मनोज अधिकारी, पोखरा, वैशाख २४- माओवादी आमहड्तालका कारण पोखराका दुई पाँचतारे होटल बन्द हुने अवस्थामा पुगेका छन्।
अधिकाँश कोठा भरिने गरी आउने तयारीमा रहेका पर्यटकले बुकिङ रद्द गरेको र भएकाहरु पनि धमाधम फर्किएपछि फुलबारी रिसोर्ट र पोखरा ग्रान्ड सुनसान छन्।
हड्तालले यी होटलको अकुपेन्सी १० प्रतिशतभन्दा तल झरेको छ। यस्तै ९० प्रतिशत बुकिङ रद्द भएको छ। यो बन्दले आगामी महिनाका बुकिङ समेत रद्द हुन थालेपछि होटल व्यवसायी चिन्तित छन्।
अहिले सबैभन्दा धेरै बुकिङ रहेको फुलबारी रिसोर्टले हड्ताल अझै लम्बिए एक/दूई दिनमै आफ्नो होटल बन्द हुने बताएको छ। 'पर्यटक धमाधम फर्किएपछि होटल खाली हुँदै गएको छ' फुलबारीका एक अधिकारीले भने,'यही अवस्था रहे भोलिपर्सीमै होटल बन्द हुनेछ।'
उनकाअनूसार एक साताअघि ६० देखि ८० कोठा भरिएको होटलमा आमहड्ताल सुरु भएपछि ५ देखि ८ कोठा भरिएका छन्। फुलबारी रिसोर्टमा १ सय ६४ कोठा छन्।
हड्तालका कारण अधिकाँश बुकिङ रद्द भएकाले मंगलबार ५ वटा र बुधबार ८ वटा कोठा मात्र भरिएको उनले बताए। 'बुधबार ७८ वटा कोठाको बुकिङ थियो' फ्रन्ट डेस्कका कर्मचारी राजु पौडेलले नागरिकसँग भने,'हड्तालले गर्दा सबैजसो बुकिङ रद्द भएर ५ वटा कोठा मात्र भरिए। पर्यटक नभएपछि होटल खाली हुँदै गएको छ।'
उनले बिहीबारका लागि ८६ र शुक्रबारका लागि ८५ वटा कोठा बुकिङ भए पनि अधिकाँश रद्द भएको बताए। पौडेलकाअनुसार जापानी, कोरियन, चिनियाँ र रसियन पर्यटकले ३ देखि ५ दिनसम्मका लागि होटल बुक गरेका थिए।
विमानस्थलबाट उक्त होटल टाढा रहेकाले आएका पर्यटकहरु पैदल हिंडेर होटलसम्म पुग्नुपर्ने अवस्था छ। बिहीबार आएकामध्ये तीन रसियन पर्यटकलाई भने हेलिकप्टरबाट होटलसम्म पुर्याईएको थियो। पोखराको अर्को पाँचतारे 'पोखरा ग्रान्ड'ले पनि हड्तालका कारण पर्यटक आउन नसकेर अधिकांश बुकिङ रद्द भएकाले कोठाहरु खाली भएको जनाएको छ। ७८ कोठा क्षमताको उक्त होटलमा बिहीबार केही कोठा मात्र पर्यटकले भरिएका थिए।
'एकसाता अघिसम्म भरिने कोठाको संख्या ६० भन्दामाथि थियो,' होटलका कर्मचारी हेमराज बास्तोलाले भने। उनका अनुसार उक्त होटलमा मंगलबारका लागि ७१, बुधबारका लागि ६३ र बिहीबारका लागि ७० कोठा बुकिङ भएका थिए।
'हड्तालले अधिकाँश बुकिङ रद्द भए' बास्तोलाले भने,'आजबाट झन् ठुलो ग्रुपको बुकिङ रद्द हुन थालेको छ।' उनले आगामी महिनाको बुकिङ समेत रद्द हुन थालेको बताए। होटलमा बसेका पर्यटक पनि कतै घुम्न नपाएर बसाई छोट्यार फर्किरहेको उनले बताए। उक्त होटलमा रहेका ८३ जनाले बिहीबार होटल छोडेका छन्। २० जनाको चिनियाँ टोली प्रहरीको स्कर्टिङमा सडकमार्गबाट र बाँकी जहाजबाट काठमाडौ फर्किएको बास्तोलाले बताए।
'फर्कने तयारीमा रहेका अरु पर्यटक पनि जहाजको टिकट नपाएर भौंतारिरहेका छन्' उनले भने,'आज फर्कन नपाएका केही पर्यटक साइकल चढेर लेकसाईडतिर जहाजको टिकट खोज्न गएका छन्।'
पोखरा र आसपासका रमणीयस्थल घुम्न आएका पर्यटक कतै जान नपाएपछि दिक्क मानेर फर्कने गरेका छन्। बिहानभर सराङ्कोटसम्म पैदल गएर आएका पर्यटकहरु दिनभर थाकेपछि अन्यत्र कतै नजाने भन्दै भोलिपल्टै फर्कने गरेका छन्। बन्दका कारण कतिपय पर्यटक निर्धारित दिनभन्दा ढिलो आईपुग्ने र एकदिन बसेर फर्किहाल्ने गरेको बास्तोलाले बताए।
लामो अवधिको हड्तालका कारण ताजा तरकारी र फलफुल ढुवानी नहुँदा भएका पर्यटकलाई पनि खुवाउन मुस्किल पर्न थालेको ती होटलका अधिकारीले बताएका छन्। पर्यटक अभावमा दुबै होटलका क्यासिनो समेत ठप्प भएका छन्। होटलमा पर्यटक पनि नहुने र क्यासिनो पनि ठप्प हुने अवस्थाले खर्च धान्न मुस्किल पर्न थालेको ती होटलका अधिकारीहरुले बताएका छन्।
होटलमा पर्यटक घटेको र हिंडेर आउन सम्भव नभएपछि दूवै होटलले आफ्ना आधाभन्दा बढी कर्मचारीलाई आमहड्ताल अवधिभरका लागि छुट्टि दिएका छन्। टाढाका सहकर्मी आउन नसकेपछि नजिक घर तथा डेरा भएका कर्मचारीले अहिले बिहानदेखि बेलुकासम्म ड्युटि सम्हालिरहेका छन्। फुलबारी रिसोर्टमा २ सय ५० र पोखरा ग्राण्डमा १ सय ३५ कर्मचारी छन्।