महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता
१२ जेष्ठ २०८०
•
१ मिनेट पाठ
महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।




भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिमा पर्न सक्ने प्रभाव न्यूनीकरण लागि सहकार्य गर्ने विषयमा छलफल भएको हो। साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजीक्षेत्र र तीनै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो।

भेटमा महासंघका अध्यक्ष ढकालले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए।

महासंघको नयाँ नेतृत्वले अगाडि सारेका पाँच प्रमुख प्राथमिकताहरू, आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजीक्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराए।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताइन्। आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताइन्। लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्युनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो।

सो अवसरमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दीगो विकासका लक्ष्यहरू र आर्थिक स्तरोन्नतिमा महासंघकातर्फबाट अहिलेसम्म भएका प्रयासहरूका सम्बन्धमा जानकारी गराए।
अर्को समाचार
नौ दिनपछि लगानी सम्मेलन: कानुन संशोधन कहिले?
०७ वैशाख २०८१
•
४ मिनेट पाठ
नौ दिनपछि लगानी सम्मेलन: कानुन संशोधन कहिले?
मुलुकमा विदेशी तथा स्वदेशी लगानीलाई प्रोत्साहित गर्न करिब दुुई दर्जन कानुन संशोधन गर्न निजी क्षेत्रले सुझाव दिँदै आए पनि सरकारले अहिलेसम्म संशोधन गरेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन संशोधनको प्रतिबद्धता जनाए पनि लगानी सम्मेलन सुरु हुन नौ दिन बाँकी हुँदासम्म पनि कानुन संशोधन नभएपछि निजी क्षेत्र चिन्तित देखिएको छ।




मुलुकको विकास र समृद्धिका लागि स्वदेशी पुँजीले अपुग भएपछि सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन (इन्भेस्टमेन्ट समिट–२०२४) आयोजना गरेको छ। लगानी बोर्डले सम्मेलनमा खर्बौं रुपैयाँका डेढ सयजति परियोजना ‘सोकेस’ गर्ने तयारी गरे पनि लगानीकर्ताको विश्वास जित्न कानुनी आधार तयार नभएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।

संसद्बाट कानुन संशोधन गर्नुपर्नेमा सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको छ। अध्यादेशमार्फत संशोधन गर्न सकिने व्यवस्था भए पनि निजी क्षेत्रले वर्षौंदेखि उठाएका विषय सम्बोधन भएका छैनन्। नेपालमा लगानीमैत्री कानुन नभएको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्ताले प्रश्न उठाउँदै आएका छन्।

मुलुकमा लगानीको वातावरण तयार गर्न २४ वटा ऐन तथा नियमावली संशोधन गर्न, पाँच वटा ऐन खारेज गर्न र तीन वटा नयाँ कानुन ल्याउन सुझाएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।

‘सरकारले लगानी सम्मेलनअगाडि ११ वटा ऐन तथा नियमावली संशोधन गर्ने प्रतिबद्धता जनाएको थियो,’ अग्रवालले भने, ‘अहिलेसम्म संशोधन भएका छैनन्।’ लगानी सम्मेलनअगाडि पक्कै पनि ती ऐन संशोधन हुने अपेक्षा गरेको परिसंघको साधारण सभामा अग्रवालले बताए। लगानीका लागि नीति तथा कानुनहरू लगानी प्रोत्साहन गर्ने खालका हुनुपर्ने उनले बताए।

विदेशी लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरतासँगै लगानी निरुत्साहन गर्ने कानुनहरूमा सुधार अत्यावश्यक रहेको अध्यक्ष अग्रवालले बताए। ‘अहिले पनि करिब ५० वर्ष पुराना ऐनबाट व्यवसायलाई नियन्त्रण गर्न खोजिएको छ,’ अग्रवालले भने, ‘उद्योगी व्यवसायीबाट आर्थिक कसुर भए थुन्ने नभई आर्थिक जरिवाना गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।’

विश्व बैंकको कार्यक्रममा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री वर्षमान पुनसँग पनि बहुराष्ट्रिय कम्पनीले नेपालका केही कानुनबारे प्रश्न गरेका थिए। सरकारले विगतमा प्रतिबद्धता जनाए पनि निजी क्षेत्रमैत्री कानुन नबन्दा विश्वासको वातावरण बन्न नसकेको निजी क्षेत्रको गुनासो छ।

विदेशी लगानीकर्तालाई विश्वासको वातावरण सिर्जना गर्न सरकारले तत्काल कानुन संशोधन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘संशोधन गर्नुपर्ने कानुनको विषयमा निजी क्षेत्र र सरकारी कार्यदलले सुझाव दिएको छ,’ अध्यक्ष ढकालले भने, ‘विदेशी लगानीकर्ताको विश्वास जित्ने हो भने लगानी सम्मेलनअघि नै कानुन संशोधन गर्नुपर्छ।’

लगानी सम्मेलनलाई लक्षित गरी प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित कानुन सुधार समितिले पनि गत माघमा मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि एक दर्जन कानुन संशोधन गर्न सुझाए भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन।

समितिले एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्ताव गरी नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव हस्तान्तरण गरेको थियो। ‘परम्परागत कानुन, नीति तथा नियमहरू लगानीका प्रमुख बाधक रहेकाले संशोधन गर्न आग्रह गर्दै आएका छौं,’ कार्यदलका सदस्य ढकालले भने।

उद्योग, व्यवसाय एवं लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले औद्योगिक व्यवसाय ऐन (२०७६), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०७५), विशेष आर्थिक क्षेत्र ऐन (२०७३), वन ऐन (२०७६) संशोधन गर्न सरकारी कार्यदलले सुझाव दिएको छ।

त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९), भूमिसम्बन्धी ऐन (२०२१), जग्गा प्राप्ति ऐन (२०३४), वातावरण संरक्षण ऐन (२०७६), विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन (२०६३), नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन (२०५३), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (२०७७) तथा वन नियमावली (२०७९) का विभिन्न प्रावधानमा पनि संशोधन गर्नुपर्ने सरकारी अध्ययनले सुझाएको थियो।

लगानीमैत्री ऐन संशोधन अब संसद्बाट सम्भव नभएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए। ‘अध्यादेशमार्फत लगानीमैत्री ऐन संशोधन प्रयास भएको छ,’ मन्त्री गिरीले भने, ‘सम्मेलनअघि नै संशोधन गर्छौं।’ 
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस