लक्ष्य अनुसारराजस्व संकलन, पुँजीगत खर्चमा असफल भएको सरकारवैदेशिक सहायता परिचालनमा पनि चुकेको छ। मुलुकको विकासका लागि आन्तरिक स्रोत अपुग भएरवैदेशिक सहायता लिने गरिन्छ। बजेटमा दातृ निकायले दिने ऋण तथा अनुदान सहयोग लिएरखर्च गरिन्छ। विकास साझेदारबाट प्राप्त हुने रकम परिचालनमा पनि निकै कमजोरदेखिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा वैदेशिक अनुदान रऋण गरी २ खर्ब ९७ अर्ब ७१ करोड रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा ६ महिनाको अवधि (पुससम्ममा) ११.६१ प्रतिशत मात्र वैदेशिक सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ। ६ महिनामा वैदेशिक अनुदान रऋण गरी कुल ३४ अर्ब ५७ करोड रूपैयाँ मात्र प्राप्ति भएको छ। समीक्षा अवधिमा वैदेशिक अनुदान ७ अर्ब २१ करोड, वैदेशिक ऋण २८ अर्ब ५७ करोड परिचलान गरिएको छ। यो लक्ष्य भन्दा निकै कम हो।
कमजोरआयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वयनमा सुस्तता आएको छ। पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने भुक्तानी तथा शोधभर्ना रकममा पर्न गई समीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो।
सरकारले चालु आवमा वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रवैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड रूपैयाँ प्राप्त गर्ने वार्षिक अनुमान थियो। सरकारले ६ महिनामा वैदेशिक अनुदानतर्फ ७ अर्ब २१ करोड ६७ लाख रूपैयाँ खर्च गरेको छ। त्यसैगरी वैदेशिक ऋणतर्फ २८ अर्ब ५७ करोड ४३ लाख रूपैयाँ खर्च भएको छ।
आन्तरिक स्रोत अपुग भएरवैदेशिक सहायता लिए पनि खर्च हुन सकेको छैन। प्रदेश रस्थानीय तह मार्फत सहायताको बजेट परिचालन गर्ने संस्थागत क्षमता कमजोररहेकाले परिचालन गर्न नसकेका हो। आयोजनाको संख्या धेरै भएकाले कार्यान्वयन, अनुगमन तथा प्रतिवेदन गर्न समय रलागत बढ्ने गरेको छ। बजेटमा समावेश भएका बजेटरी सहायताका कार्यक्रमहरूलाई निर्णयमा पु¥याउन पूरा गर्नुपर्ने नीतिगत सुधारलगायतका पूर्व तयारी कार्यमा सम्बन्धित निकायहरूको क्रियाशीलता आवश्यक रहेको अर्थका अधिकारीहरू बताउँछन्।
नेपालमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपियन युनियन लगायतका विकास साझेदारले सघाउँदै आएका छन्। सरकारले राजस्व, आन्तरिक ऋण, वैदेशिक ऋण रवैदेशिक अनुदान लिएरबजेट तयारगर्छ।
सरकारले चालु आवका लागि १७ खर्ब ९३ अर्ब रूपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षा मार्फत अर्थमन्त्री विष्णु पौडेलले बजेट संशोधन गर्दै चालु आवका लागि १५ खर्ब ४९ अर्ब ९९ करोड रूपैयाँको संशोधित अनुमानित बजेट संसद्मा प्रस्तुत गरेका हुन्। बजेटको लागि स्रोतको अभाव भएपछि सरकारले बजेटको आकारकरिब १४ प्रतिशतले घटाएको हो।
सरकारले वैदेशिक अनुदानतर्फ ५५ अर्ब ४५ करोड सुरु अनुमान गरिएकोमा ३८ अर्ब ४५ करोड परिचालन हुने अनुमान गरिएको छ। त्यसैगरी, वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड परिचालन हुने सुरु अनुमान रहेकोमा १ खर्ब ७० अर्ब ५३ करोड रूपैयाँ मात्र परिचालन हुने संशोधित अनुमान गरेको छ।