भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली
२० साउन २०८०
•
४ मिनेट पाठ
भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली
देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।




भन्सारले गत आर्थिक वर्षमा ७६ अर्ब ८९ करोड ५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ४९.४१ प्रतिशत हो। भन्सार विभागले गत आर्थिक वर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलनको लक्ष्य निर्धारण गरिदिएको थियो। राजश्व संकलनमा मुख्य योगदान रहने माल वस्तुको आयात घट्दा राजश्व संकलन प्रभावित भएको भैरहवा भन्सारका मुख्य भन्सार अधिकृत मनिराम पौडेलले बताए।

संकलित कुल राजश्व मध्ये भन्सार तर्फ २७ अर्ब ५६ करोड ९६ लाख संकलन भएको छ। मूल्य अभिवृद्धि कर तर्फ ३० अर्ब ४९ करोड र अन्तःशुल्कबाट १२ अर्ब ७८ करोड असुली भएको छ। त्यसबाहेक सडक सुधार तथा मर्मत सम्भार शीर्षकमा २ अर्ब ६ करोड, पूर्वाधार शुल्क बापतको १ अर्ब ११ करोड र कृषि सेवा शुल्कमा १ अर्ब ८० करोड राजश्व असुली भएको छ।

अघिल्ला वर्षको तुलनामा यो नाकाबाट मोटरसाइकल, जिप, कार भ्यान, डिजेल, मोबाइल तथा अन्य विलासीताका सामानको आयात उल्लेख्य घटेको छ। भन्सार प्रमुख पौडेलका अनुसार भैरहवालाई विभागले राजश्वको लक्ष्य बढी तोकिदिएकाले पनि लक्ष्य भेटाउन नसकेको हो।

‘आर्थिक मन्दी, सरकारले बस्तु आयातमा लिएको कडा नीति आदिका कारण राजश्वमा उल्लेख्य योगदान दिने बस्तुको आयात घटेको छ त्यसको असर राजश्व संकलनमा देखिएको हो’ प्रमुख भन्सार अधिकृत पौडेलले भने।

अघिल्लो वर्षको तुलनामा आयात घटे पनि राजश्व असुलीमा महत्त्वपूर्ण योगदान दिने मुख्य बस्तुहरूमा मोटरसाइकल, जिप, कार भ्यान, पेट्रोल, टाइल, एमएस विलेट, डिजेल, इलेक्ट्रिक कारजिप भ्यान, मार्बलको हिस्सा बढी छ। यो नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब २९ करोडको एमएस विलेट तथा फलामका अर्ध तयारी उत्पादनहरु आयात भएको छ।

जसबाट २ अर्ब २७ करोड राजश्व उठेको छ। ८ अर्बको स्पोन्जी आइरन आयात भएको छ। ८ अर्ब बढीको एल.पी. ग्यास आयात हुँदा त्यसबाट १ अर्ब ५५ करोड राजश्व उठेको छ। सबैभन्दा धेरै राजश्व मोटरसाइकल आयतबाट उठेको छ। ७ अर्ब ६१ करोडका मोटरसाइकल आयात हुँदा ८ अर्ब २७ करोड राजश्व संकलन भएको छ।

६ अर्ब ४३ करोड मूल्यका मोबाइल फोन आयात भएको छ। ६ अर्ब २४ करोडको पेट्रोल, ६ अर्ब १४ करोडको इलेक्ट्रिक गाडी, साढे ५ अर्बको डिजेल, साढे ५ अर्बका कोइला, साढे ४ अर्ब मूल्यका टाइल आयात भएको छ।

भैरहवा भन्सारबाट आयात हुने यी मुख्य दश बस्तुको आयात अघिल्लो वर्षको तुलनामा यसपालि ५० प्रतिशतले घटेको भन्सारको तथ्याङ्कले देखाउँछ। जसका कारण भैरहवाको राजश्व पनि घटेको छ। त्यस्तै एलसी मार्जिन अनिवार्य गरिएका अन्य कतिपय वस्तुको आयात समेत ह्वात्तै घटेको भन्सारले जनाएको छ।

त्यसका अलावा यो भन्सार नाकाको अर्को मुख्य समस्या होबाह्रमासे तस्करी र न्यून विजकीकरण। खुला सीमाको फाइदा उठाउँदै तस्करले यहाँको मुख्य नाका वेलहिया आसपास तथा सहायक नाकाबाट चिनी, लत्ताकपडा, मोबाइल, मदिरा, टाइल, इलेक्ट्रिक सामान, गाडीका पार्ट पूजा, मल, खाद्यान्न लगायतका बस्तुको तस्करी गर्छन्। ती सामान भैरहवा, बुटवल, नवलपरासी, चितवन, पाल्पा, गुल्मी सम्म सप्लाइ गर्ने क्रम विगत देखि चलिरहेको छ।

पछिल्लो समय मुख्य नाकाहरुमा सर्वसाधारणबाट एक सयको सामानमा भन्सार उठाइरहँदा तस्करले नाका परिवर्तन गरी सहायक नाकाबाट लाखौंका सामान तस्करी गरिरहेको र ती घटनामा सुरक्षा संयन्त्र, भन्सार कर्मचारी तथा तस्कर बिच मिलेमतोको रहेको सीमा क्षेत्रका स्थानीयको आरोप छ। तस्करी नरोकिँदा त्यसले पनि भन्सारको राजश्वमा प्रभाव पारेको जानकारहरु बताउँछन्।

लक्ष्यको आधा पनि राजश्व असुली गर्न नसकेको भैरहवा भन्सारमा अघिल्लो साता निरीक्षण गर्दै अर्थमन्त्री प्रकाश शरण महतले पनि भन्सारका अधिकारी तथा कर्मचारी र सुरक्षा संयन्त्रले सरकारले दिएको सेवा सुविधामा चित्त बुझाएर इमानदारी पूर्वक आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिएका थिए।

जम्मा दश अर्बको सामान निर्यात

यो नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब ९५ करोड ७६ लाख मूल्य बराबरका बस्तु निर्यात भएको छ।

झण्डै साढे दुई खर्बको सामान आयात भएको भैरहवा भन्सारबाट एक वर्षमा १० अर्ब मूल्यका सामान निर्यात भएको हो। भन्सार अधिकारीहरुका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ३८.८ प्रतिशतले निर्यात बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ७ अर्ब ८९ करोड २३ लाख मूल्यका वस्तु निर्यात भएको थियो। भैरहवा भन्सार प्रमुख पौडेलले सरकारले निर्यात प्रवर्द्धनका कार्यक्रम ल्याएकाले निकासी बढेको बताए।

भैरहवा भन्सारबाट निर्यात हुने मुख्य बस्तुमा सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजीन, खयर कत्था, सिमेन्ट क्लिङ्कर पर्छन्। गत वर्ष ३ अर्ब ५ करोड ६९ लाखको सेन्थेटिक यार्न निकासी भएको छ। 

१ अर्ब ३ करोडको खजुरको प्रशोधित तेल, ५४ करोड ३९ लाखको खोटो रोजीन, ४३ करोड २१ लाखको खयर कत्था, ४० करोड ९१ लाखको सिमेन्ट क्लिङ्कर भैरहवा नाकाबाट निर्यात भएको छ।
अर्को समाचार
भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात
१८ वैशाख २०८०
•
४ मिनेट पाठ
भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात
चालु आवका ९ महिनामा भैरहवा भन्सारबाट करिब १५ अर्ब बढीको खाद्यान्न आयात भएको छ। व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ। देशकै दोश्रो ठूलो नाका भैरहवा भन्सारको चैत मसान्तसम्मको व्यापार घाटा १ खर्ब ६८ अर्ब ८३ करोड ९९ लाख छ। पोहोरको तुलनामा यसपालि मालसामानको आयात घटे पनि निर्यात बढ्न नसक्दा व्यापार घाटामा खासै सुधार हुन सकेको छैन। आयातको तुलनामा निर्यात नगन्य छ। भैरहवा स्थित बेलहिया नाकाबाट औधोगिक कच्चा पदार्थ, सवारी साधन, इन्धन र खाद्यान्न तथा तरकारी, फलफूलको आयात उच्च छ।




चुलिँदो व्यापार घाटाको मुख्य कारण आयातमुखी अर्थतन्त्र भएको बताउँछन् भन्सारका अधिकारीहरू। आर्थिक वर्ष २०७९-२०८० को चैत मसान्तसम्ममा भैरहवा भन्सारबाट १ खर्ब ७६ अर्ब ७१ करोड ८८ लाख बढी मूल्यको मालसामान आयात भएको छ। यो अवधिमा जम्मा ७ अर्ब ८७ करोड ८९ लाख मूल्यका सीमित वस्तु निर्यात भएको छ। भैरहवा भन्सारका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले यो नाकाबाट आयातको तुलनामा निर्यात नगन्य रहेको बताए। गत वर्षको तुलनामा यो वर्ष निर्यात ३० प्रतिशतले बढे पनि आयातको तुलनामा निर्यात नगन्य हुँदा व्यापार घाटा उल्लेख्य रहेको पौडेलले बताए। गत वर्ष सोही अवधिमा ६ अर्ब ५ करोड ३८ लाखको निर्यात भएको थियो।

भैरहवा भन्सारले चैत मसान्तसम्म जम्मा ५४ अर्ब ९४ करोड ९५ लाख राजस्व संकलन गरेको छ। यो राजस्व लक्ष्यको जम्मा ४८.१५ प्रतिशत हो। भन्सार विभागले भैरहवालाई चैत मसान्त सम्मका लागि १ खर्ब १४ अर्ब ११ करोड २३ लाख राजस्व संकलनको लक्ष्य दिएको थियो। गत आर्थिक वर्ष २०७८-२०८९ को चैत मसान्तसम्ममा ९० अर्ब ८३ करोड ७१ लाख राजस्व संकलन भएको थियो। पोहोरको तुलनामा यसपालि ३९ प्रतिशतले राजस्व घटेको छ।  

यसअघि सरकारले विलासिताका वस्तुमा अनिवार्य एलसी खोल्नुपर्ने र केहीमा मार्जिन बढाउँदा आयात उल्लेख्य घटेको पौडेलले बताए। ‘जीप, कार भ्यानको आयात ६० प्रतिशत र मोटरसाइकल ६६ प्रतिशतले घटेको छ, इन्धन आयात पनि उल्लेख्य घट्दा त्यसको असर राजस्वमा परेको हो’भन्सार प्रमुख पौडेलले भने।  

यो नाकाबाट सबैभन्दा धेरै आयात हुने वस्तुमा सवारी साधन र इन्धन, खाद्यान्न आदि पर्छन्। मूल्यका आधारमा धेरै आयात हुने मुख्य वस्तुमा क्रमश एमएस विलेट, एल पी ग्यास, मोटरसाइल, इलेक्ट्रिक कार जिप भ्यान, पेट्रोल, डिजेल, ग्लेज टाइल, मार्वल स्ल्याव, खाद्यान्न आदि छन्। राजस्व संकलनको योगदानलाई हेर्ने हो भने एक नम्बरमा मोटरसाइकल, त्यसपछि जिपकार भ्यान, पेट्रोल र ग्लेज टाइल, इलेक्ट्रिक कार, जिप भ्यान, डिजेल छ। त्यस्तै मार्वल स्ल्याव, एमएस विलेट, एल पी ग्यास, र पिकअप तथा डेलिभरी भ्यान पनि छन्। कुल संकलित राजस्वमा यी दश मुख्य वस्तुको हिस्सा ४० प्रतिशत छ।  

चैत मसान्तसम्मका ९ महिनामा ६ अर्ब ७४ करोड ४२ लाखको एमएस विलेट अर्थात् फलामका पाता आयात भएको छ। ६ अर्ब ३० करोड १३ लाखको एल पी ग्यास आयात भएको छ। ५ अर्ब ५१ करोड ३७ लाख मुख्यका ५१ हजार ७ सय ७७ वटा मोटरसाइकल आयात भएको छ। ४ अर्ब ७२ करोड १५ लाखका १ हजार ७ सय ५५ वटा इलेक्ट्रिक कार, जिप, भ्यान आयात भएको छ। ४ अर्ब ७० करोड ७८ लाखको पेट्रोल र ४ अर्ब १७ करोड ६४ लाखको डिजेल आयात भएको छ। ३ अर्ब ५२ करोड १६ लाख बढीको ग्लेज टाइल र २ अर्व ३६ करोड ५ लाखको मार्वल आयात भएको छ ।  

यो वर्ष सवारी साधन, पेट्रोलियम पदार्थ तथा विलासिताका केही सामानको आयात घटेको छ तर खाद्यान्न लगायतका स्वदेशमै उत्पादनको सम्भावना बोकेका कृषिजन्य वस्तुको आयात घटेको छैन।  

यो नाकाबाट ९ महिनामा १५ अर्ब बढीको खाद्यान्न तरकारी तथा फलफूल आयात भएको छ। २ अर्बको आलु र २ अर्ब ३६ करोड बढीको प्याज आयात भएको छ। ४ अर्ब ५९ करोडको चामल आयात भएको छ। मकैका लागि उर्वर मानिने पहाडका गाउँ बस्ती रित्तिदै जाँदा मकैको परनिर्भता बढ्दो छ। भैरहवा भन्सार हुदै १ अर्ब २८ करोडको मकै आयात भएको छ। ५८ करोडको काजु र बदाम भित्रिएको छ। व्यावसायिक खेतीका लागि सजिलो मानिएको फलफूल मध्ये केराको आयात पनि बर्सेनि बढ्दो छ। ९ महिनामा यो नाकाबाट ३५ करोड ६८ लाखको केरा आयात भएको छ। २५ करोडको त खुर्सानी र मरिच मात्र आयात भएको छ।

भन्सारबाट राजस्व उठाएर देश चलाउने सरकारको नीतिले अर्थतन्त्रलाई धराशायी बनाइरहेको बताउँछन् सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ। अर्थतन्त्रलाई सुधार गर्न उत्पादनमुखी नीति लिनुपर्ने र कृषि उत्पादन बढाउन विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। ‘कुनै बेला भैरहवाबाट चामल, तोरी निर्यात हुन्थ्यो तर अहिले अर्बौंको आयात हुन्छ त्यसको मुख्य कारण सरकारको कृषि नीति, अनुदान सहुलियतका कार्यक्रम प्रभावकारी भएनन्’श्रेष्ठले भने। अहिले पनि नेपालको कृषि निर्वाहमुखी रहेको भन्दै उनले कृषिमा ठूला लगानी र परियोजना भिœयाउनुपर्ने खाँचो औंल्याए।  

भैरहवा भन्सारबाट निर्यात हुने मुख्य वस्तुमा सेन्थेटिक यार्न छ। साउनदेखि फागुन सम्ममा २ अर्ब ३ करोडको सेन्थेटिक यार्न निकासी भएको छ। खजुरको प्रशोधित तेल, खोटो रोजीन, पिना, चोकर, भुस, अदुवा, सुठो, सिमेन्ट क्लिङ्कर, रद्दी काँच, चाउचाउ, नुडल्स जस्ता सीमित वस्तु भैरहवाको बेलहिया नाकाबाट निर्यात हुने गर्छ। 
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस