दशलाख विदेशी पर्यटक भित्र्याउन कत्तिको सहज?
१६ जेष्ठ २०८०
•
५ मिनेट पाठ
दशलाख विदेशी पर्यटक भित्र्याउन कत्तिको सहज?
पोखराको रत्नमन्दिर परिसरमा घुम्न पुगेका विदेशी पाहुना। तस्बिरः उमेश पुन/नागरिक
आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने लक्ष्य सार्वजनिक गर्यो। अर्थमन्त्री डा. प्रकाशशरण महतले  सन् २०२३–२०३२ लाई पर्यटन दशकका रुपमा मनाइने बताउँदै २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य सुनाए।




कोरोना भाइरस संक्रमणका कारण नेपालको पर्यटन बजार निकै नै कमजोर बनेको व्यावसायीले बताईरहेका छन। संक्रमण कमजोर भइसक्दा पनि विदेशी पर्यटकको आगमनले सोचेजति गति लिन नसकेको व्यावसायीको भनाई छ। तर, सरकारले भने २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ। यदी सरकारले राखेको लक्ष्य अनुसार पर्यटक आगमन हुने नै हो भने राहत मिल्ने व्यवसायीले बताएका छन्।

सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। यो नै नेपालमा भित्रिएका विदेशी पर्यटकको अहिलेसम्मकै सबैभन्दा ठुलो आकार हो। त्यसपछि कोरोना संक्रमण सुरु हुँदा आगमन खस्केर नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पाहुना आएका थिए। २०२१ मा झनै थोरै १ लाख ५० हजार ९ सय ६२ जना विदेशी नेपाल भित्रिएका थिए। त्यो आकार संक्रमण कमजोर बनेसँगै बढेर २०२२ मा ६ लाख १४ हजार १ सय ४८ जनामा उक्लिएको थियो।  

पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्रिनेमा कुनै आशंका गर्नु नपर्ने बताउँछन्। किनकी सन् २०२३ को हालसम्म (जनवरी–अप्रिल) सम्म नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ३ लाख २६ हजार ५ सय २८ पुगिसकेको छ।  मे महिनाको समेत आगमन थपिँदा पाँचमहिने अवधिमा करिब चारलाख विदेशी पाहुना नेपाल भित्रिनेछन। ती सबै पाहुना हवाई माध्यमबाट भित्रिएका हुन्। ‘कतै अप्ठेरो नआउने हो भने लक्ष्य पुरा गर्न गाह्रो छैन,’ उनले भने।

‘पाँचमहिना अवधिमा नेपाल भित्रिने विदेशीको संख्या करिब चारलाख पुग्ने आँकलन छ। त्यो आधारमा पनि यो वर्ष १० लाख विदेशी पाहुना भित्रिने हाम्रो अनुमान हो,’ लामिछानेले भने, ‘सिजनको आगमनको समय अझै बाँकी रहेको र आगमन बढ्ने विभिन्न आधार बाँकी रहेकोले सरकारी लक्ष्य प्राप्त हुनेछ। बोर्डले पनि त्यही आकारको अनुमान गरेको हो।’
लामिछानेका अनुसार विदेशी पर्यटक आगमन बढ्ने अरु पनि आधार छन्। भाइरस संक्रमण कमजोर भएसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय हवाई कम्पनिले नेपालमा उडान बढाएका छन। हवाई कम्पनिको अहिले नेपालसम्मको हवाई सञ्जाल बिस्तारले गति लिएको छ। हवाई सञ्जाल बिस्तार मात्र नभई ती उडानमार्फत आउने विदेशी  यात्रुको आकार पनि बढिरहेको छ। पछिल्लो समय हवाई कम्पनिको अकुपेन्सी बढिरहेकोले पनि पर्यटकको आगमन अझै बढ्ने अपेक्षा गर्न सकिने उनले बताए।

त्यसबाहेक चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ। कोरोना संक्रमण सुरु भएपछि चीनले आफ्ना नागरिकमाथि लगाएको भ्रमण प्रतिबन्ध खुलाएसँगै नेपाल भित्रिने चिनियाँ पाहुनाको आगमन बढिरहेको छ। पछिल्लो समय त चिनियाँ पर्यटक जहाज नै चार्टर गरेर नेपाल आउन थालेका छन्। पछिल्लो समय नेपालमा बढी विदेशी पाहुना भित्रिने दश मूलूकभित्र चीन चौथो नम्बरमा परेको छ।  

‘चिनियाँ पाहुनाका लागि बाटो खुलेसँगै आगमन पनि बढेको छ। यसले आगामि दिनमा अझै बढी पाहुना भित्र्याउने आधार देखाउँछ,’ उनले भने। त्यस्तै विदेशी विदेशी पाहुना बढ्ने अर्काे आधार भनेको पर्यटन बोर्डले हालैमा बंगलादेशमा पर्यटन प्रवद्र्धनार्थ कार्यक्रम आयोजना गरेको छ। पछिल्लो समय बंगलादेशी पर्यटकका लागि नेपाल पनि गतिलो गन्तव्य बनिरहेको छ। प्रवद्र्धनात्मक कार्यक्रम गरेकोले आगामि दिनमा पाहुना बढ्ने अपेक्षा रहेको उनले बताए।  

पोखरामा मंगलबारदेखि ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभान्चर ट्राभल मार्ट सुरु भएको छ। नेपालमा पहिलोपटक यो सम्मेलन आयोजना भएको छ। चारदिनसम्म पोखरामा हुने यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई उकास्न सघाउने अपेक्षा व्यावसायीको छ।  

सम्मेलनले कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्नका लागि सघाउने पर्यटन व्यावसायीको अपेक्षा छ। पाटाका सचिव सुमन पाण्डेका अनुसार नेपालले यो सम्मेलन आयोजना गर्न पाउनु आफैमा महत्वपूर्ण अवसर हो। ‘कोरोना संक्रमणले थलिएर सुस्ताएको पर्यटन क्षेत्र उठाउन यो सम्मेलनको ठूलो भूमिका हुनेछ। किनकी सम्मेलनमा आउने विभिन्न मुलुकका पर्यटन विज्ञ र व्यावसायीले नेपाल र पोखरालाई पर्यटकीय दृष्टिले बुझ्न पाउनेछन,’ उनले भने। विभिन्न २२ मुलुकका पर्यटन आवद्ध उच्च पदस्थ पदाधिकारी सम्मेलनमा सहभागि हँुदैछन।  

पर्यटन बोर्डका अनुसार १६० जना जति पाहुना यो सम्मेलन र मार्टमा सहभागि हुनेछन्। ती मध्ये करिब ४० जना अन्तर्राष्ट्रियस्तरका क्रेता र स्वदेशी २५ बिक्रेता रहेका छन्। ‘बजारीकरणका लागि पाटा सम्मेलन निकै नै गतिलो अवसर हो,’ उनले भने, ‘यसले आगामि दिनमा पाहुना आगमन बढाउन सघाउनेछ ’
त्यस्तै यूरोपियन मुलका पर्यटक भिœयाउने लक्ष्य सहित जर्मनीको बर्लिनमा आयोजित ‘आइटिबी बर्लिन’मा नेपालबारे प्रवद्र्धन गरिएको थियो। जर्मनको बर्लिनमा आयोजित यो मेलामा नेपालका २४ वटा पर्यटन आवद्ध कम्पनिले सहभागिता जनाएका थिए। गत मार्च ७ देखि ९ सम्म यो फेयर संचालन भएको थियो। ‘आगामि साता काठमाडौंमा हिमालयन ट्राभल मार्ट पनि हुँदैछ, त्यसबाहेक विभिन्न व्यवसायिक संस्थाहरुले पनि अन्तर्राष्ट्रिय प्रवद्र्धनको तयारी गरिरहेका छन,’ लामिछानेले भने, ‘यी बाहेक सरकार र निजी क्षेत्रले यो  वर्ष पर्यटन प्रवद्र्धनका धेरै काम भएका छन। त्यसैले सरकार र बोर्डको लक्ष्य पुरा हुने अपेक्षा छ।’  

लामिछानेका अनुमानमा अबको सिजन (सेप्टेम्बर–नोभेम्बर) पनि आगमन उत्साहजनक हुने अपेक्षा छ। सेप्टेम्बरमा एकलाख बढी, अक्टोबरमा डेढलाख र नोभेम्बरमा १ लाख २० हजार हाराहारीमा पाहुना आउने अपेक्षा रहेकोले सरकारी लक्ष्य पुरा गर्न कुनै गाह्रो नरहेको उनले बताए। पछिल्लो समय भारतीय पाहुनाको आगमन बढेकोले पनि सरकारी लक्ष्य भेट्न समस्या नरहेको उनले बताए। 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी थोरै मात्र मेहनत गर्ने हो भने सरकारी लक्ष्य पुरा गर्न सकस नभएको बताउँछन्। उठ्नै नसक्ने गरि थला परेकोले मात्र अहिले पर्यटक क्षेत्र अत्तालिएको उनी बताउँछन्  ‘एकलाख पाहुना भित्रिने समयमा दुइअंकको आकारमा पाहुना भित्रिएको अवस्था थियो। त्यो आकारको आगमनमा निकै नै सुधार भएको छ,’ सुवेदीले भने, ‘त्यसैले प्रवद्र्धनमा अलिकति मात्र साथ दियो भने आगमन बढ्नेमा आशंका गर्नुपर्दैन।’  

विश्वव्यापी आर्थिक मन्दीका कारण पाहुना नआउने हुन् की भन्ने आशंका गर्न सकिने ठाउँ रहेपनि मेहनत गर्ने हो भने १० लाख पर्यटक भित्र्याउन समस्या नभएको उनले बताए। सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र सबै मिलेर अघि बढ्ने हो भने पाहुना भित्र्याउन अप्ठेरो नरहेको सुवेदीले बताए। ‘कोरोनाले थलिएको पर्यटन क्षेत्र छोटो समयमा सुधार भएको हो। यो बेला लगानी बढेको तर, आम्दानी कम हुँदा व्यावसायी आत्तिएका हुन,’ उनले भने,‘लगानी गरे अनुसार आम्दानी नहुँदा खर्च धान्न नसकेको हो, तर, पर्यटक आगमन नभएकै भन्न मिल्दैन।’  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस