सुशील भट्टराई, काठमाडौं जेठ २० - सरकार स्वामित्वको नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक केबी लिम्बुले सात महिनाभित्र एउटा जहाज खरिद गर्ने बताएका छन्।
"सन् २००९ को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय उडानका लागि एउटा जहाज खरिद गर्छौं" लिम्बुले मंगलबार नागरिकसँग भने, "यो जहाजबाट छोटो दूका गन्तब्यमा उडान थाल्छौं।" उनका अनुसार 'न्यारो बडी' खरिद गरिनेछ। १ सय ४० देखि १ सय ९० सिट क्षमताको जहाजलाई न्यारो बडी भनिन्छ ।
"न्यारो बडी निगम आफ्नै पैसाले किन्न सक्छ," सर्वोच्च अदालतको आदेशबाट सोमबार निगम महाप्रबन्धकमा पुनर्बहाली पाएका लिम्बुले भने, "व्यावसायिक रुपमा उपयुक्त र बित्तीय दिगोपनको योजना भएपछि जहाज किन्न लगानी गर्छन्।" न्यारो बडीलाई करिब ३ करोड अमेरिकी डलर पर्ने उनले बताए।
एकीकृत माओवादीको सरकारले गत कात्तिकमा लिम्बुलाई हटाएर सुगतरत्न कंसाकारलाई प्रवन्ध निर्देशक नियुक्त गरेको थियो। लिम्बुले आफूलाई चार वर्षका लागि सरकारले नियुक्त गरेकोमा सफाइको मौकासमेत नदिई हटाएकाले निर्णय बदर ग पुनर्बहालीको माग राख्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । गत कात्तिक २० मा नियुक्त कंसाकार अदालतको निर्णयले हटेका छन् । लिम्बुले मंगलबारदेखि निगममा काम सुरु गरेका छन् ।
नयाँ जहाज आएपछि बैंकक उडान दैनिक बनाउने हङकङ उडान साताको पाँच दिन पुर्याइने र मुम्बई उडान सुरु गर्ने उनले जानका दिए। "तेस्रो जहाज ल्याएर उडान गरेपछि लगानीकर्ता र यात्रुमा विश्वसनियता बढ्छ," उनले भने - "त्यसपछि सन् २०११ सुरुमा २ सय ४० देखि ३ सय १० सिट क्षमताको वाइड बडी जहाज किन्छौं।"
उनका अनुसार वाइड बडी आएपछि सिधा युरोप उडान हुनेछ । काठमाडौंबाट सिधा लन्डन म्युनिख वा प्रुयांकफर्टका लागि सातामा तीन उडान गरिनेछ। "त्यहींका वायुसेवा कम्पनीसँग पनि सहकार्य गरिनेछ," उनले भने - "अमेरिकाको बोइङ कम्पनीको ७३७ वा ८०० वा युरोपको एयरबसको ३२० मध्ये एउटा वाइड बडी लिइनेछ।"
तत्काल वाइड बडी ल्याए साचालन गर्न कठिन हुने उनले बताए। विश्व आर्थिक मन्दीले हवाई यात्रु घटिरहेका वर्तमान अवस्थामा वाइड बडी चलाउन अप्ठेरो हुने उनको अनुमान छ। जहाज खरिद प्रक्रिया र निगम व्यवस्थापनमा सुधारलाई संगसंगै लगिने उनले बताए।
यसअघि निगम हितका लागि भएका सबै काम कारबाहीलाई निरन्तरता दिने उनले बताए । निगमले ठूला दुई जहाज किन्ने प्रकि्रया सुरु गरेको छ । यसका लागि निगमले भारतको उड्डयन परामर्शदाता कम्पनी सेन्टर फर एसिया प्यासिफिक एसोसिएसन कापा लाई परामर्शदाता नियुक्त गरेर जहाज खरिद प्रकि्रया अगाडि बढाएको छ ।
निगमले दुई ठूला जहाज किन्न गत चैत २५ मा मागेको टेन्डर यही जेठ ८ गते खोलेको थियो । जहाज निर्माता कम्पनीलाई मात्र सहभागी हुन भनिएको टेन्डरमा अन्य आवेदकले पनि सहभागिता जनाएपछि निगम व्यवस्थापनले अमेरिकाको जहाज निर्माता कम्पनी बोइङ र अर्को प्रतिस्पर्धी युरोपको एयरबस कम्पनीको टेन्डर मूल्यांकन गरिरहेको छ । नायबमहाप्रबन्धक गणेश ठाकुरको संयोजकत्वमा गठित १४ सदस्यीय समितिले कम्पनी छनोट गर्न बोइङ र एयरबसको टेन्डर मूल्यांकन गरिरहेको हो ।
सुरुमा टेन्डर माग्दा एउटा वाइड र अर्को न्यारो बडी उल्लेख गरेको निगमले केही दिनपछि दुईवटै न्यारो बडी भए पनि खरिद गर्ने उल्लेख गरेर टेन्डर परिमार्जन गरेको थियो । दुई जहाजको १० वर्षसम्मको साचालन खर्च स्पेयर पार्ट्स मर्मतसम्भार खर्च तेल खपत प्रतिसिट खर्चलगायत सबै हिसाब गरेर जहाज लिन लागेको हो ।
निर्माता कम्पनीलाई मात्र टेन्डर हाल्न सूचना जा गरे पनि अमेरिकाको कमर्सियल एयरक्राङ्गट सेल्स लिजिङ एन्ड कन्सल्टिङ कम्पनी, रुसको इल्योसिन फाइनान्स कर्पोरेसन र काठमाडौंस्थित एरो एक्सप्रेस एभिएसनले सहभागिता जनाएका थिए ।
जहाज किन्नका लागि निगमले कर्मचा साचय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिने प्रकि्रया अगाडि बढाइसकेको छ। सरकार ग्यारेन्टी बसेमा कोषले ऋण दिने जनाएको छ । जहाज अभावमा यात्रु र अन्तर्राष्ट्रिय क्षेत्र गुमाउँदै आएको निगमले बोइङ कम्पनीसँग खरिद गरिएका २० र २१ वर्ष पुराना दुई ७५७ जहाज उडाइरहेको छ । निगमका पाइलट र इन्जिनियर सबै बोइङमा तालिमप्राप्त छन्।
यो वर्षको बजेटमा निगमलाई जहाज किन्न सरकार ग्यारेन्टी बस्ने उल्लेख गरेपछि बोइङ र एयरबस जहाज बेच्न नेपाल आएका थिए । यी दुवै कम्पनीको सुझाव पनि २ सय सिटसम्मको जहाज किन्न उपयुक्त हुने थियो ।
करिब १ हजार ४ सय कर्मचा रहेको निगमले जहाज उडानबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्ड ह्यान्डिलिङ' गरेवापत् वार्षिक झन्डै १ अर्ब रुपैयाँ आम्दानी गर्छ ।
निगमले आन्तरिकतर्फ देशका २६ गन्तब्य तथा अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, हङकङ, बैंकक, दुबई, दोहा र क्वालालम्पुर सेक्टरमा उडान गरिरहेको छ।