सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार
२९ चैत्र २०७९
•
३ मिनेट पाठ
सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार
यस वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्नेहरूका लागि दोस्रो सिविर (क्याम्प टु) सम्मको रुट निमार्ण कार्य सम्पन्न भएको छ। फागुन १९ देखि सुरु भएको सगरमाथा हिमाल चढ्ने रुट निमार्ण कार्य यही चैत २३ गते बिहीबार सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए।




दोस्रो सिविरसम्मको रुट निर्माण कार्य आङ साकी शेर्पाको नेतृत्वमा प्राविधिक आठ र तीन स्टाफसहित ११ सदस्यीय समूहले करिब एक महिनामा सम्पन्न गरेको हो। ती आठ जना प्राविधिकहरू आइसफल डाक्टर हुन् भने बाँकी तीनजना सहयोगीहरू हुन्। यस पटक हिउँदमा पर्याप्त हिउँ नपरेका कारण बाटो बनाउन कठिन भएको बताउँदै एसपिसिसीका कार्यकारी अधिकृत शेर्पाले भने ‘यसपालि हिउँ पर्ने समयमा हिउँ परेन। मार्च अन्तिमबाट मात्र हिउँ पर्यो जसले गर्दा रुट निर्माण कार्य अन्य वर्षको तुलनामा अलि गाह्रो भयो।’ उनले थपे हिउँदमा पर्नुपर्ने हिउँ रुट निमार्ण गर्ने बेलामा पर्यो। भर्खरै परेको हिउँमा बाटो बनाउँदा तुलानात्मक रूपमा कठिनाइ सामना गर्नुपरेको हो।

‘पहिले परेको हिउँ बसिसकेपछि मात्र रुट निर्माण गर्न पाएको भए भासिने सम्भावना रहँदैनथ्यो’, उनले भने, ‘भर्खरै परेको हिउँमा रुट निर्माण गर्दा हिम पहिरो आउने संभावना रहन्छ र बनेको बाटो पनि भासिन सक्छ।’ सगरमाथा आरोहण गर्ने सबै समूहका लागि नेतृत्व गरेर काम गर्नुपर्ने भएकाले रुट निमार्ण कार्य चुनैतीपूर्ण हुने उनले बताए।

बेसक्याम्पदेखि दोस्रो सिविरसम्म जाने रुटमा अन्यत्रभन्दा धेरै हिउँ खाल्डा तथा खर्पसहरू बढी भएकाले बाटो बनाउन निकै कठिन भएको पनि बताए। उनले भने ‘दोस्रो शिविरसम्मको संरचना हरेक वर्ष परिवर्तन भइरहन्छ। यस्तै मौसम अनुमान गरेभन्दा फरक भइदिँदा पनि खतरा बढ्छ। उच्च सर्तकता अपनाएर काम नगरे ज्यान जाने सम्भावना रहन्छ।’

हरेक वर्षका वसन्त र शरद ऋतुमा सगरमाथा आरोहणका लागि रुट तयार गर्ने गरिन्छ। आरोहणका लागि खोलिने बाटोमा हिउँ थुप्रिएर अवरुद्ध हुने, खाल्टाखुल्टी पर्ने भएकाले हरेक वर्ष दुवै ऋतुमा नयाँ रुट तयार गर्नुपर्ने अवस्था आएको हो। एकपटक बनाइसकेको रुट समय समयमा मर्मत गरिरहनुपर्ने हुन्छ।

हिमाल आरोहण गर्न सहज बनाउनु नै रुट निमार्ण गर्नुको प्रमुख उद्देश्य हो। यो कार्य आईसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस)हरूको समूहले गर्छन्। आइसफल डाक्टरका समूहले आरोहण रुट पहिल्याउने तथा आरोहणका लागि पूर्वाधार राख्ने काम समेत गर्छन्। आरोहणको लागि रुट तयार गर्न बाटोमा भ¥याङ राख्नेदेखि, डोरी टाँग्नेलगायतका कामहरू हुन्छन्। आइसफल डाक्टरहरूले पहिल्याएको बाटो हुँदै आरोहीहरूले शिखर चुम्ने गर्छन्। यसै कारणले गर्दा आरोहणपूर्वको यो कार्य चुनैतीपूर्ण र महत्वपूर्ण मानिन्छ। यस कार्यका लागि अनुभवी र विशेषज्ञ आरोही समूह खटिएका हुन्छन्।

यस वर्षको मार्च महिनाको पहिलो हप्तासम्ममा सगरमाथा हिमाल आरोहणका लागि १८ समूहका १ सय ५० पुरुष र २८ महिला गरी कुल १ सय ७८ आरोहीले विभागबाट सरगरमाथा हिमाल आरोहण गर्ने अनुमति लिइसकेको जानकारी विभागका अधिकृत दिपेन्द्र रेग्मीले बताएका छन्।

उनका अनुसार आरोहीहरूले १७ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् र ती मध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिनेहरू रहेका छन्। ‘हालसम्म सबैभन्दा धेरै आरोहण शुल्क सगरमाथा हिमालबाट संकलन भएको छ। यस हिमालबाट अहिलेसम्म २४ करोड २६ लाख ९९ हजार रूपैयाँ संकलन भइसकेको छ। यो अहिलेसम्म संकलन भएको रकम मध्येको ८६ प्रतिशत हो’ अधिकृत रेग्मीले भने। विभागको तथ्याङ्क अनुसार सरकारले यस वर्षको वसन्त ऋतुको मार्च महिनाको पहिलो हप्तासम्म हिमाल आरोहण बापत करिब करिब २८ करोड राजस्व संकलन गरेको छ।

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपिसिसीले सगरमाथाको दोस्रो सिविरसम्म बाटो बनाउने काम गर्दै आइरहेको छ। एसपिसिसीले सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्म जाने बाटो तयार गरिसकेपछि सोभन्दा माथिको बाटो निर्माण गर्ने कार्य भने आरोहण व्यवसायीहरूको संयोजनामा हुने गर्छ।
अर्को समाचार
सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार
२९ चैत्र २०७९
•
३ मिनेट पाठ
सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार
सगरमाथा आराेहीहरूका लागि रूट निर्माण गर्दै आइसफल डाक्टरहरू। तस्वीर साैजन्य : एसपिसिसी
यस वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल चढ्नेहरूका लागि दोस्रो सिविर (क्याम्प टु) सम्मको रुट निमार्ण कार्य सम्पन्न भएको छ। फागुन १९ देखि सुरु भएको सगरमाथा हिमाल चढ्ने रुट निमार्ण कार्य यही चैत २३ गते बिहीबार सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए।




दोस्रो सिविरसम्मको रुट निर्माण कार्य आङ साकी शेर्पाको नेतृत्वमा प्राविधिक आठ र तीन स्टाफसहित ११ सदस्यीय समूहले करिब एक महिनामा सम्पन्न गरेको हो। ती आठ जना प्राविधिकहरू आइसफल डाक्टर हुन् भने बाँकी तीनजना सहयोगीहरू हुन्। यस पटक हिउँदमा पर्याप्त हिउँ नपरेका कारण बाटो बनाउन कठिन भएको बताउँदै एसपिसिसीका कार्यकारी अधिकृत शेर्पाले भने ‘यसपालि हिउँ पर्ने समयमा हिउँ परेन। मार्च अन्तिमबाट मात्र हिउँ पर्यो जसले गर्दा रुट निर्माण कार्य अन्य वर्षको तुलनामा अलि गाह्रो भयो।’

उनले थपे हिउँदमा पर्नुपर्ने हिउँ रुट निमार्ण गर्ने बेलामा पर्यो। भर्खरै परेको हिउँमा बाटो बनाउँदा तुलानात्मक रूपमा कठिनाइ सामना गर्नुपरेको हो।

‘पहिले परेको हिउँ बसिसकेपछि मात्र रुट निर्माण गर्न पाएको भए भासिने सम्भावना रहँदैनथ्यो’, उनले भने, ‘भर्खरै परेको हिउँमा रुट निर्माण गर्दा हिम पहिरो आउने संभावना रहन्छ र बनेको बाटो पनि भासिन सक्छ।’

सगरमाथा आरोहण गर्ने सबै समूहका लागि नेतृत्व गरेर काम गर्नुपर्ने भएकाले रुट निमार्ण कार्य चुनैतीपूर्ण हुने उनले बताए।

बेसक्याम्पदेखि दोस्रो सिविरसम्म जाने रुटमा अन्यत्रभन्दा धेरै हिउँ खाल्डा तथा खर्पसहरू बढी भएकाले बाटो बनाउन निकै कठिन भएको पनि बताए। उनले भने ‘दोस्रो शिविरसम्मको संरचना हरेक वर्ष परिवर्तन भइरहन्छ। यस्तै मौसम अनुमान गरेभन्दा फरक भइदिँदा पनि खतरा बढ्छ। उच्च सर्तकता अपनाएर काम नगरे ज्यान जाने सम्भावना रहन्छ।’

हरेक वर्षका वसन्त र शरद ऋतुमा सगरमाथा आरोहणका लागि रुट तयार गर्ने गरिन्छ। आरोहणका लागि खोलिने बाटोमा हिउँ थुप्रिएर अवरुद्ध हुने, खाल्टाखुल्टी पर्ने भएकाले हरेक वर्ष दुवै ऋतुमा नयाँ रुट तयार गर्नुपर्ने अवस्था आएको हो। एकपटक बनाइसकेको रुट समय समयमा मर्मत गरिरहनुपर्ने हुन्छ।

हिमाल आरोहण गर्न सहज बनाउनु नै रुट निमार्ण गर्नुको प्रमुख उद्देश्य हो। यो कार्य आईसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस)हरूको समूहले गर्छन्। आइसफल डाक्टरका समूहले आरोहण रुट पहिल्याउने तथा आरोहणका लागि पूर्वाधार राख्ने काम समेत गर्छन्। आरोहणको लागि रुट तयार गर्न बाटोमा भर्‍याङ राख्नेदेखि, डोरी टाँग्ने लगायतका कामहरू हुन्छन्। आइसफल डाक्टरहरूले पहिल्याएको बाटो हुँदै आरोहीहरूले शिखर चुम्ने गर्छन्। यसै कारणले गर्दा आरोहणपूर्वको यो कार्य चुनैतीपूर्ण र महत्वपूर्ण मानिन्छ। यस कार्यका लागि अनुभवी र विशेषज्ञ आरोही समूह खटिएका हुन्छन्।

यस वर्षको मार्च महिनाको पहिलो हप्तासम्ममा सगरमाथा हिमाल आरोहणका लागि १८ समूहका १ सय ५० पुरुष र २८ महिला गरी कुल १ सय ७८ आरोहीले विभागबाट सरगरमाथा हिमाल आरोहण गर्ने अनुमति लिइसकेको जानकारी विभागका अधिकृत दिपेन्द्र रेग्मीले बताएका छन्।

उनका अनुसार आरोहीहरूले १७ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् र ती मध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिनेहरू रहेका छन्। ‘हालसम्म सबैभन्दा धेरै आरोहण शुल्क सगरमाथा हिमालबाट संकलन भएको छ। यस हिमालबाट अहिलेसम्म २४ करोड २६ लाख ९९ हजार रूपैयाँ संकलन भइसकेको छ। यो अहिलेसम्म संकलन भएको रकममध्येको ८६ प्रतिशत हो’ अधिकृत रेग्मीले भने। विभागको तथ्याङ्क अनुसार सरकारले यस वर्षको वसन्त ऋतुको मार्च महिनाको पहिलो हप्तासम्म हिमाल आरोहण बापत करिब करिब २८ करोड राजस्व संकलन गरेको छ।

पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपिसिसीले सगरमाथाको दोस्रो सिविरसम्म बाटो बनाउने काम गर्दै आइरहेको छ। एसपिसिसीले सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्म जाने बाटो तयार गरिसकेपछि सोभन्दा माथिको बाटो निर्माण गर्ने कार्य भने आरोहण व्यवसायीहरूको संयोजनामा हुने गर्छ।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस