'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले पोखराविरुद्ध दुस्प्रचार गरिरहेको छ’
११ फागुन २०७९
•
३ मिनेट पाठ
'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले पोखराविरुद्ध दुस्प्रचार गरिरहेको छ’
पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन शुरु भएदेखि नै यसको पक्ष र विपक्षमा व्यापक बहस हुँदै आएको छ। पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन हुने र नहुने पक्षमा पोखरेली सँधै विभाजित भइरहे। पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने बेलादेखिको बहस अहिले विमानस्थल बनिसकेपछि पनि टुंगिएको छैन। पहिले बनाउन हुने र नहुने भन्नेमा बहस हुन्थ्यो भने अहिले पोखराबाट अन्र्तराष्ट्रिय उडान सञ्चालन हुन्छ कि हुँदैन? विमानस्थल कत्तिको सुरक्षित छ? भन्नेमा केन्द्रीत छ।




अझ पछिल्लो पटक गत माघ १ गते भएको यती एयरलाईन्सको एटिआर जहाज दुर्घटना र फागुन ९ गते बुद्ध एयरको जहाजसँग चरा ठोक्किएको विषय भाइरल भएसँगै बहस थप पेचिलो भएको छ। विमानस्थलमा बारम्बार नया नया समस्या आएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको भविष्यप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। यसको सुरक्षाका विषयमा सरोकारवालादेखि सर्वसाधारण सम्मले चासो देखाउन थालेका छन्।

तर पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम भने पोखराको आकाश असुरक्षित छ भनेर दुस्प्रचार भइरहेको बताउँछन्। पोखरा महानगरपालिकाले बिहीबार पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले विमानस्थलमा साना, ठूला समस्या आइरहने बताए। उनले भने,'विश्वका सुरक्षित भनिएका विमानस्थलमा पनि यस्ता घट्ना भइरहन्छन्।’ विमानस्थल वरपर चरा हुनु र र विमानसँग चरा ठोक्किनुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ। चरा ठोक्किदैमा दुर्घटना हुन्छ नै भन्ने नहुने बताउँदै उनले थपे,'विमानसँग चरा नठोक्कीई हावाका कारणपनि चरा मर्ने गर्दछ। यसलाई विमानसँग चरा ठोक्कियो भनेर दुस्प्रचार भइरहेको छ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि पोखरा र विमानस्थल सुरक्षित छ भन्नु पर्नेमा उल्टो असुरक्षित छ भनेर दुस्प्रचार भइरहेको बताउँछन्। पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको नकारात्मक प्रचार भइरहेको भन्दै यसले पर्यटनमा असर पुग्नेतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो। विमानस्थललाई सुरक्षित र चलायमान बनाउन हातेमालो गरौं,उनले भने,'यसलाई सुरक्षित र चलायमान बनाउनु हाम्रो पहिलो दायित्व हो। त्यसका लागि हामी खटिरहेका छौं। यसका लागि सबैले हातेमालो गरौं।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीपनि पोखरा विमानस्थलको बारेमा काठमाडौंले दुस्प्रचार गरिरहेको आरोप लगाउँछन्। काठमाडौंलाई पोखराले उछिन्छ कि भन्ने चिन्ता भएकाले उसले यसका बारेमा बारम्बार दुस्प्रचार गरिरहेको उनको भनाइ छ। काठमाडौं सँधै पोखराविरुद्ध छ र अहिलेपनि उसले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सुरक्षित छैन भनेर दुस्प्रचार गरिरहेको छ,उनले भने,'त्यसमा हामीपनि प्रयोग भइरहेका छौं।’ उनले पोखराविरुद्ध पहिलेदेखि नै काठमाडौंले दुस्प्रचार गरिरहेको र त्यसलाई पोखरेलीले पीडाका साथ चुपचाप सहिरहेको भन्दै अब भने प्रतिवाद गर्नुपर्नेमा जोड दिए।  हामीसँग बलियो राजनीतिक पहुँच र लबिङ पुगेन जसका कारण बारम्बार दुस्प्रचार हुँदापनि मौन रहेर सह्यौं,उनले भने,'अब यसलाई चिर्नुपर्छ। यो एक्लाएक्लै होइन मिलेर हातेमालो गर्दै अगाडि बढ्यौं भनेमात्र सम्भव छ।’

मुल्मीले पोखरा र यहाँको विमानस्थललाई कनेक्टिभिटी सेन्टर बनाउन सकिने बताए। तर काठमाडौंकै कारण भारतले रुट दिन आनाकानी र नाईनास्ती गरिरहेको उनको दाबी छ। पोखराविरुद्ध षडयन्त्र भइरहेको छ,उनले भने,'पोखरा र यहाँको विमानस्थल सुरक्षित छ तर काठमाडौं यसलाई गलत सावित गर्न प्रयासरत छ।’

चराविद् मनशान्त घिमिरेले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँ (ल्याण्डफिल साईड)को विकल्प नदिदा अहिले विमानस्थलका लागि चरा समस्याको रुपमा देखापरेको बताए। 'पहिल्यै ल्याण्डफिल साईड बनाएको भए यतिबेलासम्म चराले रुट परिवर्तन गरिसक्थ्यो र एयरपोर्टका लागि चरा जोखिमका रुपमा रहने थिएन। तर त्यतिखेर ढिलासुस्ती गर्दा चरा उडरहेका छन्।’ उनले चरा व्यवस्थापन गर्ने भए मरेका वस्तु (सिनो) नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकारहरु कृष्णमणी बराल, माधव पनेरु, दीनानाथ बराललगायतले विमानस्थलले सहि सूचना नदिने, घट्नाको ढाकछोप गर्नेलगायतका कार्य गर्दा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलप्रति शंका झन् बढ्ने गरेको बताए। उनीहरुले घटनाको तत्काल सहि सूचना दिने गरेमा दुस्प्रचार हुनबाट जोगाउन सकिने उनीहरुको भनाइ थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस