दैलेखको पराजुली खोलामा निर्माणाधीन रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पन्नीका सञ्चालकहरुले स्थानीयसँग पैसा उठाएर फरार भएका छन्।
उनीहरु ६ महिनादेखि हाइड्रो पावर निर्माण स्थलमा कामहरु स्थगन गरेर फरार भएका हुन्।
हाइड्रो सञ्चालकहरुले स्थानीयसँग १ लाख देखी १० लाखसम्म शेयर नाममा भरपाईविना पैसा असुलेका थिए। स्थानीय ६५ घरपरिवार मुआब्जा नपाएर प्रभावित छन् भने धन्नै ८५ जनाले ५० लाखभन्दा बढी पैसा शेयर बापत भनेर बुझाएका थिए।
रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पन्नीका कम्पनीका सञ्चालकहरूमा नरसिंह मल्ल, हिमेन्द्र सिलवाल, शंखरलाल वैध र मंगल विश्वकर्मा रहेका छन्।
त्यस्तै ठेकेदारले पेस गरेको १३ करोड ८५ लाख रुपैयाँ पनि ६ वर्षदेखी भुक्तानी गरेको छैन। अहिले ठेकेदारले ८ करोड रकम लिन बाँकी रहेको दाबी गरेका छन्। ठेक्का सम्झौता अनुसार काम सकेर दुई वटा विल मार्फत १३ करोड ८५ लाख पाउनुपर्ने ठेकेदारले पनि ६ वर्षदेखि ८ करोड पाउन सकेका छैनन्। ६ वर्षदेखि काम गरेको ८ करोड पाउन बाँकी रहेको मताप ग्रुप एण्ड कन्स्ट्रक्सनका प्रतिनिधि दीपक शाहीले बताए।
‘सम्झौता अनुसार काम समयमै सकियो।’ प्रतिनिधि शाहीले भने, विल बुझाएको ६ वर्षसम्म पनि भुक्तानी भएन। उहाँहरु कहाँ हुनुहुन्छ भन्ने समेत थाहा छैन।’
दैलेखको पराजुली खोलामा २.५ मेगावाट विद्युत् निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले निर्माण थालिएको रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनी ६ वर्षदेखि स्थानीयको रकम ठगेर आयोजनाको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि स्थानीयहरुको उठिबास हुने स्थिति बनेको हो।
घरमा खाईनखाई गरेर जम्मा भएको पैसा उज्यालो भविष्यको लागि हाइड्रोपावरमा लगानी गरेका स्थानीयहरु अहिले घर न घाटको भएका छन्। दैलेखको डुंगेश्वर र गुराँस गाउँपालिकाको सिमानामा रहेको पराजुली खोलामा विद्युत् उत्पादन गर्न ८ वर्षअघि रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीले काम सुरु गरेको थियो।
४ किमी लामो नहरबाट २.५ मेगावाट विद्युत् निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोडेर राम्रो आम्दानी लिने भनी स्थानीयसँग करोडौँ रुपैयाँ शेयरका नाममा असुल गरियो। तर कम्पनीका सञ्चालकहरू सम्पर्कविहीन हुँदा ६ वर्षदेखि स्थानीयहरू आफूहरू ठगीमा परेको स्थानीय चक्र बुढाले बताए।
स्थानीयले काम गरेको ज्याला, जग्गाको मुआब्जा, ठेकेदारको सामग्री खरिद भुक्तानी र रासनबापत करोडौँ रकम कम्पनीले भुक्तानी गर्न बाँकी रहेको छ। आयोजना स्थलमा ६ वर्षदेखि कम्पनी सञ्चालकहरूको पर्खाइमा रहेका ठेकेदारले आफ्नो सबै घरजग्गा बैंकले लिलाम गर्न लागेको ठेकेदार शाहीले बताए।
सुरुमा ३२ करोडमा योजना बनिसक्ने भनिए पनि ४२ करोड खर्च भइसकेको छ। अझ कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही हुँदा यही हाइड्रोपावरमा ५ करोड लगानी गर्ने निर्णय गरिएको थियो।
रारा हाइड्रोपावर डेभलपमेण्ड कम्पनी सम्पर्कविहीन हुँदा आयोजना स्थलमा बनेका संरचना जीर्ण बन्दै गएका छन्। बिजुली उत्पादनका लागि ल्याइएका सामग्रीहरु पनि चोरी र टुटफुट हुँदै गएका छन्।
स्थानीयले बिना कुनै अवरोध आयोजना निर्माण गर्न दिए पनि कम्पनीले बेइमानी गरेको देखिएकाले तत्काल अनुसन्धान गरी कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीय पीडित धर्मी बुढाले बत्ताइन्।
सञ्चालकहरूसँग प्रतिक्रिया लिन खोज्दा समर्पक हुन सकेन।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...