सुरक्षित आवासमा ११ अर्ब सकियो, उपलब्धि शून्य
०१ साउन २०८२
•
४ मिनेट पाठ
सुरक्षित आवासमा ११ अर्ब सकियो, उपलब्धि शून्य
नागरिकको आवासलाई सुरक्षित बनाउने नाममा अहिलेसम्म राज्यको १० अर्ब ८६ करोड रूपैयाँभन्दा बढी खर्च भइसकेको छ। यसबाट उपलब्धि के भयो भन्ने विषयमा भने प्रश्न खडा भएको छ। यस विषयमा प्रतिनिधिसभाका केही सदस्यले सोमबारको बैठकमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग ज्ञिजासा राखेका थिए।




सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री सिंहले सुरक्षित आवास कार्यक्रम अन्तर्गत हाल ७४ जिल्लामा एक सय ५० निर्वाचन क्षेत्रमा रहेका दुई लाख १४ हजार दुई सय ३० आवास संख्या स्वीकृत भएको जानकारी गराएका छन्। उनका अनुसार सरकारबाट स्वीकृत सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ अनुसार हाल स्थानीय तहबाट उक्त कार्यक्रम कार्यान्वयन भइरहेको छ।

२०७८ को राष्ट्रिय जनगणना अनुसार पराल वा खरको छाना भएको घरको संख्या दुई लाख ६० हजार ६ पुगेको छ। सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत पराल वा खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याइ आवास सुरक्षित बनाउने घोषणा गरेको थियो।

उक्त घोषणा अनुरूप सुरक्षित नागरिक आवास कार्यक्रम सुरु गरिएको थियो। यो कार्यक्रम ३६ जिल्लाबाट सुरु गरिएको थियो। यस कार्यक्रमअन्तर्गत हाल जस्तापाता तथा काठ लगायतका सामग्री खरिद गर्न लाभग्राहीहरूलाई प्रति घरपरिवार ५० हजार रूपैयाँ अनुदान दिन सुरु गरिएको जानकारी सिंहले गराए।

नागरिकको आवास सुरक्षित बनाउन आव २०७८/७९ को बजेट वक्तव्यमा दुई किस्तामा ७५ हजार रूपैयाँ अनुदान दिने घोषणा गरिएको थियो। मन्त्री सिंहका अनुसार सुरक्षित आवास कार्यक्रमअन्तर्गत हाल स्वीकृत भई सम्झौता भएका आवास संख्या एक लाख ४८ हजार चार सय १५ पुगेको छ। त्यसमध्ये पहिलो किस्ताबापत रकम लिएको आवास संख्या एक लाख, २६ हजार, दुई सय ५४ पुगेको छ।

दोस्रो किस्ताबाट खर वा फुसको छाना भएको आवासलाई स्थायी प्रकृतिको जस्तापाताद्वारा प्रतिस्थापन गर्ने काम सम्पन्न भइसकेको छ। यस्तो आवासको संख्या ९१ हजार दुई सय १६ पुगेको जानकारी सिंहले गराए।

सुरक्षित आवासको नाममा राज्यले बर्सेनि अर्बौं खर्च गर्दै आए पनि नागरिकको आवास सुरक्षित हुन सकेको छैन। २०७२ सालको भूकम्पपछि पनि भूकम्प, आगलागी तथा अन्य कारणबाट आवास असुरक्षित हुने र असुरक्षित आवासका कारण सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन।

डेढ वर्षअघि जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले असुरक्षित घरहरू ध्वस्त भएका छन् भने ठुलो मानवीय क्षति भएको छ। अर्बाैं रूपैयाँ खर्च हुँदा पनि सुरक्षित नागरिक आवास कार्यक्रमबाट नागरिकका घर भूकम्पीय दृष्टिकोणबाट जोखिमरहित भएका छैनन्। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा मात्र तीन अर्ब ४१ करोड १६ लाख रूपैयाँ खर्च भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त आवमा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्न एक लाख ३२ हजार सात सय २८ लाभग्राहीसँग सम्झौता भएको र त्यतिबेलासम्म ५२ हजार नौ सय ३८ लाभग्राहीको आवास निर्माण कार्य सम्पन्न भएको छ।

यसैगरी आव २०८०/८१ मा ७९ करोड १० लाख ३५ हजार रूपैयाँ खर्च भएको छ। मन्त्रालयका अनुसार हालसम्म ८७ हजार दुई सय १० परिवार लाभान्वित भइसकेका छन्।

यस कार्यक्रमबाट नागरिकले खरको छाना भएका घर विस्थापित गर्ने छन् र त्यसबाट ७५ हजार रूपैयाँ पाउने व्यवस्था गरिएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमार्फत पराल तथा खरको छाना भएको घर परिवारलाई जस्ताको पाता बनाउने उद्देश्यबाट सुरक्षित नागरिक आवास कार्यक्रम सुरुवात गरिएको थियो। उक्त कार्यक्रमअन्तर्गत जस्ता पाता, काठ लगायतका सामग्री खरिद गर्न प्रतिघर परिवार ५० हजार अनुदान दिन थालिएको थियो।

आव २०७८/७९ देखि भने प्रति घरपरिवार ७५ हजार अनुदान दिन थालिएको छ। २०७७ फागुन ७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट सुरक्षित नागरिक आवास कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन भइरहेको छ।

सहरी विकास मन्त्रालयका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमबाट आव २०७५/७६ मा एक अर्ब २३ करोड ४२ लाख, आव २०७६/७७ मा चार अर्ब ९० करोड, आव २०७७/७८ मा तीन अर्ब ३६ करोड ५४ लाख, २०७८/७९ मा तीन अर्ब ४० करोड ६ लाख तथा आव २०७९/८० मा तीन अर्ब ४१ करोड १६ लाख रूपैयाँ खर्च भइसकेको छ।

अलपत्र घर प्रबलीकरण कार्यक्रम

तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पालामा आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रपतिबाट पढिएको सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक भवन तथा नागरिकका आवास प्रवलीकरण कार्यक्रम सरकारले घोषणा गरेको थियो।

कार्यक्रम आव २०७९/८० बाट लागु गर्ने घोषणा गरिएको थियो। कार्यक्रमअन्तर्गत सरकारले आफैं पहिलो चरणमा स्कुल, अदालत, कलेज तथा अस्पतालका भवन प्रबलीकरण गरी भूकम्प प्रतिरोधी बनाउने र नागरिक स्तरबाट पनि भूकम्प प्रतिरोधी घर बनाउन र भएका घरलाई प्रबलीकरण गर्न सचेतनामूलक कार्यक्रम ल्याउने घोषणा गरिएको थियो। यसको नाम नागरिक आवास प्रबलीकरण कार्यक्रम राखिएको थियो तर उक्त कार्यक्रम अहिले अलपत्र परेको छ। यो कार्यक्रम लागु गर्न सरकारले अहिलेसम्म कार्यविधि समेत बनाएको छैन। जसबाट सबै नागरिकका आवास भूकम्प प्रतिरोधी बनाउन सकिएको छैन।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस