सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि नेपालको १ सय ३३ भन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ। गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १ सय ७१ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएकोमा ३८ मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। भन्सार विभागका अनुसार भारतसँग ९ खर्ब २१ अर्ब १६ करोड रूपैयाँ व्यापार घाटा रहेको छ। भारतबाट १० खर्ब २७ अर्ब ८४ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा १ खर्ब ६ अर्ब ६८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
दोस्रो व्यापार घाटा चीनसँग रहेको छ। चीनसँग २ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ घाटा रहेको छ। २ खर्ब २२ अर्ब ७१ करोड रूपैयाँको वस्तु आयात भएकोमा १ अर्ब ७६ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ।
भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ। अंकका हिसाबले भारतसँग धेरै व्यापार घाटा छ भने अनुपातका हिसाबले चीनसँग रहेको छ। चीनतर्फ निर्यात निकै घटेको छ भने आयात एक सय २६ गुणाले बढेको छ। भन्सार विभागका अनुसार इन्डोनेसियासँग ४१ अर्ब ५१ करोड, मलेसियासँग २२ अर्ब ९ करोड, कतारसँग १३ अर्ब १९ करोड, थाइल्याण्डसँग ११ अर्ब २१ करोड रूपैयाँ, ओमानसँग १० अर्ब ७० करोड व्यापार घाटा रहेको छ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। भन्सार विभागका अनुसार भारतसँग ९ खर्ब २१ अर्ब १६ करोड रूपैयाँ व्यापार घाटा रहेको छ। भारतबाट १० खर्ब २७ अर्ब ८४ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा १ खर्ब ६ अर्ब ६८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
त्यसैगरी, साउदी अरेबियासँग १० अर्ब ३ करोड, भियतनामसँग ७ अर्ब २६ करोड, सिंगापुरसँग ६ अर्ब ५३ करोड, जोर्डनसँग ६ अर्ब ४६ करोड, फ्रान्ससँग ६ अर्ब २९ करोड रूपैयाँ, कोरियासँग ६ अर्ब ७४ करोड, जापानसँग ४ अर्ब, ताइवानसँग ३ अर्ब ३७ करोड, जर्मनीसँग २ अर्ब ४० करोड, हङकङसँग २ अर्ब ५१ करोड, क्यानाडासँग २ अर्ब २८ करोड रूपैयाँ घाटा रहेको छ।
गत आवमा साढे तीन खर्ब रूपैयाँको व्यापार घाटा व्यहोरेको थियो। आयात १६.०८ प्रतिशत, निर्यात २१.४४ प्रतिशतले गिरावट आएको थियो । गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँको वस्तु तथा सामान आयात हुँदा नेपालबाट एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको मात्र सामान निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात तीन खर्ब ९ अर्ब रूपैयाँले खुम्चिएको छ। मुलुकमा व्यापार घाटाको खाडल ठूलो भएपछि विदेशबाट आउने रेमिटेन्सको ठूलो हिस्सा विदेशनै जाने गरेको छ।
आर्थिक वर्ष २०७८-७९ मा १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो तर गत आर्थिक वर्ष २०७९-८० मा भने अघिल्लो वर्षको तुलनामा आयात १६.८ प्रतिशतले खुम्चिएर १६ खर्ब ११ अर्बमा झरेको छ। गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८८ प्रतिशत रहेको छ भने आयातको हिस्सा भने ९१.१२ प्रतिशत रहेको छ।
नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, भटमासको कच्चा तेल, मोबाइल फोन, रेडिमेट गार्मेट, खाद्यान्न तथा तरकारी लगायतका वस्तुहरू विदेशबाट आयात हुन्छन्।
सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। रसिया–युक्रेन युद्धले गर्दा विश्व अर्थतन्त्रमा देखिएको समस्याको कारण विदेशबाट सामानको माग नआएको व्यवसायी बताउँछन्।
नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायतका वस्तुहरू रहेका छन्। निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्ट लगायतका करिब तीन दर्जन वस्तु निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ। निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था गरेपछि सिमेन्ट उद्योगीले गत वर्ष निर्यात सुरु गरेका छन्।
गत आवमा साढे तीन खर्ब रूपैयाँको व्यापार घाटा व्यहोरेको थियो। आयात १६.०८ प्रतिशत, निर्यात २१.४४ प्रतिशतले गिरावट आएको थियो।
उच्च निर्यात गर्ने सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायत निर्यात हुने विश्वास लिइएको छ। सरकारले करिब तीन दर्जन वस्तु निर्यातमा अनुदान दिने गरी कार्यविधि बनाएर प्रयोगमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’ जारी गरिसकेको छ।
स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्ता लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने योजना बनाएको छ।
वार्षिक सवा १५ खर्ब रुपैयाँ व्यापार घाटा रहेको नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा डेढ सय मुलुकसँग व्यापार भएकोमा एक सय १५ देशसँग नेपालको व्यापार घाटा रहेको छ भने ३३ देशसँग मात्रै नाफा रहेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिर मसान्तसम्म वैदेशिक व्यापारमा नेपालको वैदेशिक व्यापार घाटा छ खर्ब ४९ अर्ब ६८ करोड ९० लाख रुपैयाँ व्यापार घाटा रहेको छ । पाँच महिनामा नेपालले सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको सामग्री मात्रै नेपालबाट निर्यात भएको छ ।
वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतसँग रहेको छ भने दोस्रोमा चीन रहेको छ । दुवै देशसँग खर्बौंको व्यापार हुँदा त्यसबाहेकका अन्य देशसँग हजारदेखि अर्बसम्मको व्यापार भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।
छिमेक र सार्क राष्ट्रसँग
पाँच महिनामा नेपाललाई भारतसँगको व्यापारमा तीन खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ घाटा भएको छ । तथ्यांक अनुसार नेपालले भारतबाट चार खर्ब ३४ अर्ब ६४ करोड रुपैयाँको सामान आयात गर्दा ९५ अर्ब ४२ करोडको सामग्री निर्यात गरेको छ ।
चीनसँग एक खर्ब ६३ अर्ब २६ करोड रुपैयाँ घाटा भएको छ । पाँच महिनामा नेपालले चीनबाट एक अर्ब ६३ अर्ब ७३ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा नेपालबाट ४६ करोड ६८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
भारतबाहेकका बाँकी सार्क मुलुकहरूमा नेपालको बाङ्लादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र भुटानसँग व्यापार घाटा देखिएको छ । मालदिभ्ससँगको व्यापारमा मात्रै फाइदा छ ।
अफगानिस्तानबाट यी पाँच महिनामा ३७ करोड ३२ लाख ३५ हजारको वस्तु आयात हुँदा जम्मा २१ करोड ५१ लाख ३५ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यस्तै भुटानबाट ४३ करोड ५३ लाख रुपैयाँको वस्तु आयात हुँदा ३२ करोड १० लाख ४७ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।
नाफा देखिएको माल्दिभ्सबाट ७३ हजार रुपैयाँको वस्तु आयात हुँदा ३८ लाख ५५ हजार रुपैयाँको वस्तु साम्रगी निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
यस्तै सार्कका अन्य मुलुक बाङ्लादेशबाट दुई अर्ब ७८ करोड ४६ लाख रुपैयाँको आयात, २१ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको निर्यात, पाकिस्तानबाट १० करोड ८८ लाख ८३ हजारको आयात, आठ करोड ५७ लाख ८९ हजार रुपैयाँको निर्यात र श्रीलंकाबाट ११ करोड ८८ लाख रुपैयाँको आयात र एक करोड ८५ लाख ७४ हजार रुपैयाँको बराबरको वस्तु निर्यात भएको छ ।
अन्य एसियाली देश
एसियाको धनी राष्ट्र जापानबाट पाँच महिनामा तीन अर्ब ६९ करोड ४३ लाखको वस्तु आयात हुँदा ९४ करोड ५९ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
यस्तै दक्षिण अफ्रिकाबाट ४९ करोड ३३ लाख रुपैयाँको वस्तु आयात, दुई करोड ६५ लाख रुपैयाँको निर्यात, मलेसियाबाट चार अर्ब ७५ करोड १६ लाख रुपैयाँ वस्तु आयात हुँदा ९० करोड रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस्तै सिंगापुरबाट दुई अर्ब ३१ करोड ८९ लाख रुपैयाँ आयात हुँदा ५३ करोड २३ लाख रुपैयाँको निर्यात भएको छ ।
खाडी मुलुकहरूमा युएईबाट २३ अर्ब ४५ करोडभन्दा बढीको आयात, ८४ करोड ५५ लाखको निर्यात, ओमनबाट २४ करोड १८ लाख रुपैयाँको वस्तु आयात, चार करोड ७५ लाख रुपैयाँको निर्यात, इजरायलबाट एक अर्ब ७२ करोडको आयात, २४ करोड ९० लाख निर्यात र इरानबाट ६६ लाख १३ हजार रुपैयाँको वस्तु आयात हुँदा पाँच लाख ४४ हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ ।
अमेरिकी र युरोपियन मुलुक
उता विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक संयुक्त राज्य अमेरिकाबाट यी पाँच महिनामा १० अर्ब ३५ करोडभन्दा बढी रुपैयाँको वस्तु आयात हुँदा सात अर्ब ४२ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
बेलायतसँग पनि नेपालको व्यापार घाटा नै देखिएको छ । यो अवधिमा बेलायतबाट एक अर्ब ७१ करोड बढीको आयात हुँदा एक अर्ब ४४ करोड बराबरको वस्तु निर्यात भएको छ ।
दक्षिण अमेरिकी मुलुक ब्राजिल र अर्जेन्टिनाबाट पनि नेपालले अर्बौको वस्तु आयात गर्दा निर्यात नगन्य मात्रामा देखिन्छ । अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएकामा आठ लाख ८९ हजारको निर्यात देखिन्छ भने ब्राजिलबाट चार अर्ब ९८ करोड ५५ लाख रुपैयाँको आयात भएकोमा २७ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
उत्तर अमेरिकी मुलुक क्यानाडाबाट तीन अर्ब ६५ करोड ७५ लाख बराबरको वस्तु आयात हुँदा ६० करोड ७६ लाख रुपैयाँको मात्रै निर्यात भएको देखिन्छ ।
उता युरोपेली मुलुक फ्रान्सबाट तीन अर्ब ३१ करोडको आयात हुँदा ९६ करोड ६३ लाखको निर्यात, जर्मनीबाट दुई अर्ब १८ करोड बढीको आयात हुँदा दुई अर्ब १२ करोड रुपैयाँको निर्यात, इटालीबाट एक अर्ब ८६ करोडको आयात हुँदा ६६ करोडको निर्यात भएको देखिन्छ ।
युद्धग्रस्त मुलुक युकेनसँग पनि नेपालको व्यापार घाटा कायम देखिन्छ । पाँच महिनामा युक्रेनबाट दुई अर्ब ६२ करोड ४३ लाख बराबरको वस्तु आयात हुँदा १५ लाख ४६ हजारको मात्रै निर्यात भएको छ । यस्तै रुसबाट दुई अर्ब बढीको आयात हुँदा सात करोड ४२ लाखको मात्रै निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
साना मुलुकसँग पनि व्यापार घाटा
भन्सार विभागको तथ्यांकअनुसार अफ्रिकाका गरिब र विश्वभरका स–साना मुलुकसँग पनि नेपालले व्यापार घाटा व्यापार घाटा बेहोरिरहेको देखिन्छ । जस्तो द्वन्द्वग्रस्त मुलुक सुडानबाटै नेपालले दुई करोड बढीको आयात हुँदा निर्यात शून्य छ । उता यमन, ट्युनिसिया, जिम्बावे, युगान्डा, केन्या, जस्ता देशसँग पनि नेपालको व्यापार घाटा देखिन्छ ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...