१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर
१४ कार्तिक २०७३
•
६ मिनेट पाठ
१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर
कालोपुलस्थित धोबीखोला करिडोरमा खोलिएको सडक। तस्बिरः खिलक बुढाथाेकी
काठमाडौं– कार्यालय समयमा उपत्यकाका सडक सवारीसाधनले भरिन्छन् । सबैलाई छिटो पुग्ने चटारोले सवारीसाधनको ट्याँट्याँ र टुँटुँले जामका बेला सडकमा कोलाहलजस्तै हुन्छ ।




उपत्यकाको चक्रपथको अवस्था झनै नाजुक छ । २८ किलोमिटर यात्रा गर्दा तीन घन्टाभन्दा बढी समय लाग्छ । यही समस्याको वैकल्पिक समाधान गर्न चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबाट सुरु धोबीखोला दक्षिणतर्फ कालोपुल, रातोपुल, मैतिदेवी, बिजुलीबजार पुलहु“दै बुद्धनगर बबरमहल क्षेत्रमा रहेको बागमती दोभानसम्म निर्माण प्रक्रिया थालिएको ९ मिटर चौडा ५.५ किलोमिटर लामो निर्माणाधीन धोबीखोला करिडोर १८ वर्षमा पनि सम्पन्न भएको छैन । धोबीखोलाको दुवै किनारमा करिडोर निर्माण भइरहेको छ ।

‘ट्रयाक खोल्ने, पर्खाल लगाउने काम सकिसकेका छौं,’ धोबीखोला करिडोर सुधार आयोजना प्रमुख रामप्रसाद श्रेष्ठले भने, ‘यस आर्थिक वर्षमा सम्पन्न गर्ने योजना थियो । तर चाबहिलमाथि कपन भंगाल पुलसम्म ४ किलोमिटर थपिँदा ढिला भयो ।’ जग्गा अतिक्रमण, नदी नियन्त्रण, अतिक्रमित जग्गामा बनेका घरटहराको क्षतिपूर्ति र स्थानीयको विरोधले गर्दा समय लागेको श्रेष्ठले बताए । उनका अनुसार बागमती दोभानदेखि चाबहिल ओम अस्पतालसम्म भने दुवै किनारको काम सकिएको छ । ढलको पाइप हाल्ने जिम्मा पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले समयमै ढल नहालिदिँदा कालोपत्रे गर्न नपाएको हो । ‘समितिले ढल समयमै हालिदिने हो भने गत आवमै कालोपत्रे गरिसक्ने थियौं ।’ समितिले अझै पनि समयमै ढलको काम सके चालु आवभित्रै कालोपत्रे गरिसक्ने दाबी गरे । समितिले ५ किलोमिटर सडकमा १८ महिनामा ढलको काम सक्ने जिम्मा लिएको २ वर्षमा समेत गरेको छैन ।

समितिले भने भूकम्प र नाकबन्दीले गर्दा समयमै काम गर्न नसकिएको स्विकारेको छ । समितिका सदस्यसचिव सिंहले भूकम्प र नाकाबन्दीले निर्माण सामग्री अभाव हुँदा काम गर्न नपाएको बताउँदै कतिपय ठाउँमा भने स्थानीयसँग विवादले गर्दा पनि काम गर्न नपाएको बताए । ‘ढल राख्दा कतिपय ठाउँमा स्थानीयको विवाद आएर रोकिएको छ,’ सदस्यसचिव सिंहले भने, ‘विवाद नभएका ठाउँमा काम गरिरहेका छौं । चाँडै नै ढलको काम सम्पन्न गर्छाैं ।’

२०७२÷०७३ देखि करिडोर उत्तरतर्फ कपनको भंगालपुलसम्म दुवैतिर ४ किलोमिटर थप भएको छ । थप समेत गरेर आयोजनाले आव २०७५÷०७६ मा सक्नुपर्छ । आयोजनाले भने विवाद नआए र समितिले ढलको काम सके समयमै सक्ने दाबी गरेको छ । ‘हामी काम गरिरहेका छौं,’ प्रमुख श्रेष्ठले भने, ‘लक्ष्य अनुसार काम भइरहेकाले निर्दिष्ट समयमै सबै १९ किलोमिटर आव ०७५÷०७६ मा निर्माण सक्छौं ।’ अहिले पहिलो फेजअन्तर्गत ट्रयाक खोल्ने, फुटपाथ बनाउने, पर्खाल, रेलिङ लगाउने काम सकिएको छ भने दोस्रो फेजअन्तर्गतको सडक ट्याक खोल्ने काम धमाधम भइरहेको छ । १९ किमी सडकको जम्मा लागत ३ अर्ब २८ करोड २० लाख रुपैयाँ छ ।

निर्माण सकिएपछि धोबीखोलाको दुवै किनारमा ९ मिटर चौडा २ लेनको पक्की सडक हुनेछ । सडकसँगै १.५ मिटर फुटपाथ र साइकल लेनसमेत हुनेछ । करिडोर बनेपछि चक्रपथबाट बागमती दोभानसम्म १५ मिनेट र सिंहदरबार, थापाथली समेत केही मिनेटमै पुग्न सकिने छ । समय र इन्धन बचतसँगै पैदल यात्रीको समेत रोजाइको सडक हुने अपेक्षा छ ।

आर्थिक वर्ष २०५६÷०५७ मा काठमाडौं महानगरपालिकाले करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको थियो । महानगरपालिकाले काम गर्न नसकेपछि सरकारले आव २०६६÷०६७ मा करिडोर निर्माणको जिम्मा तत्कालीन नगर विकास समिति (हालको काठमाडौं उपत्यका विकास प्राधिकरण)लाई दियो । प्राधिकरणले धोबीखोला करिडोर सुधार आयोजना गठन गरी आयोजनाले पञ्चवर्षीय योजना बनाएर आव २०७२÷०७३ मा सक्ने लक्ष्य राखे पनि करिडोरको लम्बाई थपिएको भन्दै आव २०७५÷०७६ सम्म सक्ने जनाएको छ ।
अर्को समाचार
बीस वर्षमा बनेन धोबीखोला करिडोर
१२ असार २०७४
•
८ मिनेट पाठ
बीस वर्षमा बनेन धोबीखोला करिडोर
चक्रपथमा ट्राफिक जाम सुरु हुँदै गर्दा सरकारले एउटा योजना अघि बढायो–धोबीखोला करिडोर सडक । जसको उद्देश्य थियो– त्यस क्षेत्रमा हुने सवारी जाम कम गर्नु । 




दुई दशकअघि सुरु ११ किलोमिटर करिडोर सडक अहिलेसम्म पूरा भएको छैन । चक्रपथ क्षेत्रमा गुड्ने सवारीको संख्या भने दोब्बरभन्दा धेरैले बढिसकेको छ । २८ किलोमिटर लामो सेलरोटी जस्तो चक्रपथका हरेक चोकमा ट्राफिक जाम हुन थालिसकेको छ । 

चावहिलबाट सुरु भई थापाथलीको बाग्मती पुलनेर पुग्ने यो सडक, विकास निर्माणमा सरकारी सुस्तताको उदाहरण बनेको छ । सर्वसाधारणलाई सुविधा दिन सुरु गरिएको सामान्य विकासप्रति सरकारले देखाएको बेवास्ताको नमुना भएको छ । 

धोबीखोला करिडोर सडक चावहिलस्थित ओम अस्पतालबाट दक्षिणबाट कालोपुल, रातोपुल, मैतिदेवी, बिजुलीबजार, बुद्धनगर हुँदै बाग्मती पुल पुग्छ । धोबीखोलाका दुवै किनारामा साढे ५ किलोमिटरका दरले जम्मा ११ किलोमिटर सडक निर्माण सम्पन्न भए चक्रपथको कम्तिमा आधा जाम कम हुनसक्छ । तर, ट्याक्कै १९ वर्ष बित्दा पनि सरकारले ११ किलोमिटरको सडक छिचोल्न सकेको छैन । 

चक्रपथको जाम कम गराउने वैकल्पिक सडकको निर्माण लम्बिनुका पछाडि धेरै कारण देखाउँछन् सरकारी अधिकारीहरू । मुख्य कारणकोरुपमा भने सरकारी निकायबीच समन्वय अभाव देखिएको छ । 

‘हामीले ट्रयाक खोलेर पर्खाल र फुटपाथ बनाउने काम सकिसकेका छांै,’ धोबीखोला करिडोर सुधार आयोजना प्रमुख दीपक श्रेष्ठले भन्छन्, ‘ढलको काम हुन सकिरहेको छैन, ढलको पाइप हाल्ने काम अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समितिअन्तर्गत पर्छ ।’ 

श्रेष्ठका अनुसार सडकअन्तर्गत बाग्मती दोभानदेखि चावहिल ओम अस्पतालसम्म सडकको कालोपत्रे गर्न मात्र बाँकी रहेको छ । अरु काम सकाए पनि समयमै ढल नहालिँदा कालोपत्रे गर्न नसकिएको उनको गुनासो छ । 

‘ढल समयमै हालिदिएको भए पोहोर नै कालोपत्रे गरिसक्ने थियौं,’ उनले भने, ‘धोबीखोला करिडोरको बाधक ढल बनेको छ ।’ ढल हालिसकेको ठाउँमा कालोपत्रे गरिसकेको आयोजनाको दाबी छ । बाग्मती दोभानदेखि बुद्धनगरसम्म करिब १ किलोमिटरको कालोपत्रे सकिएको हो । 

करिडोरमा ढल हाल्न तीन वर्षअघि जिम्मा लिएको समितिले तोकेको समयमा काम पूरा गरेको छैन । भूकम्प र नाकबन्दीले समयमै काम गर्न नसकिएको समितिका सदस्य सचिव ज्योतिकुमार श्रेष्ठ बताउँछन् । भूकम्प र नाकाबन्दीले निर्माण सामग्री अभाव हुँदा काम गर्न नपाएको र कतिपय स्थानमा स्थानीयसँग विवादले रहेको उनले जानकारी दिए । 

‘ढल राख्दा कतिपय ठाउँमा स्थानीयको विवाद आएर ढिलासुस्ती भयो,’ उनले भने, ‘विवाद नभएका ठाउँमा काम गरिरहेका छौं, चाँडै काम सम्पन्न गर्छाैं ।’ आयोजना र समितिबीच ढलको स्तरका विषयमा समेत कुरा मिलेको छैन । त्यसले पनि समस्या भएको उनी स्वीकार्छन् । सम्झौता अनुसार आगामी भदौसम्ममा ढलका लागि पाइप बिछ्याइसक्ने उनी बताउँछन् । 

चार किलोमिटर थप 

धोबीखोला करिडोर आयोजनाअन्तर्गत थप चार किलोमिटर सडक पनि बन्ने भएको छ । पहिलो चरणको ११ किलोमिटरसँगै चावहिल उत्तरतर्फ कपन भंगाल पुलसम्म थप सडक बन्ने भएको हो । त्यसको काम पनि सुरु भइसकेको आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख श्रेष्ठका अनुसार थप चार किलोमिटरमा गग्गा अधिग्रहण गरेर ट्रयाक खोल्न थालिएको छ । ट्रयाकको काम अन्तिम चरणमा पुगेको छ । थप गरिएको चार किलोमिटर समेत आर्थिक वर्ष २०७५÷७६ मा करिडोर सडक निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । आर्थिक वर्ष २०७२÷७३ मा चार किलोमिटर सडक थप गरिएको हो । ढल निर्माण र बजेट अभावले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्रेष्ठको दाबी छ । 

नमुना करिडोर

निर्माण सकिएपछि धोबीखोलाको दुवै किनारमा ११ मिटर चौडा दुई लेनको पक्की सडक हुनेछ । सडकसँगै डेढ मिटर फुटपाथ र साइकल लेन बन्नेछ । यो सडक बनेपछि चक्रपथबाट बाग्मती दोभानसम्म १५ मिनेट र सिंहदरबार एवं थापाथलीमा समेत केही मिनेटमै पुग्न सकिन्छ । समय र इन्धन बचतसँगै पैदल यात्रीका लागि समेत सुविधा हुनेछ । 

करिडोर सुरुवात 

आर्थिक वर्ष २०५६÷५७ मा काठमाडौं महानगरपालिकाले करिडोर निर्माण अघि बढाएको थियो । महानगरपालिकाले निर्माण सम्पन्न नगरेपछि सरकारले आर्थिक वर्ष २०६६÷६७ मा करिडोर निर्माणको जिम्मा तत्कालीन नगर विकास समिति (हाल काठमाडौं उपत्यका विकास प्राधिकरण)लाई दियो । प्राधिकरणले धोबीखोला करिडोर सुधार आयोजना गठन गरी पञ्चवर्षीय योजना अघि बढायो । लक्ष्य अनुसार आर्थिक वर्ष २०७२÷७३ मा करिडोर सडक सम्पन्न भइसक्नुपथ्र्यो । 

हालसम्मको खर्च 

पहिलो चरणको ११ किलोमिटर र थप चार किलोमिटर सडकको अनुमानित लागत ३ अर्ब २८ करोड २० लाख रूपैयाँ छ । पहिलो चरणको करिडोर ग्राभेल भइसको छ । दोस्रो चरणको पनि हुने क्रममा रहेको छ । अहिलेसम्म १ अर्ब ६६ करोड ९३ लाख खर्च भइसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले आगामी आर्थिक वर्षका लागि लागि ४५ करोड ५० लाख रूपैयाँ बजेट छुट्टयाएको छ । 

चालू आर्थिक वर्षमा ३५ करोड बजेट विनियोजन भएको थियो । जेठसम्म ३० करोड ३० लाख खर्च भएको आयोजनाले जनाएको छ ।

तेस्रो चरणको सम्भाव्यता 

आयोजनाले तेस्रो चरणअन्तर्गतको कपन भंगाल पुलदेखि उत्तरतर्फ साढे दुई किलोमिटर निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । करिडोर निर्माण सम्पन्न भएपछि नदीको दुवैतर्फ व्यवस्थित व्यापारिक तथा आवासीय क्षेत्रको विकास भई स्थानीय उपभोक्ताको सामाजिक तथा आर्थिक व्यवसाय वृद्धि हुने आयोजनाको विश्वास छ । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस