अर्थतन्त्र संकटमा: अयोग्य लडाकुलाई ८० करोड !
१५ वैशाख २०८०
•
७ मिनेट पाठ
अर्थतन्त्र संकटमा: अयोग्य लडाकुलाई ८० करोड !
मुलुक आर्थिक मन्दीमा फस्दै गएका बेला सरकारले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्नेगरी सशस्त्र द्वन्द्वकालका ‘अयोग्य लडाकु’ (माओवादी सेना) लाई रकम दिने तयारी गरेको छ। राज्यकोषमा ८० करोडभन्दा बढी रकम आर्थिक भार थपिनेगरी सरकारले अयोग्य लडाकुलाई रकम वितरणको तयारी थालेको छ।




गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गृह मन्त्रालयले ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार पारी जारीसमेत गरिसकेको छ।

कार्यविधिको प्रस्तावनामा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा शान्तिप्रक्रियाका बाँकी कामका लागि भनेर विनियोजन भएको १ अर्ब ४० करोड रकममध्येबाट नेपालका लागि राष्ट्रसंघीय मिसन (अनमिन) को प्रमाणीकरणमा अयोग्य लडाकुलाई क्रमशः रकम वितरण गर्दै जाने उल्लेख छ। प्रस्तावनामा उक्त रकम उपलब्ध गराउन अर्थ मन्त्रालयले गत चैत २ गते सहमति दिएकोसमेत उल्लेख छ।

मुलुक आर्थिक मन्दीमा फस्दै गएका बेला सरकारले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्नेगरी सशस्त्र द्वन्द्वकालका ‘अयोग्य लडाकु’ (माओवादी सेना) लाई रकम दिने तयारी गरेको छ। 
कति छन् अयोग्य लडाकु?

२०६३ कात्तिक २२ गते संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन तत्कालीन सात दल र तत्कालीन माओवादीबीच १२ बुँदे र आठबुँदे सहमति भएको थियो। त्यसबेला माओवादी सेनाका लडाकुहरूलाई कैलाली, सुर्खेत, रोल्पा, पाल्पा, काभ्रे, सिन्धुली र इलामका मुख्य शिविरमा राख्ने र संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन गर्ने सहमति भएको थियो। त्यसअघि नै २०६३ साउन २४ मा सरकार र माओवादीबीच भएको पाँचबुँदे सम्झौतामा शान्तिप्रक्रियामा राष्ट्रसंघलाई सहभागी गराउने सहमति भएको थियो।

जसअनुसार २०६३ भदौ १२ देखि राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि इयान मार्टिन नेपाल आई राष्ट्रसंघीय मिसन स्थापनाको तयारी गरेर फर्केका थिए। यिनै सम्झौतअनुसार २०६३ मंसिर ५ गते भएको बृहत् शान्तिसम्झौतामा माओवादी लडाकु र हतियार शिविरमा राख्ने थप सहमति भएको थियो।

२०६३ कात्तिक २२ गते संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन तत्कालीन सात दल र तत्कालीन माओवादीबीच १२ बुँदे र आठबुँदे सहमति भएको थियो।
यही सम्झौताका आधारमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७४० का आधारमा २०६३ माघ ९ मा अनमिनको स्थापना भयो। करिब चार वर्षको अवधिमा पटकपटक गरी अनमिनको सातपटक म्याद थपिएको थियो। उसले माओवादी लडाकुहरूको प्रमाणीकरण, हतियार र लडाकुको अनुगमन तथा विवाद सहजीकरणको काम गरेको थियो।

मापदण्ड भने सरकार र माओवादीबीच २०६३ मंसिर २० मा ‘हतियार तथा सेना व्यवस्थापन अनुगमन’ सम्झौताअनुसार तोकिएको थियो। जसमा माओवादी लडाकु नेपाली सेनामा समायोजन हुन २०६३ जेठ ११ अघि माओवादी सेनामा भर्ती भएको र २०४५ जेठ १२ अघि जन्मेको हुनुपर्ने उल्लेख थियो।

सोहीअनुसार अनमिनले प्रमाणीकरण सुरू गर्दा पहिला ३२ हजार २५० लडाकु दर्ता भएका थिए। तीमध्ये ८ हजार ६४० जना अनमिनको प्रमाणीकरणमा उपस्थित भएनन्। उपस्थितमध्येबाट १९ हजार ६०२ जना योग्य लडाकु घोषित भए। ४ हजार ८ जनालाई भने अनमिनले अयोग्य लडाकु भनी प्रमाणीकरण गरेको थियो। उनीहरूलाई अनमिनले युद्धविराम आचारसंहिता जारी भइसकेपछि भर्ना भएका र उमेर कम भनेर अयोग्य घोषणा गरेको थियो।

मापदण्ड भने सरकार र माओवादीबीच २०६३ मंसिर २० मा ‘हतियार तथा सेना व्यवस्थापन अनुगमन’ सम्झौताअनुसार तोकिएको थियो।
अहिले तिनै अयोग्य लडाकुहरूलाई जनही दुई लाख रूपैयाँ दिने तयारी सरकारले गरेको हो। कार्यविधिमा ‘अयोग्य लडाकु भन्नाले‘अनमिनको प्रमाणीकरणमा अयोग्य लडाकु भनी दिएको प्रतिवेदनमा नाम तथा विवरण उल्लेख भएका लडाकुलाई सम्झनुपर्दछ’ भनिएको छ। चार हजारजनालाई २ लाखका दरले दिँदा राज्यकोषबाट ८० करोड १६ लाख रकम खर्च हुने देखिन्छ।

अनमिनको प्रतिवेदनमा उल्लिखित विवरणका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले अयोग्य लडाकुको पहिचान गर्ने र मन्त्रालयले विवरण तयार गरी जिल्ला प्रशासन कार्यालयमार्फत २ लाख रूपैयाँ दिने कार्यविधिमा उल्लेख छ।

अहिले तिनै अयोग्य लडाकुहरूलाई जनही दुई लाख रूपैयाँ दिने तयारी सरकारले गरेको हो। कार्यविधिमा ‘अयोग्य लडाकु भन्नाले‘अनमिनको प्रमाणीकरणमा अयोग्य लडाकु भनी दिएको प्रतिवेदनमा नाम तथा विवरण उल्लेख भएका लडाकुलाई सम्झनुपर्दछ’ भनिएको छ।
कार्यविधिमा गृह मन्त्रालयले अयोग्य लडाकुको सूची तयार गरेर अर्थ मन्त्रालयबाट पठाउने र त्यसपछि निकासा भएको बजेट जिल्ला प्रशासन हुँदै लडाकुको हातमा पर्ने उल्लेख छ। अयोग्य लडाकुको मृत्यु भइसकेको अवस्थामा कानुनबमोजिम नजिकको हकदारलाई उपलब्ध गराउने र हाल नेपालबाहिर भए नेपाल फर्किएर आएको बखत भए पनि पाउने व्यवस्था कार्यविधिमा छ।  

माओवादीको पुरानै दाउ

अयोग्य लडाकुहरूलाई जनही २ लाख रूपैयाँ दिने सत्तारूढ माओवादी केन्द्रको पुरानै दाउ हो। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा पनि अयोग्य लडाकुलाई रकम दिने निर्णय भएको थियो। २०६९ कात्तिक ५ गते मन्त्रिपरिषद्बाट रकम दिने निर्णय भए पनि सर्वोच्च अदालतमा रिट परेपछि रोकिएको थियो। त्यसपछि माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुँदा अयोग्य लडाकुका लागि आव २०७३/७४ को बजेटमा ८४ करोड रूपैयाँ छुट्याइएको थियो। त्यसबेला ‘अयोग्य लडाकु र स्वैच्छिक अवकाश’ मा गएका लडाकुमध्ये राहत लिन बाँकीलाई जनही २ लाख दिने भनिएको थियो। बजेटको उक्त व्यवस्थाविरुद्ध नेपाली कांग्रेसका तत्कालीन सांसदहरू र द्वन्द्वपीडितहरू सर्वोच्च अदालत गए। त्यसपछि अल्पकालीन आदेशले रकम वितरण हुन सकेन।

सोही विषय अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा फेरि उठेको छ। त्यसमा पनि अर्थतन्त्र संकटग्रस्त रहेका बेला माओवादी नेतृत्वको सरकारले आफ्ना कार्यकर्तालाई पोस्न रकम दिन लागेको भन्दै चौतर्फी आलोचना सुरू भएको छ। सत्तारूढ नेपाली कांग्रेसकै शीर्ष नेताहरूले यसको आलोचना गरेका छन्।

बजेटको उक्त व्यवस्थाविरुद्ध नेपाली कांग्रेसका तत्कालीन सांसदहरू र द्वन्द्वपीडितहरू सर्वोच्च अदालत गए। त्यसपछि अल्पकालीन आदेशले रकम वितरण हुन सकेन।
महामन्त्री गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन्। बिहीबार ट्विट गर्दै थापाले लेखेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।’ उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेको बेला रकम बाँड्नेतिर नभई पीडितमैत्री कानुन बनाएर न्यायलाई टुंगोमा पुर्‍याउन केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन्।

यस्तै कांग्रेस नेता शेखर कोइरालाले सरकारी कर्मचारीहरूलाई तलब र पूर्वशिक्षकलाई पेन्सन दिनसमेत नसकिरहेका बेला पूर्वलडाकुलाई पैसा बाँड्ने कुरा स्वीकार्य नहुने बताएका छन्। ट्विटरमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि माओवादीले राज्यबाट लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरूको तलब र पूर्वशिक्षकहरूको पेन्सन दिनसमेत नसक्ने अवस्थामा सरकारले पूर्वअयोग्य लडाकुका नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन।’

यस्तै कांग्रेस नेता शेखर कोइरालाले सरकारी कर्मचारीहरूलाई तलब र पूर्वशिक्षकलाई पेन्सन दिनसमेत नसकिरहेका बेला पूर्वलडाकुलाई पैसा बाँड्ने कुरा स्वीकार्य नहुने बताएका छन्।
प्रमुख प्रतिपक्षी एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि अहिलेको अवस्थामा अयोग्य लडाकुलाई रकम बाँड्ने कुरा सोच्न पनि नसकिने बताउँछन्। ‘एकातिर अर्थतन्त्र चालु खर्च धान्न सक्ने अवस्थामा छैन। चालु खर्च नै कटौती गर्ने भनिरहेका छौं,’ नागरिकसँग कुरा गर्दै उनले भने, ‘अर्कातिर पूर्वराष्ट्रसेवकको पेन्सन दिन नसक्नेदेखि कर्मचारीको तलब धान्न नसकिने अवस्थामा छौं भनेर स्वयं सरकारले भनिरहेको छ। यस्तो अवस्थामा यति गैरजिम्मेवारी र निर्लज्ज निर्णय कल्पना पनि गर्न नसकिने कुरा हो। यो अत्यन्त गैरजिम्मेवार काम हो।’

माओवादी केन्द्रले यसरी आफ्ना कार्यकर्तालाई रकम बाँड्न खोज्दा स्वयं माओवादी र उसको संघर्षलाई नै क्षति पुग्ने पाण्डेले बताए। ‘परिवर्तनका लागि लागेकालाई सम्मान छ। तर यसरी कार्यकर्तालाई पैसा बाँड्दा पैसाका लागि लागेका भन्ने हुन्छ। यस्ता कामले माओवादी जनयुद्धप्रति जनतामा रहेको श्रद्धा पनि समाप्त हुन्छ,’ उनले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४९ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस