अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न
१५ साउन २०८०
•
१ मिनेट पाठ
अलफ्ट होटलको चौंथो वार्षिकोत्सव सम्पन्न
अलफ्ट होटलले चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। होटलले चार वर्षको असाधारण सेवा र मनमोहक सम्झनाहरूलाई सम्झँदै आमन्त्रित पाहुना, साझेदार र संरक्षकहरू माझ भव्यताका साथ वार्षिकोत्सव मनाएको छ।




वार्षिकोत्सवमा स्थानीय रिभोलुसन ब्याण्डले लाइभ संगीतिक प्रस्तुति गरेका थिए। ब्याण्डले प्रस्तुत गरेका शास्त्रीय र समकालीन गीतहरूको प्रस्तुतीले स्थानीय कलालाई होटलले सम्मान गरेको जनाएको छ।

यस्तै सेफ राजीव र उनका सहकर्मी सम्मिलित टोलीले तयार गरेको स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू प्रस्तुत गरिएका थिए।

महाप्रबन्धक विक्रम सिंहले चार वर्षमा होटलले पाएको अत्यधिक समर्थन र मायाले अत्यन्तै प्रभावित भएको बताए। उनले वार्षिकोत्सव उपस्थित पाहुना, साझेदार तथा संरक्षकहरूसँग सम्बन्ध स्थापित गर्ने साझा मञ्च भएको बताए। उनले सबैसँगको मायालु सम्झनाहरू र अर्थपूर्ण सम्बन्धहरू निरन्तर रहिरहने अपेक्षा गरेको बताए।

यस्तै होटलका अध्यक्ष पृथ्वी बी पाण्डेले अलफ्ट लामो समयदेखिको सपनाको प्रतिबिम्ब भएको बताए। उनले अलफ्टसँग जोडिएका संरक्षकहरू र अतिथिहरूप्रति कृतज्ञा व्यक्त गर्दै होटलको निरन्तर सफलता र साझा यात्राको कामना गरेका छन्। यसैक्रममा होटलले अतिथिहरूको निरन्तर सहयोगको कदर गर्दै १ सय ५० जना सहभागीलाई सम्मान गरेको थियो।
अर्को समाचार
पाँच तारे होटलमा २७ अर्ब लगानी
०४ पौष २०८०
•
३ मिनेट पाठ
पाँच तारे होटलमा २७ अर्ब लगानी
मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ।  




यसैक्रममा कोभिड यता पछिल्लो तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे होटल थपिएका छन् । अर्बौं लगानी गरेर सञ्चालनमा आएका यी पाँच तारे होटलहरूले मुलुकको पर्यटन प्रबद्र्धनलाई महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्। विभागको तथ्यांक अनुसार सबैभन्दा बढी लगानी ठमेल स्थित होटल अलफ्टले गरेको छ। अलफ्ट होटलको कुल लागत पाँच अर्बको रहेको छ। महेश्वरप्रकाश श्रेष्ठ मुख्य सञ्चालक तथा सेयरधनी रहेको होटल अलफ्टमा १६७ वटा कोठा र २१६ बेड छन्।  

अलफ्टपछि काठमाडौंको हायात प्लेस, होटल ल्हासा इन्टरनेसनल र बाराको इच्छा होटलमा सबैभन्दा धेरै लागत लागेको छ। हायात प्लेस र इच्छा होटलको प्रमुख सञ्चालक र शेयरधनी एकै व्यक्ति रहेका छन्। प्रमुख सञ्चालक र सेयरधनी शक्तिकुमार गोल्यान रहेको हायात र इच्छा होटल प्रत्येकको लगानी दुई अर्ब ८० करोड रहेको छ। हायात प्लेसमा १५३ वटा कोठा र ३०६ बेड क्षमता छ भने इच्छा होटलमो ८९ वटा कोठा र १०० बेड छन्। साथै दोर्जे ग्ल्याजेन लामा प्रमुख सञ्चालक र सेयरधनी रहेको होटल ल्हासा इन्टरनेसनलको लागत पनि दुई अर्ब ८० करोड छ। जसको कोठा १०७ वटा र बेड क्षमता १७७ छ।

यस्तै महामारीपछिका पछिल्ला तीन वर्षमा चार वटा पाँच तारे होटल सञ्चालन हुन थालेका छन्। बिर्तामोडको होटल द किङ्सबरी, तहाचलको हायात प्लेस, सिमराको इच्छा होटल र लाजिम्पाटको होटल ल्हासा इन्टरनेसनल होटल गरी चार वटा पाँच तारे होटल सञ्चालनमा आएका छन्।

कोभिडपछि विभागमा दर्ता भएको पाँच तारे होटल होटल द किङ्सबरीको कुल लागत दुई अर्ब रहेको छ। यस होटलको सञ्चालकमा प्रकाश गोतामे रहेका छन् भने होटलमा ८२ कोठा र सय बेड छन्। यस्तै तहाचलको हायात प्लेसको कुल लागत २ अर्ब ८० करोड रहेको छ। सञ्चालक तथा सेयरधनी शक्तिकुमार गोल्यानसमेत रहेको होटलमा १५३ कोठा र ३०६ बेड छन्। सिमराको इच्छा होटलको कुल लगानी पुँजी दुई अर्बं ८० करोड रहेको छ। ८९ कोठा र सय बेड क्षमता रहेको यस होटलको मुख्य सञ्चालक तथा शेयरधनी पनि शक्तिकुमार गोल्यान नै रहेका छन्।

लाजिम्पाटस्थित होटल ल्हासा इन्टरनेसनलको कुल लागत पनि दुई अर्ब ८० करोड नै रहेको छ। १७७ बेड क्षमता र १०७ कोठा संख्या रहेको होटल ल्हासा इन्टरनेसनलको मुख्य सञ्चालक तथा सेयरधनी दोर्जे ग्याल्छेन लामा रहेका छन्। २०२९ सालमा सोल्टी होटल खुलेसँगै नेपालमा पाँच तारे होटलहरू सञ्चालन हुन थालेको हो। सोल्टी होटलदेखि होटल ल्हासा इन्टरनेसनलसम्म आइपुग्दा पाँच तारे होटल सञ्चालन हुन थालेको ५२ वर्ष पुगेको छ।  

कोभिड महामारी मत्थर भएसँगै मुलुकमा तारे होटलहरू थपिन थालेका छन् । मुलुकमा विदेशी पर्यटको आगमन र गतिविधि क्रमिक रूपले बढेसँगै तारे होटल निमार्णमा लगानी थपिएको छ । द्रुत गतिमा भएको आर्थिक विकासको उपज नै पछिल्लो समय होटलहरूको उल्लेख्य वृद्धि भएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। उनले दुई विशाल मुलुकहरू बीचमा रहेको नेपाल पर्यटनको लागि राम्रो सम्भावना बोकेको मुलुक भएको बताउँदै भने, ‘चीनबाट १० करोड र भारतबाट २० करोड पर्यटक विश्वव्यापी रूपमा घुम्ने गर्छन् । हाम्रो मुलुक बीचमा भएका कारण हामी कहीं न कहीं यसबाट जोडिन सक्छौं। भविष्यमा दुबै देशबाट हाम्रो पर्यटनको लागि अनेक सम्भावना देखिन्छ।’ उनले थपे, ‘पर्यटन प्रबद्र्धन र विकासको सम्भावना प्रशस्त छ तर पर्यटकको आवागमनका लागि हवाई कनेक्टिभिटी र बाटोहरू सरल र सहज बनाउनु पर्छ।’                                                      
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस