विराटनगर –१८ बुधनगर स्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) सम्म कार्गो रेल आइपुगेको छ।नेपालका उद्योगहरूको कच्चापदार्थ बोकेर कार्गो रेल आज दिउँसो विराटनगरस्थित आइसीपीमा आइपुगेको हो।
भारतको वथनाहा देखि विराटनगरको आइसीपीसम्मको रेल मार्ग ५ वर्ष पहिले नै परिक्षण गरिएको भएपनि कार्गोरेल भने आउन सकेको थिएन।आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मादीले संयुक्त रुपमा भारतको बथानाहा देखि विराटनगरको आइसीपी सम्मको रेल मार्गको उद्घाटन गरेका थिए ।
विराटनगरको आइसीपी सम्म रेल मार्ग सञ्चालनका लागि विराटनगरका उद्योगी व्यवसायीले धेरै वर्ष देखि माग गर्दै आएका थिए । तर, विभिन्न कारण देखाउँदै नेपाल र भारत दुबै पक्षले रेल मार्ग सञ्चालनमा आनाकानी गर्दै आएको थियो । लामो समयको प्रतिक्षा पछि उद्योगी व्यवसायीले उठाउँदै आएको माग आजदेखि सम्बोधन भएको छ ।
यसअघि नोपाली उद्योगमा कच्चापदार्थ बोकेको मालबाहक रेल भारतको वथनाहासम्म मात्रै आउने गरेको थियो । वथनाहा देखि मालबाहक ट्रकमा राखेर सामान नेपाल भित्राइदै आएको थियो । नेपालको भन्सार सम्म नै रेल आएपछि नेपाली उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् । स्थलमार्गको तुलनामा रेल मार्ग निक्कै सस्तो हुने भएकाले यहाँका उद्योगी व्यवसायीले विराटनगरको आइसीपी सम्म रेलमार्ग सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए । रेल मार्ग सञ्चालनमा आएसँगै यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।
वथनाहा– विराटनगर रेल सञ्चालनमा आएपछि सुनसरी– मोरङ औद्योगिक करिडोरमा औद्योगिक वातावरण बन्ने नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले बताए । ‘कार्गो रेल सञ्चालनमा आएसँगै कच्चापदार्थको ढुवानी लागत घटेको छ’ घिमिरेले भने‘ ढूवानीसँगै अन्य डिटेन्सन, ड्यामरेज लगायतका अनाबश्यक शुल्कहरूको वोझ पनि कम भएको छ ।’
रेलमार्ग सञ्चालनमा आएपछि चर्को ढूवानी शुल्कबाट राहत मिलेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । उनले विराटनगरको आइसीपी सम्म नियमित रुपमा कार्गो रेल संचालनमा आए विराटनगर लगायत सुनसरी–मोरङ ओद्योगिक करिडोरका उद्योगहरूको प्रतिस्पर्धी क्षतासमेत बढ्ने बताए । रिजालले भने‘ कोर्गो रेल नियमित रुपमा सञ्चालनमा आए ढूवानी लागत घट्ने समयमै आयात गरिएका औद्योगिक कच्चापदार्थ र अन्य समानहरू नेपाल आइपुग्ने भएकाले अनाबश्यक झण्झट, अतिरिक्त शुल्क र चर्को ढूवानी शुल्कबाट राहत मिल्नेछ ।’
रिजालले कार्गो रेल सञ्चालनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उत्पादनको मूल्य घट्ने भएकाले आम सर्वसाधारण उपभोक्तालाई पनि फाइदा हुने दाबी गरे । भारतबाट आएको कार्गो रेललाई रेल विभाग, विराटनगर भन्सारका कर्मचारी र विराटनगरका उद्योगी व्यवसायीले स्वागत गरेका थिए । भारत सरकारको सहयोगमा भारतको बथनाहादेखि मोरङको कटहरी सम्म रेल सेवा सञ्चालन गर्ने उद्देश्यले रेलमार्ग निर्माण थालिएको थियो । रेलमार्गका लागि जग्गाको व्यवस्था नेपाल सरकारले गर्ने र रेलमार्गका पूर्वाधार निर्माणको काम भारत सरकारले गर्ने सम्झौता भएको थियो ।
तर, सम्झौता अनुसार नेपाल सरकारले जग्गा उपलब्ध नगराएका कारण आइसीपी देखि कटहरी सम्मको रेल वे को काम अघि बढन सकेको छैन । मुआब्जा विवादका कारण कटहरी स्थित रेल स्टेशनको काम ठप्प छ । कटहरीमा रेल स्टेशन निर्माणका लागि जग्गा उपलब्ध नभएपछि भारत सरकारले निर्माण सम्पन्न भएको बथनाहा देखि विराटनगर स्थित आइसीपी सम्मको रेल मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्न गत वर्ष देखि नै प्रयास गरिरहेको थियो ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको अवसर पारेर वथानाहा– विराटनगर (बुधनगर) कार्गो रेल सञ्चालनमा ल्याइएको हो।रेलको दुबै देशका प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीबाट झण्डा हल्लाएर उद्घाटन गरेका थिए।
भारतको कोलकाता बन्दरगाहबाट मोरङको विराटनगर–१८ बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा सोमबार कार्गो रेल आइपुगेको छ। नेपाल–भारतबीच भारतबाट नेपालसम्म कार्गो रेल सञ्चालन गर्ने रुट सम्झौता भएपछि पहिलोपटक व्यावसायिक रूपमा मालबाहक रेल विराटनगर पुगेको हो।
स्वस्तिक आयल उद्योगका लागि आवश्यक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो आईसीपीमा आइपुगेको हो। यसअघि भने भारत सरकारले निर्माण गरेको बथनाहा–विराटनगर रेलमार्ग उद्घाटनका अवसरमा मात्रै कार्गो रेल नेपाल ल्याइएको थियो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १७ गते उक्त रेलमार्गको संयुक्त रूपमा उद्घाटन गरेका थिए। उद्घाटन भएको करिब दुई वर्षपछि पुनः मालबाहक रेल विराटनगर आइपुगेको हो।
कोलकाता बन्दरगाहबाट सिधै रेलमार्फत सामान ल्याउँदा ढुवानी लागत कम हुने भएकाले विराटनगरका उद्योगी–व्यवसायीले लामो समयदेखि नियमित कार्गो रेल सञ्चालनको माग गर्दै आएका थिए। अब भारतबाट नेपालसम्म नियमित रूपमा कार्गो रेल सञ्चालन हुने अपेक्षामा उद्योगी–व्यवसायी उत्साहित देखिएका छन्।
यसअघि नेपाली उद्योगका लागि आउने कच्चा पदार्थ बोकेको रेल भारतको बथनाहासम्म मात्रै पुग्ने गरेको थियो। त्यहाँबाट सामान ट्रकमार्फत विराटनगर र अन्य स्थानमा ल्याइने व्यवस्था थियो, जसका कारण ढुवानी खर्च र समय दुवै बढ्ने गरेको थियो।
कटहरीसम्म रेल विस्तार अझै अन्योलमा
भारत सरकारको सहयोगमा बथनाहादेखि मोरङको कटहरीसम्म रेल सेवा विस्तार गर्ने उद्देश्यका साथ रेलमार्ग निर्माण सुरु गरिएको थियो। सम्झौताअनुसार रेलमार्गका लागि आवश्यक जग्गा नेपाल सरकारले उपलब्ध गराउने र पूर्वाधार निर्माण भारत सरकारले गर्ने सहमति भएको थियो।
तर नेपाल सरकारले समयमै जग्गा उपलब्ध गराउन नसक्दा आईसीपीदेखि कटहरीसम्मको रेलमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन। मुआब्जा विवादका कारण कटहरीमा बन्नुपर्ने रेल स्टेशनको कामसमेत अधुरै छ।
कटहरीमा स्टेशन निर्माणका लागि आवश्यक जग्गा प्राप्त नभएपछि भारत सरकारले निर्माण सम्पन्न भएको बथनाहा–विराटनगर आईसीपी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
अब सबै प्रकारका सामान रेलबाट आयात गर्न सकिने
नेपाल–भारत व्यापार सम्झौताअनुसार यसअघि विराटनगर रेलमार्गबाट कोइला, कंक्रिट, रासायनिक मललगायत चार प्रकारका वस्तु मात्रै रेलमार्फत आयात गर्न पाइने व्यवस्था थियो। साथै भारतीय बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालनका लागि आवश्यक रुट सम्झौता पनि नभएकाले रेलमार्ग उद्घाटन भएको दुई वर्षसम्म यसको व्यावसायिक सञ्चालन हुन सकेको थिएन।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार करिब छ महिनाअघि नेपाल–भारतबीच भएको नयाँ सम्झौतापछि अब सबै प्रकारका सामान रेलमार्फत आयात गर्न सकिने व्यवस्था भएको छ।
उनले नेपालतर्फ अझै केही पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए। उनका अनुसार रेलका लागि गोदामघर निर्माण, रेल स्टेशनदेखि आईसीपीसम्मको सडक स्तरोन्नति तथा रेलबाट सामान अनलोड गर्न आवश्यक सिपिङ लाइनको व्यवस्था गर्नुपर्नेछ।
प्रमुख श्रेष्ठले अब भारतीय बन्दरगाहहरूबाट नेपालसम्म नियमित रूपमा कार्गो रेल सञ्चालन हुने वातावरण बनेको जानकारी दिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...