सेज स्थापनाका लागि पहल गर्छुः मन्त्री जोशी
०३ माघ २०७३
•
७ मिनेट पाठ
सेज स्थापनाका लागि पहल गर्छुः मन्त्री जोशी
सुर्खेत–उद्योगमन्त्री नविन्द्रराज जोशीले छैटौं प्रदेशको विशेष आर्थिक क्षेत्र (सेज) सुर्खेतमा स्थापनाका लागि पहल गर्ने बताएका छन्। उनले सुगमता र अन्य प्रदेशका उद्योगहरुसँग प्रतिष्पर्धा गर्नका लागि पनि सुर्खेतमा उद्योग स्थापना हुनुपर्ने आफ्नो धारणा रहेको बताए।




उनले यसअघिकै सरकारले छैटौं प्रदेशको विशेष आर्थिक क्षेत्र जुम्लामा प्रस्ताव गरे अनुसार प्रक्रिया सुरु भएको भन्दै सुर्खेतको एक हजार विघालाई पनि समेट्नु अपरिहार्य रहेको बताए ।

सरकारले चालू आर्थिक वर्षका लागि सुर्खेतमा एक हजार विघाको औद्योगिक क्षेत्र स्थापना गर्न औद्योगिक विकास लिमिटेडमार्फत डिटेल पोजेक्ट रिपोर्ट (डिपिआर) को काम सुरु गरेको छ । यसका लागि पाँच करोड रुपियाँ छुट्याइएको छ । औद्योगिक क्षेत्रका लागि प्रस्तावित साटाखानीस्थित रानीचौतारी र खाँणदेवी सामुदायिक वन क्षेत्रको स्थलगत अनुगमनपछि उद्योगमन्त्री जोशीले डिपिआर रिपोर्टसँगै मन्त्रिपरिषद् बैठकबाट बन क्षेत्रको जग्गा औद्योगिक विकास लिमिटेडको नाममा गर्ने प्रक्रिया सुरु हुने बताए ।

‘भौगोलिक, सुगमता र उत्पादित बस्तुको बजारीकरणका लागि छैटौं प्रदेशको प्रमुख औद्योगिक क्षेत्र सुर्खेतमै उपयुक्त हुन्छ’, उनले भने, ‘जुम्लासँगै सुर्खेतमा पनि विशेष आर्थिक क्षेत्र स्थापना हुन्छ ।’ उनले सुर्खेत जिल्ला यस क्षेत्रमा पाइने जडीबुटी र खानीखनिजको हबका रुपमा रहेको भन्दै जडीबुटी र खानीखनिजबाटै यो क्षेत्रलाई समृद्ध बनाउन सकिने बताए ।

पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने सोचाईलाई तोड्न सरकारले विभिन्न सेवासुविधा र सहुलियत दिएरै भएपनि निर्यातमुखी उद्योग स्थापनालाई प्राथमिकताामा राखेको मन्त्री जोशीको भनाइ छ। निर्यातमुखी उद्योग स्थापना गरी उद्यमशीलता एवं रोजगारी सिर्जना गर्न निजी क्षेत्रसंग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।

मन्त्रीलाई ११ बुँदे माग

सुर्खेत उद्योग वाणिज्य संघले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई विभिन्न ११ बुँदे माग कार्यान्वयनका लागि आग्रह गरेको छ । सोमबार संघको कार्यालयमा मन्त्री जोशीलाई स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष प्रकाश अधिकारीले ११ बुँदे मागपत्र बुझाएका हुन्।

छैठौं प्रदेशको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतमा औद्योगिक पूर्वाधार एवं संरचना निर्माण अविलम्ब शुरु गर्नुपर्ने, साटाखानीस्थित रानीचौतारी र खाँणदेवी सामुदायिक वनको प्रस्तावित एक हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ हुनुपर्ने, यस्तै प्रदेश नं. ६ मा लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा घोषणा गरी सुर्खेतमा विशेष आर्थिक क्षेत्रसहितको औद्योगिक ग्राम स्थापना गर्नुपर्ने र वीरेन्द्रनगर औद्योगिक क्षेत्रको पूर्वाधार विकास गर्दै लोडसेडिङमुक्त औद्योगिक क्षेत्र बनाउनुपर्ने मागपत्रमा उल्लेख छ ।

यस्तै सुर्खेत लगानी वर्ष–२०७३ द्वारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भिœयाउनका लागि सरकारका तर्फबाट ठोस पहल गरिनुपर्ने, लगानी वर्षको अवधिमा सुर्खेत जिल्लामा स्थापना हुने नयाँ उद्योग तथा ठूला लगानीका व्यवसायीलाई निश्चित अवधिसम्मका लागि कर छुटलगायतका अन्य सहुलियत दिइनुपर्ने, पश्चिम सुर्खेतको लखरपाटा र चौकुने सिमेन्ट कारखाना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरु गर्नुपर्ने तथा सुर्र्खेतका तीन ठाउँमा प्रस्तावित च्याम्बर मोडेल भिलेजका लागि आवश्यक सहयोग तथा लघु उद्यम विकास ग्राम स्थापना गर्नुपर्ने मागपनि गरिएको छ ।

यस्तै सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्रसंगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्नुपर्ने, विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाउनुपर्ने र रत्नपत्थर निकासी तथा मूल्यवृद्धिका लागि तत्काल नीतिगत पहल गर्नुपर्ने माग पनि संघले गरेको छ ।

मागपत्र बुझाउँदै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सम्भावनाहरु धेरैपनि अवसर नपाएकै कारण यो क्षेत्रले आर्थिक प्रगति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । गृहयुद्धको चपेटामा परेका अन्य मुलुकले विभिन्न सहुलियत दिएर निजी क्षेत्र र निजी लगानीलाई उत्साहित गराएको जिकिर गर्दै अध्यक्ष अधिकारीले नेपालमा भने त्यस्तो अवस्था नभएको गुनासो गरे ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
३२ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
यो पनि पढौँ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस