उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी
०२ भदौ २०८०
•
२ मिनेट पाठ
उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।




मधेश प्रदेशका राज्यमन्त्री शेख अबुल कलाम आजादले उद्योग सञ्चालनमा रहेका समस्यालाई मधेश प्रदेश सरकारले समाधानका लागि सहजीकरण गर्न तयार रहेको बताउँदै रौतहटको आर्थिक विकास मुख्य गरी किसानहरूको समृद्धिको लागि चिनी मिल सञ्चालन हुनु अति आवश्यक रहेको बताएका छन्।

यसै गरी संघीय सांसद देवप्रसाद तिमल्सिनाले उद्योग सञ्चालनको लागि संसदमा आफूले आवाज उठाएको तथा उद्योगपतिसित पनि समन्वयका लागि आग्रह गरेको बताउँदै किसानको हकहितको लागि उद्योग सञ्चालन गर्नु अपरिहार्य रहेको बताएका छन्। यसै गरी संघीय सांसद किरण साहले सडक र सदन दुवैमा आफू सङ्घर्ष गर्न तयार रहेको तर उद्योग सञ्चालन गराएर मात्र आफूले विश्राम लिने बताएका छन्। यसै गरी प्रदेश सांसद जितेन्द्र यादवले किसानको समृद्धि र भविष्यसित उद्योग सञ्चालनको सवाल गाँसिएकोले उद्योग सञ्चालन गराउन किसानको सङ्घर्षमा आफूले हरेक किसिमले साथ दिन तयार रहेको बताएका छन्।

किसान सभालाई गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार, बौधिमाई नगर प्रमुख प्रदीप कुमार यादव, वृन्दावन नगर प्रमुख विनोद पटेल, पूर्व राज्यमन्त्री डा. वंशीधर मिश्र, पूर्व राज्यमन्त्री योगेन्द्र यादव, पूर्व सांसद रामकुमार  भट्टराई, राम सिनेही यादव, बृजकिशोर यादवसहित दर्जनौँ नेताहरूले सम्बोधन गर्दै उद्योग सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। साथै उद्योगको कुनै पनि पाट पुर्जा आफूहरूले लैजान नदिने चेतावनी पनि दिएका छन्।

उद्योग व्यवस्थापनले २०७७ साउन ११ गते सूचना प्रकाशित गरी उद्योग स्थायी रूपले बन्द गरिएको जनाएको थियो। यसै गरी व्यवस्थापन पक्षले नेपाल बैंक लिमिटेडसित मिलेर उद्योगका सम्पूर्ण मेसिनरी पाट पुर्जालाई  टेन्डर प्रक्रियामार्फत गत साउन ४ गते बिक्री गरिसकेको छ।

पाँच वर्षभन्दा बढी समयदेखि पूर्णतया ठप्प रहेको उद्योगको सञ्चालनको लागि उखु उत्पादक संघले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ। संघका अध्यक्ष अशोक प्रसाद यादवले उद्योगको पाट पुर्जा जसले किनेको भए पनि लैजान नदिने तथा उद्योग सञ्चालनको वातावरण बनाउन आफूहरूले जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।निरन्तर घाटामा गएर धराशायी भएपछि व्यवस्थापनले उद्योगलाई बन्द गरिसकेको छ।
अर्को समाचार
१५ महिनामा चौँथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव
०४ वैशाख २०८१
•
१ मिनेट पाठ
१५ महिनामा चौँथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिन लागेका छन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्।




केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो। कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस