थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने
१६ माघ २०७३
•
१२ मिनेट पाठ
थपिँदै २५ मेगावाट बिजुलीे, वीरगन्ज पनि लाेडसेडिङ मुक्त हुने
काठमाडौं– केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट बिजुली ल्याउन लागेको हो ।




यसअघि विद्युत प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट बिजुली खरिदबिक्री सम्झौता (पिपिए) भएको थियो । पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी  ८० मेगावाट बिजलुी ल्याउन सम्झौता भएको थियो ।

तर, बुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनको पूर्ण क्षमताअनुरुप ४० मेगावाट विद्युतु आयात गरे बिजुली ‘फल्क्चुयेट’ भइरहने भएकाले प्राविधिकरुपमा समस्या आउन नदिन हाललाई सम्झौताअनुसार १५ मेगावाट कम बिजुली आयात हुने उनले स्पष्ट पारे । ‘सम्झौताअनुसार कम बिजुली आयात भए पनि अब लोडसेडिङ हुँदैन’ उनले थपे । तर, उनका अनुसार रक्सौल–परवानीपुर तथा कसाहा–कटैया प्रसारण लाइन बनेपछि भने चाहिएको खण्डमा थप बिजुली आयात गर्न सकिने छ ।  

भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारदेखि २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत वर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

नदीको पानी घटेर बिजुली उत्पादनमा केही कमी आए पनि पछिल्लो समयमा माग नबढेकाले लोडसेडिङ व्यवस्थापन हुनेमा प्राधिकरण ढुक्क छ । हाल समग्र विद्युत् प्रणालीमा अझै तीन सय ९९ मेगावाट बिजुली अपुग छ तर पनि आधारभूत रुपमा लोडसेडिङ हटेको छ । विशेषतः माघ, फागुन, चैत र वैशाखमा मागअनुसार बिजुली अपुग भए पनि लोडसेडिङ भने नहुने निश्चित भएको उनले नागरिकसँग बताए । जेठपछि स्वदेशमै बिजुली उत्पादन आठ सय  मेगावाट हाराहारी पुग्ने जानकारी उनले दिए । घिसिङका अनुसार उपत्यका लोडसेडिङमुक्त हभइसकेको छ भने उपत्यकाबाहिर तराईमा हाल दैनिक २ घण्टा र उद्योगमा ४ घण्टा लोडसेडिङ छ ।

प्राधिकरणका अनुसार नियमित बिजुली आपूर्ति हुन थालेपछि अहिले माग घटेर एक हजार दुई सय ६५ मेगावाटमा सीमित भएको छ । हाल विद्युत् प्राधिकरणका आयोजनाबाट तीन सय ३४ मेगावाट र निजी क्षेत्रबाट एक सय ७५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । भारतबाट ल्याइएको बिजुलीसमेत गरेर आपूर्ति आठ सय ६६ मेगावाट भइरहेको छ ।

काठमाडौं उपत्यकामा हाल बिजुली माग साँझ (पिक आवर) मा तीन सय २० मेगावाट छ । उपभोक्ताले पिक आवरमा प्राधिकरणको अनुरोध मानेर विद्युतीय उपकरण कम चलाइदिएका कारण पनि माग घटेको प्राधिकरणको भनाइ छ ।

चालू आर्थिक वर्षमा ९७ मेगावाटका पाँच ठूला आयोजना सम्पन्न भई राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ । सबै आयोजना नदीका बहावमा आधारित भएकाले सुक्खा याममा औसत ४० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ । चालू वर्ष थप १५ आयोजना सम्पन्न भई प्रणालीमा एक सय ४२ मेगावाट बिजुली थपिँदै छ ।

सरकारले लोडसेडिङ अन्त्य गर्न भारतबाट पाँच सय ६० मेगावाटसम्म बिजुली आयात गर्ने सोच बनाएको छ ।  तर निर्माणधीन आयोजनाहरू समयमै सम्पन्न भए भारतको भर पर्नुपर्ने स्थिति चाँडै अन्त्य हुने प्राधिकरणको आकलन छ ।

हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी प्रसारणलाइन सञ्चालना

हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आइतबारदेखि सञ्चालनमा आउने भएको छ । यसबाट काठमाडौंमा बढी भएको बिजुली हेटांैडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज हुनेछ  । विद्युत प्राधिकरणले उक्त प्रसारण लाइनको क्षमता बढाएर १३२ केभी गराएको हो । यो प्रसारणलाइनबाट २ सय मेगावट बिजुली प्रवाह हुनेछ ।

पुस १९ गते हेटौडादेखि राजधानीको मातातीर्थसम्म परीक्षण भइसकेको यो प्रसारण लाइन बीचमा रहेका घर भत्काएर सञ्चालनमा ल्याउन लागिएको हो । यो प्रसारणलाइन कुलेखानी दोस्रो आयोजनाको बिजुली राजधानी आपूर्ति गर्न २०४३ सालमा निर्माण भएको थियो । टावरको एकतर्फमात्र तार राखेर सञ्चालनमा ल्याइएको सो लाइनबाट बढीमा १ सय मेगावाटसम्म बिजुली प्रवाह हुदै आएकोमा अब अर्कोतर्फ पनि तार जडान गरेर क्षमता दोब्बर बनाइएको छ । यो प्रसारणलाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढी भएको बिजुली बाहिर पठाउन सहज हुने प्राधिकरणले जनाएको छ ।

वीरगन्ज पनि लोडसेडिङ मुक्त हुने  

राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि तराईका वीरगन्जलगायत अन्य सहरमा देखिएको भोल्टेज समस्या समाधान भएको छ । यसबाट काठमाडौं र पोखरापछि विरगन्ज पनि लोडसेडिङ मुक्त हुनेछ । विरगन्जमा विशेषतः लो भोल्टेज समस्या थियो । ऊर्जामन्त्री जनार्दन शर्माले  २० दिनपछि वीरगञ्ज लोडसेडिङमुक्त हुने बताएका छन् ।

उद्योगी खुसी दक्ष कामदार अभाव

लगातार बिजुली उपलब्ध हुन थालेपछि उद्योगलाई राहत भएको छ । क्षमताको आधामात्र सञ्चालनमा रहेका उद्योगले अब विस्तारै उत्पादन बढाउने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । उनका अनुसार उद्योग सत्प्रतिशत क्षमतामा चल्न थाले भने कामदारको माग पनि बढ्छ । तर बजारमा दक्ष कामदारको अभाव छ । शर्मा पनि देशमा दक्ष कामदारको अभाव उद्योगका लागि प्रमुख समस्या हुने बताउँछन् ।

प्राधिकरणमा सर्जिकल स्ट्राइक    

लोडसेडिङ आधारभूत रुपमा हटेपछि विद्युत् प्राधिकरण व्यवस्थापन चुहावट नियन्त्रणमा केन्द्रित गरेको छ । प्राधिकरण तथ्यांकअनुसार विद्युत् चुहावट २६ प्रतिशत हाराहारी छ । दसौं वर्षदेखि बढुवाको फारम पनि नभर्ने अनि एकै ठाउँमा बसेर बिजुली चोर्न सघाउने कर्मचारी सर्जिकल स्ट्राइकमा परेपछि प्राधिकरणका कर्मचारी अहिले आन्दोलनमा छन् । बिजुली चोरीमा आफ्नै कर्मचारीको संलग्नता खुलेपछि प्राधिकरणले एकै पटक झन्डै दुई हजार पाँच सय कर्मचारी सरुवा गरेको विरोधमा कांग्रेस र एमाले सम्बद्ध युनियनले विरोध गरेका हुन् । पहुँचवाला उपभोक्तासँगको मिलेमतोमा उठेको बिलभन्दा कम शुल्क लिएको थाहा पाएपछि प्राधिकरणले बुधबार वितरण तथा ग्राहक सेवा विभागअन्तर्गत देशभर कार्यरत मिटर रिडिङलगायत काममा खटिएका पाँच तह तलका दुई हजार चार सय ८० जना कर्मचारी सरुवा गरेको थियो । प्राधिकरण सुधारका लागि लामो समय एउटै कार्यालयमा रहेका कर्मचारी सरुवा गर्दा विरोधमा प्राधिकरणको क्षेत्रीय कार्यालयहरूमा समेत धर्ना दिइएको छ । कर्मचारी युनियनले प्राधिकरण मुख्यालयमा कार्यकारी निर्देशक घिसिङको कार्यालयमा समेत धर्ना दिएका छन् ।

कांग्रेस र एमाले सम्बद्ध कर्मचारी युनियनले फागुनमा प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन तोकिएको हुँदा कर्मचारी सरुवा गर्न नमिल्ने दाबी गरेका छन् । तर प्राधिकरण व्यवस्थापनले भने माघ १८ पछि मात्र निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसअगावै सरुवा गरेको जनाएको छ । हाल करिब १३ अर्ब रुपैयाँबराबरको करिब २६ प्रतिशत बिजुली चुहावट हुँदै आएको छ । एक प्रतिशत बिजुली चुहावटमा राज्यले ५० करोड रुपैयाँ गुमाउँछ । चुहावट बिजुलीमध्ये आधाभन्दा बढी चोरी हुने गरेको प्राधिकरण्को दाबी छ । गत सोमबार १२ जना वहालवाला तथा निवृत्त कर्मचारीलाई विजुली चोरीमा सघाउ पु¥याएको प्रमाणसहित प्रहरीले पक्राउ गरेको थियो । बुधबार थप तीनजना पक्राउ परेका थिए । अनुसन्धानबाट बिजुली मिटर बिगार्न पूरै च्यानल प्रयोग गरेको खुलेको छ ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
९ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस