लघुवित्त बचाउन माग गर्दै विराटनगरमा र्याली निकालिएको छ। विराटनगरको हाटखोलाबाट सुरू भएको र्यालीले नगरको विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङ हुँदै पुन: हाटखोलामा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा लघुवित्त वित्तीय संस्थाका कर्मचारी, ऋणी र बचतकर्ता महिला समूहका सदस्यहरू सहभागी थिए। उनीहरूले लघुवित्त पीडित संघर्ष समितिको नाममा लघुवित्त वित्तीय संस्थाहरूको विरुद्ध गतिविधि भइरहेको भन्दै संघर्ष समिति विरुद्ध पनि नारावाजी गरेका थिए।
मोरङका विभिन्न स्थानबाट विराटनगरमा आएका लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्त रुपी बृक्षको रक्षा गरौं, गरिवहरुको वित्तीय पहूँच हुनु पर्छ जस्ता नारा लगाएका थिए। लघुवित्त वित्तीय संस्थाका विरुद्धमा संघर्ष समिति नै गठन गरी देश व्यापी आन्दोलन भइरहेको छ।
लघुवित्तविरुद्ध आन्दोलन गरिरहेको संघर्ष समितिका सदस्यहरूले केहि दिन पहिले मोरङको कर्सियामा जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गरेका थिए। कर्मचारी माथि आक्रमण भएपछि लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले असुरक्षित महशुस गरिरहेका वेला विराटनगरमा लघुवित्त वित्तीय संस्थालाई बचाउन माग गर्दै बिहीबार लघुवित्तका ऋणी र सदस्यहरूले शान्तिपूर्ण र्याली आयोजना गरेका हुन्।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...