मध्यपहाडी लोकमार्गः मुआब्जा नदिई बाटो निर्माणको स्वीकृति
०७ चैत्र २०७९
•
४ मिनेट पाठ
मध्यपहाडी लोकमार्गः मुआब्जा नदिई बाटो निर्माणको स्वीकृति
पोखरा महानगरपालिका–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको पाइएको छ। उनले स्थानीयको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको पाइएको हो। जुन स्वकृतिमा उनले मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्दै वडा र महानगरबाट सहमति पत्र लेखेको पुष्टि भएको छ। 




२०७४ सालमा शुरु भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्ड मादी गाउँपालिकाको भैंसेहुँदै पोखरा–१३ को काहुँखोला, बाँझापाटन, पोखरा–१२ को शितलादेवी, पोखरा–११ को फूलबारी, पोखरा–२० को भलाम, र्‍यालेचौर, पोखरा–१६ को मातृशिशु अस्पताल, बाटुलेचौर वडा कार्यालय, अमलाबिसौनी हुँदै जौबारी जोड्ने निर्णय भएको थियो।

तर पछि पोखराको सहरी क्षेत्र मिसाउँदा विरोध हुने तथा मुआब्जा समेत धेरै तिर्नुपर्ने देखिएपछि सो लोकमार्ग भैंसेबाट पोखरा–२० को मौजा–आँटीघर, वडा नम्बर–१६ को अर्मलाकोट–कालीखोला–अमला बिसाउनि हुँदै याम्दी जाड्नेगरी पुनःरेखाङ्कन गर्ने गरि छलफल भएको थियो। त्यसपछि पोखरा–१६का तत्कालीन वडाध्यक्ष आचार्यले स्थानिय र वडाको तर्फबाट सो रेखाङ्कनका लागि आफूहरुको सहमति रहेको भन्दै पत्र लेखेका थिए। 

सो पत्रमा भनिएको छ, ‘यस खण्डको रेखाङ्कन परिवर्तन गरी महानगरको उत्तरी क्षेत्र अन्तर्गत पोखरा–२० को मौजा–आँटीघर, वडा नम्बर–१६ को अर्मलाकोट–कालीखोला–अमला बिसाउनीहुँदै याम्दी जोडिनेगरी निर्माण गरेमा महानगरपालिकाको उत्तरी र कास्की जिल्लाको पहाडी ऐतिहासिक, पर्यटकीय गाउँबस्तीहरु प्रत्यक्ष लाभान्वित हुने र सडकको प्रतिफलमा बढोत्तरी हुने देखिन्छ। साथै हाल यो क्षेत्रमा जग्गा प्राप्त गर्न तथा घर टहरा हटाउन मुआब्जा तथा क्षतिपूर्ति नेपाल सरकारले उपलब्ध गराउन नपर्ने गरी सहमति दिन सकिने व्यहोरा जानकारी गराईन्छ।’ 

वडाको सहमतिलाई टेकेर तत्कालीन पोखरा महानगरपालिकाको बोर्ड बैठकले पनि सोहि व्यहोराको निर्णयसहित सहमति पत्र मध्यपहाडी लोकमार्ग सडक योजना कार्यालयलाई लेखेको देखिएको छ। सो सडकखण्ड पोखरा–१६ मा प्रवेश गराएर लैजान स्थानीयको सहमति रहेको पत्र वडा र महानगरले लेखेपनि यथार्थमा भने त्यस्तो सहमति स्थानियले दिएको देखिएको छैन। बरु वडा र महानगरले स्थानियसँग छलफल गरेर सहमति लिनुको सट्टा स्थानियलाई गुमराहमा राखेर आफूखुशी पत्र लेखेको स्थानियको आरोप छ।
त्यतिमात्र होईन अहिले लैजाने भनिएको सडक खण्डले चमेरेगुफा लगायतका संवेदनशील क्षेत्रलाई बलबलाउने देखिएको छ। जबकी चमेरेगुफाको मापदण्ड ५० मिटर भएपनि त्यो भन्दा नजिकबाट सडक बनाउन रेखाङ्कन गर्नपनि सहमति दिइएको छ। यसले गुफाको अस्तित्व नै संकटमा पर्नसक्ने चमेरेगुफा टोल विकास संस्थाका अध्यक्ष पुष्पराज अधिकारी बताउँछन्। 

बाटो निर्माण नहुञ्जेल कहाँबाट रेखाङ्कन भएको हो भन्ने मेसो नपाएका स्थानिय मध्यपहाडी लोकमार्गको सो खण्ड निर्माण गर्नका लागि भन्दै टेण्डर आह्वान भएपछि झस्किए। त्यसपछि स्थानीय पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलन शुरु गरेका छन्। उनीहरु एक सातादेखि १० बजेदेखि १२ बजेसम्म दैनिक दुई घण्टा वडा कार्यालय पोखरा–१६ अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन। बुधबारदेखि भने १० बजेदेखि दिउँसो १ः३० बजेसम्म दैनिक साढे तीन घण्टा धर्ना दिईने संघर्ष समितिका संयोजक गोविन्दबहादुर बस्नेतले जानकारी दिए।

धर्नामा स्थानिय पीडितसँगै पूर्व जनप्रतिनिधि विष्णु नेपाली पनि सहभागि छिन्। उनी स्थानियको सहमति छ भनेर पत्र लेख्ने तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यकै कार्यकालका वडा सदस्य हुन्। आचार्यले स्थानियसँग मात्र नभई जनप्रतिनिधिलाई पनि थाहा नदिई पत्र लेख्दा आफूहरु आन्दोलनमा आउनुपरेको नेपालीले बताईन। आफ्नै पार्टीका तत्कालीन वडाध्यक्षले गरेको बदमासीबिरुद्धको आन्दोलनमा रहेकी उनले भनिन्, ‘विकास भन्दा बिनास बोकेर आएपछि विरोधमा उत्रिएकी हुँ। बस्ती उठाउनेगरी बाटो निर्माण गर्न सहमति दिनु आचार्यको गल्ती हो, यसलाई सच्याईनुपर्छ।’ 

संघर्ष समितिका संयोजक गोविन्दबहादुर बस्नेतले स्थानियलाई सुकुम्बासी बनाउनेगरी निर्माण गरिन लागेकाले आफूहरु बाध्य भएर आन्दोलनमा होमिएको बताए। ‘हामीलाई मुआब्जा चाहिंदैन, हामी कुनै हालतमा हामीलाई उठीबास लगाएर बनाउन लागिएको बाटो निर्माण गर्न दिदैनौं,’ उनले भने। बस्ती छिराएर नभई ग्रामिण क्षेत्र हुँदै जाने अर्को वैकल्पिक उपायको खोजी गर्नुपर्ने उनको भनाई छ। 

स्थानीय बलराम तिमिल्सिना पनि तत्कालीन वडाध्यक्ष आचार्यको बदमासीका कारण आफूहरु सडकमा आएको बताउँछन। भन्छन्, ‘अन्य विकल्पको खोजी नगरी बस्ती बस्तीमा मध्यपहाडी लोकमार्ग छिराउने सहमति तत्कालीन वडाध्यक्ष आचार्यले कसरी दिन सक्छन्? कुनै एक व्यक्तिको सनकमा जनतालाई उठीवास लगाउन लागेपछि हामी आन्दोलनमा आएका हौं।’ 
स्थानिय अनिल बस्नेतले जनता मार्ने गरी सडक ल्याउन दिइएको सहमति फिर्ता हुनुपर्ने बताए। घर, बारी र धानखेतसमेत गरेर तीन ठाउँमा आफ्नो जग्गालाई बाटोले छुने भन्दै उनले भने, ‘त्यसरी त हामी सुकुम्बासी हुने भयौं। हामीलाई सुकुम्बासी बनाउने बाटो हामीलाई चाहिंदैन। कुनैपनि हालतमा बनाउन दिदैनौं।’ 

पोखरा–१६ का वर्तमान वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिना पनि तत्कालीन वडाध्यक्ष आचार्यले स्थानियसँग छलफल नगरी बाटो निर्माण गर्न सहमति दिनु गल्ती भएको बताउँछन्। यसमा पुनरवलोकन हुनुपर्ने बताउँदै उनी भन्छन्, ‘यसका लागि मैले प्रयास गरिरहेको छु। सायद एक, दुई दिनमा सर्वदलीय बैठक बस्ला।’ आफूहरुले भन्दैमा तत्काल निर्णय नबदलिने भन्दै उनले अब सबैको सहमति र महानगरको सिफारिसमा संघ सरकारको मन्त्रीपरिषद बैठकले मात्र निकास दिन सक्ने बताए। पोखरा–१६का तत्कालिन वडाअध्यक्ष आचार्यले भने पहिला आठमिटर चौडा बनाउने भनिएको सडकको मापदण्ड अहिले बढाएर ३० मिटर पु¥याउँदा समस्या आएको बताए। ‘आठमिटर चौडाइ हुँदा कतै पनि समस्या आएको थिएन, तर, अहिले बढाएपछि समस्या भएको हो,’ उनले भने।
अर्को समाचार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
१८ माघ २०८०
•
१ मिनेट पाठ
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो।  




बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए। बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उनको भनाइ छ। हिउँ नपन्छ्याएसम्म यात्रा गर्न नसकिने घर्ती मगरले बताए।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा आज सडक खुलाउन नसकिने बताए। शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ। उनका अनुसार सडकमा अलपत्र परेका यात्रुलाई होटलमा व्यवस्थापन गरिने छ।

उनले भने, 'हिउँ पर्न रोकिएको छैन, यो समयमा यात्रा गर्न निकै कठिन हुन्छ, सकेसम्म हिउँ नपग्लिँदासम्म यात्रा नगरेको राम्रो, गाडी चिसोका कारण बिग्रिने सम्भावना बढी हुन्छ, अहिले सवारी साधन चलेका छैनन्, हामीहरुले हिमपात रोकियो भने खुलाउने प्रयास गर्ने छौँ।'

यता ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्य बनेको छ। बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ। वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन्। ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए। रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस