्राधिकरणले पोखरामा सोमबार आयोजना गरेको ईन्टरनेट प्रदायकसँग गरेको छलफल। तस्बिरः सन्देश/नागरिक
ईन्टरनेट सेवा प्रदायकलाई सरोकारवालाले बिक्रीपछिको सेवा गुणस्तरीय बनाउन सुझाएका छन्।  नेपाल दूरसञ्चार प्राधिकरणले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमतीपत्रका सर्तहरुका सम्बन्धमा ईन्टरनेट प्रदायकसँग छलफल कार्यक्रम’ मा बोल्दै उनीहरुले बिक्रीपछिको सेवालाई गुणस्तरीय बनाउन सुझाव दिएका हुन्। ईन्टरनेट सेवा प्रदायकले सेवा बिस्तार गर्ने तर सर्त अनुसारको सेवा नदिने, गुणस्तरमा ध्यान नदिदाँ सेवाग्राही समस्यामा पर्ने गरेको गुनासो गरे।




कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ईन्टरनेट सेवा प्रदायक संस्थाहरुले भन्ने एउटा र गर्ने अर्कै गर्दा सेवाग्राही ठगिने गरेको बताए। ईन्टरनेट मौलिक अधिकारजस्तो भइसकेको बताउँदै उनले भने, ‘तर सेवा प्रदायकले सेल्सपछिको सेवामा ध्यान दिएनन्। जसले गर्दा सेवाग्राही ठगिरहेका छन्।’  

उनले सेवाग्राहीले सेवा वापतको रकम तिरिसकेपछि सो रकम बराबरको समय र गुणस्तरीय सेवा पाउनुपर्ने बताए। ‘अनुमति लिनेबेला सर्त मान्ने अनि सेवा दिने बेलामा सर्त पालना नगर्ने? यो स्वीकार्य हुँदैन,’ उनले भने। उनले ईन्टरनेट सेवा प्रदायकहरुले तार अस्तव्यस्त छाड्दा सहर कुरुप भएकाले अब त्यस्ता अव्यवस्थित तार काट्ने चेतावनी दिए। 

‘सहरका ८० प्रतिशत तार अव्यवस्थित छन्। ती अव्यवस्थित तार आफै ब्यबस्थापन गर्नुस, नत्र भने हामी काटिदिन्छौं,’ उनले भने। अब मुख्य सहरका तारहरु अन्डरग्राउण्ड गरिने बताउँदै उनले त्यसका लागि टेण्डरको प्रक्रियामा जाने तयारीमा रहेको जानकारी दिए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले सेवा प्रदायक संघसंस्थाबीच समन्वय नहुँदा सेवाग्राही समस्यामा पर्ने गरेको बताए। सेवाको अनुमति लिँदा सेवा सर्त पालना गर्छु भनिसकेपछि सेवा प्रदायकले त्यो सर्त पालना गर्नैपर्नेमा उनले जोड दिए। ‘सेवाग्राहीलाई ध्यानमा राखेर गुणस्तरीय सेवा प्रदान गर्नुस। त्यसो भयो भनेमात्र सेवाग्राही खुसी हुन्छ र तपाईंहरुको व्यवसायपनि फस्टाउँछ,’ उनले भने।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले ईन्टरनेट सेवा प्रदायकले सेवा बिस्तार गर्ने तर गुणस्तरमा ध्यान नदिने गर्दा सेवाग्राहीले शुल्क अनुसारको सेवा नपाउने, धेरै पैसा काटिने, बारम्बार डिसकनेक्ट हुनेलगायतका समस्या झेल्नुपरेको बताए। ‘कमजोर पूर्वाधार, विशेषज्ञ प्राविधिक नहुनु, भएका प्राविधिकहरुलाईपनि प्रभावकारी प्रयोग नगर्नु, जानीजानी एमविपिएस घटाईदिने लगायतका कारण सेवा गुणस्तरीय भएन,’ उनले भने।

पूर्व सचिव बाबुराम आचार्यले कसको क्षेत्र कहाँ हो? त्यसको क्षमता कति हो? कस्तो सेवा दिने हो? त्यसको मापन गर्नसक्ने संयन्त्र नहुँदा सेवाग्राही भ्रामक विज्ञापनका भरमा सेवा लिन बाध्य भएको बताए।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले गुणस्तरीय सेवा दिने, सेवालाई सहरमात्र केन्द्रीत नगरी ग्रामिण क्षेत्रसम्म पु¥याउने, सेवा प्रदायकहरुबीच स्वस्थ प्रतिष्पर्धा गर्ने, रकम अनुसारको गुणस्तरीय सेवा दिनेलगायतका शर्तहरु पालना गर्ने भनेर कबुल गरेपछि त्यस अनुसारको सेवा नदिनु बेईमानी हुने बताए। उनले सर्त अनुसारको सेवा दिने वातावरण निर्माणका लागि प्राधिकरणले भूमिका खलिरहेको बताए।

प्राधिकरणका उपनिर्देशक सुनिता पाण्डेले नेपालमा तीन वटा कम्पनीले भ्वाईस अप्रेटर र १३० वटा कम्पनीले ईन्टरनेट सेवा प्रदान गरिरहेको जानकारी दिईन्। उनले अनुमति लिँदा सेवा सर्तहरु मान्छु भनेर ईजाजत लिने तर पछि त्यो सेवा शर्तहरु के के थिए भन्ने भेउ नपाउने वा कार्यान्वयनमा बेवास्ता गर्ने काम भइरहेकाले सेवा प्रदायकहरुलाई जिम्मेवार बनाउने अभियान स्वरुप गण्डकी प्रदेशको पोखरामा कार्यक्रम गरिएको बताईन्। उनका अनुसार यस्ता कार्यक्रम देशका सातै प्रदेशमा आयोजना गरिनेछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस