मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्नेगरी आउनुपर्छः अर्थमन्त्री महत
२६ असार २०८०
•
३ मिनेट पाठ
मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्नेगरी आउनुपर्छः अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन्।




मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौति, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

उनले मुलुकको वर्तमान आर्थिक सूचकहरुले खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने देखाएको बताए। उनले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र अर्थतन्त्रमा स्थायीत्व र आर्थिक वृद्धि उन्मुख गराउने भएको बताए। वर्तमान आर्थिक सूचकहरु अनुरुपमा चाँडै आउँदो वर्षको शुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने उनको भनाइ छ।

उनले खुकुलो मौद्रिक नीति आउँदा बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजीप्रवाह नभएको अवस्थालाई मदत पुग्ने बताए। बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट गर्नसक्ने बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरु समाधान गर्नुपर्ने उनले बताए। बैंकहरुले ठूला लगानीकर्ताहरुमा मात्रै लगानी प्रवाह गर्ने तर मध्यम र साना लगानीकर्तामा पुँजीप्रवाह नगर्ने प्रवृति रोक्नुपर्ने उनको भनाइ छ।

उनले भने,‘ राष्ट्र बैंकलाई ठूलो चिन्ता मौद्रिक नीति खुकुलो बनाउँदा मूल्यमा समस्या आउँछ की भन्ने कुरा आएको थियो। अहिले आएको तथ्याङ्कहरुले पनि अब आउने मौद्रिक नीतिलाई खुकुलो गर्ने प्रस्शस्त ठाउँ इन्डिकेटरले पनि सर्पोट गर्ने अवस्था आएको छ। मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै होइन। समग्रमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको लक्ष्य भनेको समग्र अर्थतन्त्रमा स्थायीत्व र आर्थिक वृद्धि उन्मुख गराउनु हो। त्यही अनुरुपमा चाँडै आउँदो वर्षको सुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने छ। बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजीप्रवाह नभएको अवस्थालाई मदत पुग्ने छ। बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट पनि के गर्न सकिन्छ बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरु ठूला लगानीकर्ताहरुमा मात्रै लगानी प्रवाह हुने र मध्यम र साना लगानीकर्तामा नहुने अवस्था छ। नेपालमा बैंकर्स र उद्योगीहरु एउटै  हुने रियालिटी होे। यदपी त्यो सामान्य तया अरु देशमा त्यस्तै हुँदैन। हाम्रो त्यही किसिमबाट चलेको छ। उनीहरुसँगै अलिअलि पुँजी छ। त्यही पुँजी बैंकमा जम्मा भयो। पछि पब्लिकहरुले पनि योगदान गरे। त्यसरी नेपालमा बैंकिङ क्षेत्रको विकास भयो। त्यसो भएकाले बैंकको पुँजी प्रवाह त्यँही भित्र हुने परिस्थिति छ। त्यसलाई पनि आउँदो दिनमा बैंकहरुले विशेष रुपमा ध्यान दिएर ल्याण्डिङको ड्राइभरसिपाई गरी मध्यम र साना लगानीकर्ता र उत्पादनशिल क्षेत्र पुँजीप्रवाह हुनुपर्छ। अहिले एउटा गुनासो बैंकिङ क्षेत्रले धेरै उत्पादनशिल क्षेत्रमा लगानी भएन। उपभोताको क्षेत्रमा अनउत्पादक क्षेत्रमा बढी लगानी भयो। भन्ने कुरा आएको परिपक्षमा उतातिर पनि बैंकिङ क्षेत्रले ध्यान दिने छ। राष्ट्र बैंकले पनि यसतर्फ ध्यान दिनेछ भन्ने विश्वास लागेको छ। म सबैलाई भन्दिन केही बैंकहरु प्रिबोटरी नीति अपनाएको प्रत्यक्ष प्रमाणहरु मैले प्राप्त गरेको छु। केही बैंकको सूचना मकहाँ आइपुगेको छ। बैंकले गलत गरेका छन्। हामीकहाँ कोलाटल बेसिस लेन्डिङ (धितोमा आधारित ऋण प्रवाह) रहेको छ। कोलाटल लेण्डिङको तुलनामा धेरै हाई कोलाटल लिने प्रवृति छ। अहिले महँगो ब्याजदर भइरहेको लगानीकर्ताहरुलाई रिपेमेन्ट गर्न कठिन भइरहेको अवस्थामा कोलाटल लिने काम भइरहेको छ। यो सबै ब्याजदर मिलेमतोमा गर्ने, सबै कुरा मिलेमतो गर्ने कुरा सैह्य हुँदैन। तैंले पनि नबढा, मैले पनि बढाउदिन भन्ने विषयलाई मान्न सकिँदैन् । त्यसमा प्रतिस्पर्धा तर हेल्दी प्रतिस्पर्धा गर्नु पर्छ।’
अर्को समाचार
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा.महत
०८ माघ २०८०
•
१ मिनेट पाठ
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य: अर्थमन्त्री डा.महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन्।




सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा। महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका हुन्।

उनले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ।’

उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए।  ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ। यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ। दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ’ मन्त्री डा.महतले भने।

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा.महतले बताए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस