साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले गिरावट आएको छ।
आईतवार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंकले घटेको छ।
आईतवार कारोबारमा भएका २५९ कम्पनीको ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। गत साताको अन्तिम कारोबारको तुलनामा आईतवार कारोबार रकम समेत घटेको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ। त्यस्तै, जलविद्युत, लघुवित्त र होटल तथा पर्यटन, उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
वित्त, लगानी, जीवन बीमा, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आईतवार नेप्से परिसूचकमा गिरावट आएपनि सुपरमाई हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर यता सामलिङ्ग पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, खप्तड लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। आईतवार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।