नेपाल नेत्र ज्योति संघको जग्गा खरिद प्रकरण सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन प्रक्रिया अगाडि बढाएको छ। ९ लाख मूल्य पर्ने जग्गालाई १ करोड ९ लाखमा खरिद गरेको विषयले चर्चा पाएपछि जिप्रका रौतहटले छानबिन प्रक्रिया अगाडि बढाएको हो।
नेपाल नेत्र ज्योति संघले गत २०७९ चैत २६ गते रौतहटको चन्द्रनिगाहपुर गाविस वडा नम्बर १ को कित्ता नम्बर ७२४३ को २ धुर जमिन घरसहित किनेको छ। नेत्र ज्योति संघले जग्गाको मूल्याङ्कन ५० लाख र घरको मूल्याङ्कन ५९ लाख गराई घर र २ धुर जग्गा १ करोड ९ लाखमा खरिद गरेको लेखत पास गरेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रौशन श्रेष्ठले जानकारी गराएका छन्।
संघले किनेको जमिन करिब ६ महिना अघि ९ लाख ३२ हजार रुपैयाँमा पास भएको देखिएको छ। संघले किनेको घर र जग्गाको मूल्यांक लगत २०७९ असोज १२मा रौतहटको चन्द्रपुर नपा ९ डुमरिया मटिऔन बस्ने धनमायाले खरिद गरेको लिखतबाट देखिएको छ। धनमायाले खरिद गर्दा जग्गाको मूल्य १ लाख ३२ हजार र घरको मूल्य ८ लाख कायम गरिएको पाइएको छ। यसरी गत असोजमा ९ लाख ३२ हजारमा खरिद बिक्री भएको घर र जग्गालाई नेत्र ज्योति संघले १ करोड ९ लाख रुपैयाँमा किन्दा संघका पदाधिकारीहरूले रकमको ठुलो चलखेल गरेको आशंका गरिएको छ।
नेपाल नेत्र ज्योति संघद्वारा चन्द्रनिगाहपुरमा संचालित आँखा अस्पतालका डा. रियाज र संघका अध्यक्षको मिलोमतोमा जमिनको खरिदमा निकै चलखेल भएको आशंका गरिएको छ।
नम्बरी जमिन २ धुर मात्र भएको र ८ धुर सार्वजनिक जग्गा मिचेर १० धुरमा भवन तथा कम्पाउन्ड वाल निर्माण गरिएको छ। डा. रियाजले पनि २ धुर जग्गा खरिद गरिएको भए पनि कब्जामा १० धुर जग्गा रहेको स्वीकार गरेका छन्।
चन्द्रपुर आँखा अस्पतालमा कार्यरत कर्मचारी यशोदा परियारको नातामा सासु नाता पर्ने धनमायाको नाउँमा गत वर्षको असोजमा जमिन खरिद गरिएको र सोही जमिनलाई चैतमा संघको नाममा पारित गर्दा लाखौँको चलखेल भएको स्थानीयको भनाइ छ। अनुचित आर्थिक लाभ लिने उद्देश्य संघका अध्यक्ष र अस्पताल प्रमुख दुवैको रहेको स्थानीयको आशंका छ।
जमिन खरिदको लेखतमा ऋणीको महलमा डाक्टर रियाजको मोबाइल नम्बर उल्लेख गरिएको, नेपाल नेत्र ज्योति संघका प्रतिनिधि नागेश्वर प्रसाद चौधरीको हस्ताक्षर रहेको तथा छाप गौर आँखा अस्पतालको लागेकोले जमिन र घर खरिद प्रक्रियादेखि मालपोत कार्यालयको पनि भूमिका शंकास्पद रहेको देखिएको छ।
लाखौँको चलखेल भएको आशंका गरिएको संघको जमिन खरिद प्रक्रियामा लागेको दस्तुर ४ लाख ९० हजार ५०० रुपैया तथा लाभ कर ७ लाख ४७ हजार ६०० रुपैया संघले नै बेहोरेको छ। संघको जमिन खरिद प्रक्रियाको छानबिन हुनुपर्ने र संघका कर्मचारी तथा मालपोतका कर्मचारीको भूमिकाको पनि छानबिन हुनुपर्ने माग उठेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन प्रक्रियालाई अगाडि बढाएको छ।
सोही जग्गालाई इंकित गरी स्थान तोकिएको उल्लेख गरिएको शतर्मा नक्सा पास अनिवार्य भए पनि बिना नक्सा पासको जग्गा खरिद गरिनु पनि त्रुटिपूर्ण रहेको र मालपोत कार्यालयको पनि यसमा संलग्नता रहेको आशंका गरिएको छ।