अवैध सम्पत्ति वैध बनाउन कानुन बनाइँदै
०४ फागुन २०७९
•
५ मिनेट पाठ
अवैध सम्पत्ति वैध बनाउन कानुन बनाइँदै
गौरीबहादुर कार्की र ध्रुवबहादुर प्रधान।
स्रोत नखुलेको (अवैध) सम्पत्तिलाई कर तिरेर वैध बनाउन सरकारले कानुन संशोधनको प्रस्ताव गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी र भ्रष्ट कर्मचारीले कमाएको सम्पत्तिलाई वैध बनाउन सघाउ पुग्नेगरी ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन’ सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गरिएको छ।




कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बुधबार संसद्मा प्रस्तुत गरेको विधेयकले बिनासंशोधन कानुनी मान्यता पाए स्रोत नखुलेको सम्पत्तिलाई कर तिरेर वैध बनाउन बाटो खुल्नेछ। विधेयकमा स्रोत नखुलेको सम्पत्तिलाई कर तिरेर वैध बनाउन सकिने प्रावधान राखिएको छ।  

आन्तरिक राजस्व विभागले करसम्बन्धी कसुर गरे वा नगरेको यकिन गरी त्यस्तो कसुर गरेको नपाइएमा त्यस्तो व्यक्तिको सम्पत्तिलाई चालु आर्थिक वर्षको आय मानी प्रचलित कानुनबमोजिम अधिकतम कर निर्धारण गरी असुल गर्नुपर्ने भन्ने नयाँ व्यवस्था विधेयकमा राखिएको छ।  

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति वैध बनाउनेगरी कानुन प्रस्ताव गरिएको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले बताए। ‘घुमाएर अवैध सम्पत्ति वैध बनाउने हिसाबले विधेयक आएको छ,’ कार्कीले भने, ‘सम्पत्तिको स्रोत देखाउन नपर्नेगरी ल्याइएको विधेयक सर्वोच्च अदालतको फैसलाविपरीत छ।’

सर्वोच्च अदालतको संयुक्त इजालासले २०६७ सालमा सम्पत्ति वैध बनाउन स्रोत देखाउनुपर्ने फैसला गरेको थियो। ‘हरेकले सम्पत्तिको स्रोत देखाउनुपर्छ,’ कार्कीले भने, ‘यो विधेयक कसैलाई बचाउन नियतवश ल्याइएको हो।’  

कसैले सम्पत्ति आर्जनको स्रोत देखाउन नसके त्यस्तो सम्पत्ति स्वतः अवैध हुने भए पनि प्रस्तावित विधेयकमा घुमाउरो पाराले वैध बनाउन मिल्ने प्रावधान राखिएको छ।

प्रस्तावित विधेयकको दफा २८ मा भएको व्यवस्था संशोधन गर्दै सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्था गरिएको भए पनि उपदफामा यसलाई काट्नेगरी परस्पर बाझिने प्रावधान राखिएको छ। कुनै व्यक्तिउपर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान सिलसिलामा कसुर भए वा नभएको सम्बन्धमा जाँचबुझ गर्दा सम्बद्ध कसुर भएको नदेखिएको तर त्यस्तो व्यक्तिको सम्पत्ति निजको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा अस्वाभाविक देखिएमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य उपहार, सापटी, चन्दा वा बकस दिएको वा कारोबार गरेको देखिएमा निजको सम्पत्तिको स्रोत माग गर्नुपर्छ।  

सम्पत्तिको स्रोत खुलाउन लगाउँदा त्यस्तो स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्तिउपर सम्बद्ध कसुर वा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चल्ने अवस्था नदेखिएको अवस्थामा सोको अभिलेख राखी स्रोत खुलाउन नसकेको सम्पत्तिको हदसम्म कर निर्धारण तथा असुलीका लागि आन्तरिक राजस्व विभागमा लेखी पठाउनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। यो कानुनी छिद्रको फाइदा उठाउँदै अवैध सम्पत्ति आर्जन गरेकाले कर तिरेर सहजै त्यस्तो सम्पत्तिलाई वैध बनाउन पाउनेछन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले भने संसद्मा विधेयकको बचाउ गरे। ‘सम्पत्ति शुद्धीकरण वा अन्य सम्बद्ध कसुरमा संलग्न नभएको, कर छलीसम्बन्धी कसुर पनि नभएको अवस्थामा मात्र स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा कर निर्धारण गर्ने व्यवस्था गरिएको हो’, मन्त्री प्रधानले संसद्मा भने, ‘आपराधिक कर्मबाट आर्जित सम्पत्ति वैध बनाउन सकिँदैन।’ आपराधिक र अवैध कर्मबाट आर्जित सम्पत्ति भए थप अनुसन्धान गरी पुनः मुद्दा चलाउन सकिने मन्त्री प्रधानले बताए।  

स्रोत नखुलेको सम्पत्ति वैधानिक हुन सक्दैन भन्ने अन्तर्राष्ट्रिय मान्यता छ। सही सम्पत्तिको स्रोत वैधानिक हुन्छ। सम्पत्तिमा आयस्रोत खुलेको छैन भने त्यो अवैध कमाइ हो। सम्पत्ति शुद्धीकरण सवालमा मुलुक कठोर हुनुपर्नेमा बिचौलियाको प्रभावमा परेर सरकारले विधेयक ल्याएको स्रोतको दाबी छ। आन्तरिक मात्र नभएर विदेशबाट आउने लगानीको स्रोत खोजिएन भने पनि अन्तर्राष्ट्रिय निकायले हेर्नेछन्। स्रोतका अनुसार केही ठूला व्यापारिक घरानाले अवैध रूपमा अर्बौं रूपैयाँ कमाएको विषयमा अन्तर्राष्ट्रिय निकायले गोप्य रूपमा अनुसन्धान गरिरहेकाले त्यसबाट उन्मुक्ति पाउन पनि प्रभावमा परेर यस्तो कानुन बनाउन लागिएको हो।  

विधेयकमा करसम्बन्धी कसुर गरेको देखिएमा विभागले सो कसुरमा आफूले अनुसन्धान गर्नुपर्ने भए आफैं गर्ने र अनुसन्धान गर्ने निकाय अर्को भए अनुसन्धानका लागि त्यस्तो निकायमा लेखी पठाउनुपर्ने व्यवस्था छ। कर असुल गरिएको व्यक्तिको नाम, थर, ठेगाना विभागको वेबसाइटमा राखी निजको आय तथा राजस्वसम्बन्धी विवरण विभाग र वित्तीय जानकारी एकाइमा पठाउनुपर्नेछ।

२०७५ सालको बजेटमा पनि लगानीमा स्रोत नखोजिने व्यवस्था ल्याइएको थियो। यसको चौतर्फी विरोध भएपछि छोटो समयमै अर्थ मन्त्रालयले हटाएको थियो। लगानीमा आयस्रोत नखोज्ने व्यवस्थापछि मुलुकभित्र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिले वैधानिकता पाउने बाटो खुल्ने र कालोधन भित्रिने जोखिम बढ्ने अर्थ क्षेत्रका जानकार बताउँछन्।

लगानीमा स्रोत नखोजिने व्यवस्था लागु भए मुलुकमा लुकेको कालोधनले वैधानिकता पाउने मात्र होइन, अन्तर्राष्ट्रिय रूपबाट मुलुक समस्यामा पर्न सक्छ। सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा लगानी निरुत्साहित गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूसँग नेपाल आबद्ध छ। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) र एसिया प्यासेफिक ग्रुप (एपिजी) को नेपाल सदस्य राष्ट्र हो। यी दुवै संस्थाको नेतृत्वमा विश्वभर सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा लगानीलाई निरुत्साहित गर्ने काम हुँदै आएको छ। यी संस्थाले नेपालले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा लगानी रोक्नेगरी आवश्यक कानुन बनाउन नसकेको र अवैध सम्पत्ति आर्जन गर्नेहरूमाथि कारबाही पनि गर्न नसकेको आरोप लगाइरहेका छन्। उनीहरूले भनेजस्तो गर्न नसके हाम्रो सदस्यता नै खारेज भई मुलुक कालोसूचीमा पर्ने डर रहेको जानकार बताउँछन्।
अर्को समाचार
सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह
०५ चैत्र २०८०
•
३ मिनेट पाठ
सहकारी र मिटरब्याज पीडितलाई न्याय दिन सांसदको आग्रह
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।




नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याज पीडितको न्यायका नाममा बिचौलीको संलग्नता हुने गरेको भन्दै गृह प्रशासनको समेत ध्यानार्कषण गराएका छन्। कांग्रेसका सांसद दिक्पालकुमार शाहीले सहकारी पीडितको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानार्कषण गराए। उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीको जवाफसमेत माग गरे।  

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले जलवायु परिवर्तनका कारण देश प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाआर्कषण गराए। उनले मुलुकमा आगलागीका घटना बढेकोप्रति चिन्ता प्रकट गरे। ‘नेपालका सम्पूर्ण वन आगजनीको अत्यन्त खतरामा छन्। सिङ्गो सरकार देशका सम्पूर्ण जनप्रतिनिधिमूलक संस्था र नागरिक समाजलगायत सुरक्षाकर्मी सबैले वन तथा गाउँघरमा लाग्ने आगलागी नियन्त्रणका लागि लाग्नुपर्दछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले ललितपुरको सातदोबाटो–धापाखेल पाँच किलोमिटर सडक विस्तारको काम यथाशीघ्र सम्पन्न गर्न माग गरे । एमालेका सांसद दामोदर पौडेल बैरागीले पोखरालाई पर्यटक राजधानीको रुपमा घोषणासँगै पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। उनले पोखरा परिसरका प्राकृतिक एवं ऐतिहासिक महत्वका स्थानलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने माग गरे।  

कांग्रेसका सांसद दीपक खड्काले सङ्खुवासभालगायत जिल्लामा बाढीबाट विस्थापितप्रति सरकारको ध्यान पुग्न नसकेको बताए। सङ्खुवासभाको किमाङथाङ नाकामा जाने बाटो तत्काल खुलाउन उनले माग गरे।  

कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्धारीका किसान ३९ दिनदेखि आन्दोलनरत रहेका भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले निर्माण व्यवसायीको भुक्तानी तत्काल गर्न गरे। 

एमालेका सांसद दिपा शर्माले हुलाकी राजमार्गअन्तर्गत बाँके जिल्लामा पर्ने सडकखण्डको खुल्न बाँकी ट्र्याकका लागि बजेटको व्यवस्थापन गर्न माग गरे। उनले भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालमा प्रयाप्त जनशक्ति व्यवस्थापनको माग गरे।

नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता प्रकट गर्दै सडकको स्तरोन्नति, सवारी साधनको सिटभार निक्र्यौल र निगरानी गर्न माग समेत माग गरे। कांग्रेसका सांसद दुर्लभ थापा क्षेत्रीले भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिकामा राष्ट्रिय प्राणी उद्यानको निर्माण गर्ने योजनालाई प्राथमिकताका साथ राष्ट्रिय गौरवको योजनाामा समावेश गर्न माग गरे।  

कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले किसानको दूधको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरे। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बागलुङको सडक निर्माणप्रति सरकारको ध्यानार्कषण गराए। उनले पालिका जोड्ने सडकखण्ड अलपत्र परेको भन्दै चालु आर्थिक वर्षमा सम्पन्न हुनेगरी कामलाई तीव्रता दिन माग गरे।

राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासी जिल्लामा थारु संस्कृति विकास तथा प्रशिक्षण केन्द्र स्थापनाका लागि बजेट उपलब्ध गराउन माग गरे । उनले रामग्राम नगरपालिकामा कुस्ती कबड्डी खेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग अनुरोध गरे।

कांग्रेसका सांसद नागिना यादवले रुग्न अवस्थामा रहेका नौ उद्योग पुनः सञ्चालन अघि लागत प्रतिफल अनुमान गर्नुपर्ने बताए। एमालेका सांसद नारायणप्रसाद आचार्यले सदनमा उठेका विषयमा सम्बोधन नभएको भन्दै रुलिङ्का लागि सभामुख समक्ष माग गरे। उनले देशभरका विभिन्न राजमार्गको मर्मत गर्नुपर्ने मागसमेत गरे।  

नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले भारतसँग सिमा जोडिएको दाङ्को गडुवा गाँउपालिका–८ को नाकास्थित ४८ नम्बरको सिमा स्तम्भ खोलाले बगाएको भन्दै उक्त स्थानमा पुनः सिमास्तम्भ निर्माण गर्न माग गरे। 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस