मकै खेतीमा किसानको आकर्षण
०५ माघ २०७३
•
९ मिनेट पाठ
मकै खेतीमा किसानको आकर्षण
विराटनगर–अनुदान पाइने भएपछि मोरङका  किसान मकै खेतिमा आकर्षित हुन थालेका छन्। उन्नत बीउ र कृषि यन्त्रमा अनुदानले किसानलाई मकै खेतिमा आकर्षित गरेको हो। मोरङको दक्षिणी भारतस“ग सीमा जोडिएका गाविसमा केही बर्ष यता मकै खेती गर्ने किसान बढेका छन्। बुधनगर, मझारे, भातिगछलगायत १६ वटा गाविसमा मकै मिशन कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ। बीउ र मेशिनरीमा अनुदान दिन थालेपछि मकै खेतिमा किसानले  रुचि देखाउन थालेको जिल्ला कृषि विकास कार्यालय मोरङका बाली संरक्षण अधिकृत जेनीलाल यादवले बताए।




यादवका अनुसार मकैको वीउ खरिद गर्ने किसानले हाइब्रिडमा प्रतिकिलो ६६ रुपैया“ र रामपुर कम्पोजिटमा प्रतिकिलो ५० रुपैया“ अनुदान पाउ“छन्। यसतै मेशिनरी औजार खरिदमा पनि ५० प्रतिशत अनुदान दिने गरिएको छ। सरकारले कृषि क्षेत्रमा अनुदानको ओइरो लगाए पनि लगानी अनुसार प्रतिफल भने प्राप्त हुन सकेको देखिंदैन। अनुदान पाइन्छ भनेर खेती गर्न उत्साहित हुने किसानले सहज रुपमा अनुदानको रमक नपाउने समस्या रहेको छ। यतिमात्रै हैन कृषि उपजको उचित बजार मूल्य नहुनु र मौसममा आधारित खेती प्रणालीले किसान समस्यामा पर्ने गरेका छन्। केही बर्ष यता बैदेशिक रोजगारीलगायतका कारणले मोरङमा कृषि मजदुरको पनि अभाव हुन थालेको छ। कतिपय बालीबाट लगानी उठाउन पनि किसानलाई हम्मे पर्ने गरेको छ।

धान, गहु“मा जस्तो  मकै खेतीबाट निराश नै हुनुपर्ने अबस्था भने नरहेको मोरङ बुधनगर—२ का किसान मिथिलेश सरवरिया बताउ“छन्। बार्षिक ७ विघा खेतमा मकै लगाउ“दै आएका सरवरियाले मकै खेतिबाटै बार्षिक ७ लाख रुपैया“भन्दा बढी आम्दानी गर्दै आएका छन्। उनले आफ्ना दुई छोरालाई पनि खेति नै गर्न लगाएको बताए। विदेशमा भन्दा राम्रो आम्दानी गाउ“मै  हुने भएकाले छोराहरूलाई विदेश नपठाई खेतीमै लगाएको उनको भनाइ छ। सरवरियाले भने, ‘वर्षको सातलाख रुपैया“ भन्दा बढी कमाई घरमै बसेर हुन्छ भने किन विदेश जाने?’, उनले मकै खेतीबाटै ट्याक्टर पनि जोडेको बताए।

मकै खेतीका लागि उन्नत बीउ भने नेपालमा अभाव रहेको सरवरिया बताउ“छन्। मकै खेतीका लागि उनी भारतीय बीउमै निर्भर छन्। मकै खेती गर्न चाहने अरु नातेदारलाई पनि भारतबाटै ल्याएर उन्नत जातको बीउ दिने गरेको सरवरियाले बताए। मकै खेतीमा किसानको आकर्षण बढेस“गै बुधनगरमा भाडामा खेत लिएर पनि मकै खेती गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। केही बर्ष पहिलेसम्म हिउ“दमा बा“झै रहने यस क्षेत्रका अधिकांश खेतमा यतिवेला मकै खेती गरिएको पाइन्छ। प्रायजसो कातिक र फागुनमा किसानले मकै खेती गर्दै आएका छन्। मोरङको बुधनगरमा मात्रै हैन भाथिगछ र मझारेमा पनि मकै खेतीमा किसानको क्रेज बढेको छ।

मकै खेतिमा निक्कै राम्रो फाइदा हुने भएकाले आफूले ४ बिघा खेतमा मकै लगाएको मोरङ मझारे—८का किसान रजनिशकुमार सिंह बताउ“छन्। मकै खेतीमा राम्रो फाइदा भए पनि उन्नतजातको बीउ र कृषि मजदुर  अभाव मुख्य समस्या रहेको बताए। उनी पनि भारतीय बीउमै  निर्भर छन्। भारतबाट बीउ खरिद गर्दा प्रतिकिलो ८ सय रुपैया“ पर्ने सिंह बताउ“छन् ।

प्रतिकिलो ८ सयमा किनेको बीउमा सरकारले प्रतिकिलो ६६ रुपैया“ सम्म अनुदान दिने गरेको छ । सरकारी अनुदानले मकै खेतिमा किसानको आकर्षण केही बढे पनि नाममात्रको अनुदानले झन् सास्ती हुने गरेको सिंहको गुनासो छ । ८ सयमा किनेको बीउको ६६ रुपैया“ अनुदान लिन निक्कै लामो प्रकृया पूरा गर्नु पर्ने उनी बताउ“छन् । बीउका लागि पाइने  अनुदान रकम मकै पाक्दा सम्म पनि किसानको हातमा नपुग्ने गरेको सिंहको गुनासो छ।

मकै खेतीबाट राम्रो आम्दानी हुने र बजारकोसमेत समस्या छैन । मकै बेच्न समस्या नभए पनि सिजनमा मूल्य न्यून हु“दा किसान मर्कामा पर्ने गरेका छन्। सिजनमा न्यूनतम सा“ढे १ हजार ६ सय देखि २ हजार रुपैया“ मन सम्मले मकै बिक्री हुने गरेको छ। भण्डारण गरेर राख्ने किसानले भने २ हजार ५ सय रुपैया“सम्मले मकै बिक्री गर्दै आएको किसानहरू बताउ“छन् । नेपालमा मकैको माग उच्च रहेको छ ।

जनबरलाई खुवाउन देखि दैनिक उपभोगका विभिन्न परिकार पकाउन पनि मकैको प्रयोग हुने गरेको छ । कम लागतमा देशभित्रै प्रयाप्त  उत्पादन गर्न सकिने संभावना  भएपनि हरेक बर्ष मकै र यसका परिकारको आयात उच्च रुपमा बढ्दै गएको छ । किसान मैत्री नीति ल्याएर मकै उत्पादनलाई सरकारले प्राथमिकता नदिंदा अनुदान पाइन्छ भन्ने आशाले खेती गर्नेहरू पनि समयमा अनुदानमा पाइने थोरै रकम पनि नपाउ“दा निराश हुने गरेका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय मोरङले  मकै उत्पादनका लागि अनुदान दिने र केही गाविसमा मकै किशन कार्यक्रम ल्याए पनि यस्ता कार्यक्रमले जिल्लाका सबै गाविस तथा नगरपालिकाका किसानलाई समेट्न सकेको छैन। यही कारण अनुदान दिँदा र नदिँदाको अवस्थामा मकै खेतीमा खासै फरक नदेखिएको जिल्ला कृषि विकास कार्यालय मोरङकै तथ्याङकले देखाउ“छ ।

तथ्याङक अनुसार ६ बर्ष पहिले आर्थिक बर्ष ०६७/६८मा मोरङमा बार्षिक २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा  गरिएको मकै खेतिबाट ७५ हजार ६ सय ८० मेट्रिकटन उत्पादन भएको थियो । आर्थिक बर्ष ०७२÷७३मा २२ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतिबाट १ लाख ५ सय ७५ मेट्रीकटन उत्पादन भएको छ । यस अबधिमा  १ हजार हेक्टरमा मात्रै मकै खेति बिस्तार भएको देखिन्छ । यता मौसमले साथ दिएका कारण उत्पादन भने २५ हजार मेट्रीकटनले बढेको छ । आर्थिक बर्ष ०७१÷७२मा २२ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा  गरिएको खेतिबाट ८८ हजार ८ सय ८५ मेट्रीकटन मकै उत्पादन भएको थियो ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस