अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै
१३ फागुन २०७९
•
४ मिनेट पाठ
अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपुक्ती गर्न जडान गरिएको पाइपहरु।
मोतिहारी– अमलेखगन्ज  पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।




नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य समेत अमलेखगञ्ज डिपोमा सुरु गरेकाे छ।

मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि चार अर्बको आवश्यक पर्ने पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा रहेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रदीप कुमार यादवले बताएका छन्।

पाइपलाइनबाट आपुक्ती गरिने पेट्रोल र मट्टितेल भण्डाणनको लागि अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता बिस्तार, ल्याब निर्माण र अटोमेसिन गरि तीन क्षेत्रमा ती रकमलाई खर्चने काम भइरहेको प्रमुख यादवले बताए।

पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गरिने कार्यमा खर्च हुन लागेको चार अर्ब रुपैयाँ मध्ये भारतीय आयल कर्पोरेशनले एक अर्ब दिने र तीन अर्ब रुपैयाँ नेपाल आयाल निगमले खर्च गरि रहेको यादवले जानकारी दिए।

भारत बिहारको मोतिहारी देखि नेपालको अमलेखगञ्जसम्म रहेको नेपाल–भारत अन्तर देशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल मात्रै आपुक्ती गरिँदै आएको छ।

भारत बिहारको मोतिहारी देखि नेपालको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती सुरु भए पछि वार्षिक एक अर्ब ८० करोड रुपैयाँको बचत हुने यादवले बताए।

अमलेखगञ्ज डिपोमा निर्माण भइरहेको भण्डारन क्षमता बिस्तार, ल्याब निर्माण र अटो मेसिनको काम २०८० को माघ सम्ममा सकेर पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गरिने लक्ष्य राखिएको यादवले बताए।

नेपाल आयाल निगमको अमलेखगञ्ज डिपोमा अहिले ४१ सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलो लिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको उनले बताए।

त्यस्तै, फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माण समेत भइरहेको यादवले बताए।

पेट्रोल र मट्टितेल भण्डारणको लागि अमलेखगञ्ज डिपोमा आवश्यक पूर्वाधार निर्माणको ठेक्का लिएको लिखिता इन्फास्ट्रक्चर प्रालिले २०८० को माघ मसान्त भित्र नै निर्माण सम्पन्न गर्ने गरी कामहरू गरि रहेको उनले बताए।

एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि अमलेखगञ्ज डिपोमा भण्डारण गर्ने क्षमता नहुँदा डिजेल मात्रै आयात गरिँदै आएको थियो।पाइपलाईबाट डिजेल मात्रै आपुक्ती हुँदै आए पछि पेट्रोल र मट्टितेल भारत बिहारको बरौनीबाट अमलेखगञ्जसम्म ट्यांकरबाटै ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ।

अब पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पेट्रोलियम पदार्थ पाइपलाइनबाटै आयात हुने भएकाे छ। यसबाट अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुनेछ भने प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख यादवले बताए।

अमलेखगञ्ज डिपोमा सञ्चलन गरिएको कामहरू निर्माण सम्पन्न भए पछि पाइपलाइनबाट आउने पेट्रोलियम पदार्थबाट नेपाल आयाल निगमलाई तीन अर्ब ८० करोड वार्षिक बचत हुने अनुमान गरिएको यादवले बताए।

नेपालको लागि चाहिने डिजेलको ७० प्रतिशत मात्रै पाइपलाइनबाट आपुक्ती हुँदा नेपाल आयल निगमलाई वार्षिक दुई अर्ब बचत हुँदै आएको छ। पाइपलाइनबाट प्रति घण्टा तीनलाई लिटरसम्म पेट्रोलियम पदार्थ आपुक्ती गर्न सकिने छ।

अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता बिस्तार भए पछि डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलो लिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलो लिटर पुग्ने बताइएको छ।

७५ साल भदौ २४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाट स्विच वन गरेर ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगन्ज अन्तरदेशिय पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

पाइपलाइनबाट डिजेल आयात गर्दा प्रति लिटर डिजेलमा एक देखि एक रुपैयाँ ५० पैसासम्म नेपाल आयल निगमलाई बचत भइरहेको छ।

२०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा आपूर्ति गरिने पेट्रोलियम पदार्थका लागि इन्डियन आयल निगमले अनुदानमा पाइपलाइन बनाइदिने घोषणा गरेका थिए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस