काठमाडौं- दुई वर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन्। चार वर्षपछि मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको ११औं बैठकमा दुवै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका हुन्।
‘तातोपानी नाका छिट्टै सुचारु गर्ने कुरालाई बैठकमा हामीले उच्च प्राथमिकताका साथ उठायौं। चिनियाँ प्रतिनिधिले हाम्रो आग्रहलाई गम्भीर रुपमा लिएका छन् । कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने मिति नतोकिए पनि नाका संरक्षण र पुनर्निर्माण भइरहेको जानकारी चिनियाँ पक्षले दिएको छ,’ परराष्ट्रसचिव शंकरदास वैरागीले भने ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएपछि तातोपानी नाका खुल्न सकेको छैन । नेपालले पटकपटक आग्रह गर्दा पनि चीनले नाका खोल्न चासो दिएको थिएन । तर यसपटकको बैठकमा भने चीन तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ । नाका खोल्नको आवश्यक गृहकार्य सुरु गरिसकिएको जनाउँदिदै चीनले बैठकमा नेपाली पक्षलाई नाकाको ‘प्रोटेक्सन’ (संरक्षण) गर्ने कार्य भइरहेको बताएको थियो।
चीनले दुवै देश मिलेर नाका खोल्ने कार्य अघि बढाउनु पर्ने धारणा बैठकमा राखेको थियो । नेपालले भने भूकम्पका कारण अवरुद्ध भएको बाटोको अवरोध हटाई सकिएको कारण मालवहाक सवारी साधान आवातजावत सुचारु गर्नुपर्नेमा जोड दिएको थियो । त्यसपछि चीनले भूकम्पले ध्वस्त बनाएको भन्सार नाकाको पुनर्निर्माण र थप संरक्षण कार्यको लागि करिव २ अर्ब रुपैयाँ चीन सरकारले छुट्याएको बैठकमा चिनियाँ पक्षले जानकारी गराएका थिए।
‘नाका पुनःसुचारु गर्नैको लागि चीनले ठूलो रकम नाकाको पुननिर्माण र संरक्षणमा खर्चिन लागेको छ । यसले अब छिट्टै तातोपानी नाका पुनः सञ्चालनमा आउँछ भन्ने सुनिस्चीत गर्छ,’ उनले भने ।
परराष्ट्र मन्त्रालयमा सम्पन्न बैठकमा २१ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए भने १२ सदस्यीय चिनियाँ टोलीको नेतृत्व चीनको विदेश मन्त्रालयका सहायक विदेश मन्त्री क्ङ्ग सुयानयुले गरेका थिए । ‘तातोपानी नाका छिटो पुनःसुचारु गर्न नेपालले गरेको प्रस्तावप्रति चीन सकारात्मक देखिएको छ,’ परराष्ट्र सचिव वैरागीले बताए ।
बैठकमा नेपाल–चीन सम्वन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्वन्ध लगायत समग्र पक्षहरुमा विस्तृत छलफल भएको परराष्ट्रले जनाएको छ । खास गरी दुई मुलुकहरुबीचको राजनीतिक सम्वन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्वन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रर्वद्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्वन्ध विस्तार लगायतका क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने विषयमा बैठकमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
‘दुबै मुलुकहरुबीच विगतमा सम्पन्न सम्झौता तथा सहमतिको कार्यान्वयन गर्ने तथा छलफलमा रहेका आर्थिक सहयोग सम्वन्धि सम्झौता र समझदारीहरुलाई आपसी सहमतिमा यथाशीध्र टुंगोमा र्पुयाउन छलफल भयो,’ विज्ञप्तिमा भनिएको छ ।
बैठकमा नेपालर चीनबीच हालै सम्पन्न वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत सहयोग सम्वन्धि सम्झौताले समेटेका विषयहरुलाई कार्यन्वयनमा लैजाने सम्वन्धमा पनि छलफल भएको थियो । नेपालले चीनको महत्वकांक्षी परियोजना बिआरआईमा हस्ताक्षर गरेको चिनियाँ पक्षले बैठकमा नेपालको खुलेर प्रशंषा गरेका थिए ।
‘नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभमा सम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भएअनुसार अन्तरदेशिय सम्पर्क सञ्जाल (कनेक्टीभिटी), पूर्वाधार विकास, व्यापार विविधिकरण र लगानी तथा पर्यटन प्रवद्र्धनले प्राथमिकता पाउने आशा बैठकमा नेपाली पक्षले राखेको थियो,’ परराष्ट्रले विज्ञप्तीमा भनेको छ ।
चिनियाँ पक्षले बैठकमा पारवहन, खुला व्यापार सम्झौतालाई छिटो टुङगाउन आग्रह गरेको थियो । बैठकमा चिनियाँ सहयोगमा नेपालमा सञ्चालित बिभिन्न परियोजना, केरुङ–रसुवागढी नाका, छात्रावृति विषयमा पनि छलफल भएको थियो । दुबै मुलुकहरुबीच स्थापित द्विपक्षीय विषयगत परामर्श संयन्त्रहरुको नियमित बैठक आयोजना गर्ने सम्बन्धमा समेत बैठकम छलफल भएको परराष्ट्रले जनाएको छ ।
‘चिनियाँ सहयोगमा सञ्चालित परियोजना र कार्यक्रमको तदारुकताका साथ कार्यान्वयन गर्न, भावी दिनमा आर्थिक सहयोग र सहकार्यलाई गति दिन अन्तर–निकाय समन्वय वढाउन दुबै मुलुकका परराष्ट्र मन्त्रालयहरुले मिलेर काम गर्ने सम्वन्धमा छलफल भयो,’ विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रर्वद्धन वर्ष घोषणा भएको सन्दर्भमा नेपालको पर्यटन प्रर्वद्धनका लागि दुबै मुलुकका सरोकारवाला निकायहरु मिलेर प्रर्वद्धनात्मक कार्यक्रमहरु चीनमा सञ्चालन गर्ने र यसका लागि दुबै मुलुकका परराष्ट्र मन्त्रालयहरुले समन्वयकारी भूमिका खेल्ने सहमति बैठकमा भएको थियो । दुबै मुलुकबाट हुने उच्चस्तरीय भ्रमण आदान प्रदानका लागि परराष्ट्र मन्त्रालयहरुबीच नियमितरुपमा सम्पर्कमा रही सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । नेपाल–चीन संयुक्त परामर्श संयन्त्र सन् १९९६ मा गठन भएको थियो ।