‘ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्’
०१ चैत्र २०७९
•
४ मिनेट पाठ
‘ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा भएको नेपाल–चाइना इन्भेष्टमेन्ट एण्ड बिजनेस फोरम २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन्।




दाहालले नेपालमा लगानी गरेर त्यसको प्रतिफल विदेश लैजान पनि कुनै समस्या नहुने प्रतिवद्धता व्यक्त गरेका छन्। ‘विदेशी लगानीका लागि स्थिर राजनीतिक वातावरण चाहिन्छ भन्ने कुरामा हामी सचेत छौं,’ प्रधानमन्त्री दाहालले भने ‘हामीले तपाईहरूलाई नीतिमा निरन्तरता र स्थिरताको आश्वासन दिने स्थितिमा आइसकेका छौं। त्यसैले तपाईहरू ढुक्क भएर वैदेशिक लगानी भित्र्याएर काम गर्न सक्नुहुनेछ।’

सो फोरमको आयोजना नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेडको संयुक्त आयोजनामा भएको थियो।

प्रधानमन्त्री दाहालले नेपालले वैदेशिक लगानीमैत्री वातावरण र नीति अवलम्बन गर्दै आइरहेको भन्दै विदेशी लगानीकर्तालाई आश्वस्त पारे। ‘हाम्रो लगानी प्रणालीमा धेरै सुधार गरेका छौं। जसले प्रत्यक्ष विदेशी लगानीकर्तालाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण गर्दछ,’ उनले भने, ‘हाम्रो कर स्ल्याबहरू सबैभन्दा कम छन् र व्यापार गर्न सजिलो अवस्थामा रहेका छौं।’

प्रधानमन्त्री दाहालले चिनियाँ लगानीकर्तालाई विशेष गरी जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतका क्षेत्रमा प्रचुर सम्भावना भएकाले लगानी गर्न विदेशी लगानीकर्तालाई अनुरोध गरे। ‘नेपालको कानुनले वैदेशिक लगानीबाट कमाएको आम्दानी फिर्ता लैजाने व्यवस्था गरेको छ। त्यसैले पनि ढुक्क भएर लगानी गर्नुहोस्,’ उनले भने, ‘नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्नेछन्। स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव गरिँदैन।’

प्रधानमन्त्री दाहालले नेपालमा सस्तोमा जनशक्तिको उपलब्धता भएकाले पनि औद्योगिक विकासमा लगानीमैत्री वातावरण भएको दाबी गरे। उनले वैदेशिक लगानीलाई सहज र सुलभ गराउन एकद्वार प्रणालीलाई अझै व्यवस्थित र पारदर्शी गराउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे। प्रधानमन्त्री दाहालले नेपाल र चिनियाँ सरकारबीच सीमापार आर्थिक क्षेत्र स्थापना र थप व्यापारिक सीमा नाका खोल्ने विषयमा पनि छलफल भइरहेको बताए। नेपालले आर्थिक वर्ष २०२१–२२ मा चीनबाट करिब २३२ अर्ब नेपाली रूपैयाँको सामान आयात गरेको थियो भने सोही अवधिमा नेपालले ६७ करोड रूपैयाँको निर्यात गरेको थियो।

नेपालको अनुकूल नीति व्यवस्थाको फाइदा उठाउँदै दुई देशका निजी क्षेत्रहरूले व्यापार र लगानीका अवसरका ढोका खोल्न आवश्यक रहेको छ। प्रधानमन्त्री दाहालले दुवै मुलुकबीच आर्थिक समृद्धिको विकासका लागि सीमापार कनेक्टिभिटीको आवश्यकता रहेको औंल्याएका छन्। ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष जंग, श्याउगेन चीन सरकारले सन् २०२२ को अगष्टदेखि चीनमा नेपालबाट निर्यात हुने र कर लाग्ने नेपाली उत्पादनको ९८ प्रतिशत भन्सारमुक्त पहुँच प्रदान गर्दै आइरहेको बताए। विगत पाँच वर्षदेखि नेपालमा चीनले ठूला खालका पूर्वाधार निर्माणमा वैदेशिक लगानी गर्दै आइरहेको छ। ‘नेपालका ठूला खालका पूर्वाधार निर्माण कार्यमा चिनियाँको बाक्लो उपस्थिति रहँदै आइरहेको छ’ उनले भने।

गत वर्षको अन्त्यसम्ममा चीनले नेपालमा १०.७४ अर्ब अमेरिकी डलरको परियोजना सम्झौता गरेको थियो। जसमा ५ अर्ब ४८ करोड अमेरिकी डलरको कारोबार भएको थियो। उपाध्यक्ष श्याउगेनले चीनले बाह्य विश्वका लागि खुला गर्ने मौलिक राष्ट्रिय नीतिमा प्रतिबद्ध रहने नीति अबलम्वन गर्दै आइरहेको बताए। उनले चिनियाँ आधुनिकीकरण र चीनको उच्च गुणस्तरीय विकासले नेपाल र अन्य देशका लागि विकासका नयाँ अवसरहरूको ढोका खोल्ने दाबी गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीन नेपालको प्रमुख विकास साझेदार राष्ट्र भएको बताउँदै व्यापार, पारवहन र लगानीका क्षेत्रमा चीनसँगको साझेदारी गरेर अघि बढ्नुपर्ने बताए। ‘नेपाल र चीनबीच बढ्दो व्यापार घाटा नेपालका लागि चुनौतीको विषय बन्दै गइरहेको छ,’ अध्यक्ष अग्रवालले भने ‘दुई देश बीचको व्यापार सन्तुलन तुरुन्तै हासिल हुने सम्भावना छैन। यसलाई कम गर्न सकिन्छ। त्यसका लागि चिनियाँ लगानी नेपालमा खोजिरहेका छौं।’

नेपालमा होङ्सी, ह्वासिन लगायतका सिमेन्ट उद्योगमा चिनियाँ लगानी भित्रिसकेका छन्। अन्य क्षेत्रमा पनि चिनियाँ लगानी भित्रिन आवश्यक रहेको छ।
अर्को समाचार
प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने- ढुक्क हुनुस्, लगानी गर्नुहोस्
३० साउन २०८३
•
१ मिनेट पाठ
प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने-  ढुक्क हुनुस्, लगानी गर्नुहोस्
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन्।




चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका हुन्।

‘सरकारले लगानीको माहोल बनाइरहेको छ। देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ’, उनले भने, ‘एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ। त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु।’

मन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरेका छन्।

‘प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्’, उनले भने, ‘सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ। बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ।’ अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ। बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुवात मात्रै गरेको उनले उल्लेख गरे।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस