तत्काल कमिसन आउने खेलमा लागेका गौर भन्सार कार्यालयका कर्मचारीहरुको ध्यान लिलामको लागि थन्किएको करोडौँको सवारी साधनतर्फ जान सकेको छैन। भन्सार कार्यालयको कम्पाउन्डमा कवाडी बनिरहेको करोडौँको विभिन्न सवारी साधनलाई लिलाम गर्नेतर्फ भन्सार कार्यालयको ध्यान नजाँदा अधिकांश गाडीका पाटपुर्जाहरु बिग्रिन थालेका छन् र राजस्व पनि गुमाएको छ।
करिब सात वर्षदेखि विभिन्न समयमा विभिन्न ठाउँबाट पक्राउ गरिएका मोटरसाइकल तथा चार चक्के गाडीहरु थन्किएर बसेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले समातेर भन्सारलाई बुझाएका सबारी साधनहरु वर्षा, घाम र जाडोमा घरबाहिरै रहँदा कति त कामै नलाग्ने गरी खराब भइसकेका छन्। कतिपय सबारी साधनको विभिन्न पाटपूर्जा खोलेर पनि लगिएको अवस्था देखिएको छ।
भन्सार कार्यालय परिसर, नजिकै रहेको भन्सार सुरक्षा गार्ड र बिओपि गौर आसपासमा करिब पच्चीस सयको संख्यामा मोटरसाइकल थन्किएर बसेका छन्। अब लिलाम नगर्ने हो भने सबारी साधन राख्न अन्त कतै जमिन खोज्नुपर्ने आवश्यकता देखिएको छ। जताततै सबारी साधनहरु थन्क्याइएपछि भन्सार कार्यालय, भन्सार सुरक्षा गार्ड र बिओपिको ठाउँ साँघुरो भएको छ।
भन्सार कार्यालयमा ५० भन्दा बढी कार, जिप, पिकअप तथा ट्रक रहेका छन्। एउटै गाडीको लाखौँ रुपैया पर्ने सबारी साधनहरु समयमा लिलाम हुन नसक्दा बर्बाद भइरहेका छन्।
चलेको अवस्थामा बरामद भएका सबै सबारी साधनहरुमध्ये अधिकांश चल्न नसक्ने भइसकेका छन्। लाखौँ रुपैयामा लिलाम हुने सवारी साधनहरु समयमा लिलाम नहुँदा कबाडीमा बेच्नुपर्ने अवस्थाको भइसकेको पनि देखिएको छ।
गौर भन्सार कार्यालयका नायब सुब्बा रेवती रोक्काले आव २०७३-०७४ मा प्रक्रिया पूरा गरेर लिलाम भएको र त्यसपछि समातिएका सबारी साधनहरु लिलाम हुन बाँकी रहेको बताएका छन्।
भन्सार कार्यालयले मोडेल र चेसिस खुलाउन सम्बन्धित कम्पनीहरुमा लेखी पठाएको तर उताबाट जवाफ नआउँदा लिलाम प्रक्रिया अगाडि बढाउन नसकिएको नासु रोक्का बताउँछन्। लिलामको प्रक्रिया लामो भएको र जुन कम्पनीको गाडी हो त्यो कम्पनीले चासो नदिँदा लिलाम प्रक्रिया झन्झटिलो बनेको रोक्काको दाबी छ।
भन्सार कार्यालयले प्रमुख जिल्ला अधिकारीसित पनि समन्वय गरिरहेको र विभिन्न कम्पनीका नेपालस्थित मुख्य डिलरहरुलाई ताकेता गर्न लागिरहेको बुझिएको छ। सम्बन्धित कम्पनीले लिलाम प्रक्रियामा रहेका मोटरसाइकलसम्बन्धी विवरण दिँदा मोटरसाइकल बिक्रीमा कमी हुने भएकाले विवरण दिन आनाकानी गरेको स्रोतको दाबी छ।
भन्सार कार्यालयले पनि तत्काल कमिसन आउने गाई, गोरु, भैँसी, खसी, खाद्यान्न तथा मलखादको तत्कालै लिलाम गर्ने गरेको तर देशलाई ठूलो राजस्व आउने तर कर्मचारीलाई खासै फाइदा हुने सबारी साधनको लिलामीमा ध्यान नदिने गरेको आरोप स्थानीयको रहेको छ।