असार १० गते नै धरानको तेह्रौं नगर सभामा नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत भए पनि अहिलेसम्म कार्यपालिकामै सहमति जुट्न सकेको छैन।
नगर सभामा कुल १ अर्ब ७१ करोडको बजेटसँगै नीति तथा कार्यक्रम पेस भएको थियो। बजेट पेस भए पनि वडा कार्यालयहरुले बजेट सिलिङ अनुसार पठाएको कार्यक्रमहरुलाई कार्यपालिका बैठकबाट पारित गरिएको छैन। यस्तै, विषयगत समितिको लागि विनियोजित भएको बजेटको पनि कार्यक्रम ब्रेक डाउन गरेर कार्यपालिका बैठकबाट पारित हुन सकेको छैन।
सहमति जुट्न नसकेकै कारण असार २१ गते हुने भनिएको नगर सभा पुनः असार २५ गतेलाई सारिएको छ। आज शनिबार पनि बसेको कार्यपालिका बैठकमा वडा र विषयगत समितिबाट आएका कार्यक्रमहरु स्वीकृत गरेर नगर सभामा पेस गर्ने एजेण्डामा सहमति जुट्न सकेन। कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटमा असन्तुष्ट पक्ष नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू हुन्।
सामाजिक विकास समितिको कार्यक्रमहरुलाई योजना तर्जुमा समितिले फेरबदल गरिदिएको भन्दै समिति संयोजक सिर्जना नेपालले आपत्ति जनाएपछि सहमति जुट्न सकेन। यस्तै, नीति तथा कार्यक्रममा पनि नगर सभा सदस्यहरुले संशोधनको लागि गरेको प्रस्तावलाई सम्बोधन नगरेसम्म पारित नहुने अडान वडा नं १५ का अध्यक्षले राखेपछि सहमति जुट्न सकेन।
महत्त्वपूर्ण एजेण्डामा सहमति नजुटे पनि अन्य एजेण्डाहरु मात्र पारित गर्दै शनिबारको बैठक सकिएको छ। धरानको २० वटा वडा कार्यालयहरुमध्ये केही वडाबाट मात्र बजेट सिलिङ अनुसारको कार्यक्रमहरु स्वीकृतिको लागि प्राप्त भएकोले बैठकमा सहमति जुट्न नसकेको योजना तर्जुमा समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघाले बताए। यस्तै, सामाजिक विकास समितिले गरेको ब्रेक डाउनलाई योजना तर्जुमा समितिले केही फेरबदल गरेको तर समिति सभापतिले असहमति जनाएको कारण समस्या भएको उनले बताए।
बैठकले आइतबार दिउँसो २ बजे योजना तर्जुमा समितिको बैठक राख्ने र त्यसअघि नै वडाहरुबाट बजेटको ब्रेक डाउन गरी कार्यक्रमहरु पठाउन वडा अध्यक्षहरूलाई आग्रह गरेको पनि उपमेयर बेघाले जानकारी दिए।

‘दिउँसो २ बजे योजना तर्जुमा समितिको बैठक बसेर समाधान गछौं। कार्यपालिका बैठक सोमबार बिहान ८ बजेलाई राखिएको छ,’ उनले भने।