दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
०५ भदौ २०८०
•
१ मिनेट पाठ
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
यो साता कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अंकको वृद्धि देखिएको छ।  




मंगलबार नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर दुईहजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो। विभिन्न दुईसय ७७ कम्पनीका ६० लाख ३१ हजार तीनसय ५६ कित्ता शेयर ३४ हजार पाँचसय आठ पटक खरिदबिक्री हुँदा एकअर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ। एक सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ।

नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अंकले बढेका छन्। बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अंकले बढेको छ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अंकले बढेको छ। कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएको छ। रासस
अर्को समाचार
साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
१४ माघ २०८०
•
२ मिनेट पाठ
साताको पहिलो कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आइतबार नेप्सेपरिसूचक १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा पुगेको छ। आइतबार दिनभरजसो नेप्सेपरिसूचक उतारचढावपूर्ण हुँदै कारोबार बन्द हुने बेला मात्रै दोहोरो अंकले बढेको हो।




आइतबार १७३ कम्पनीको सेयर बढ्यो भने ७० कम्पनीको सेयर घट्यो। ४ कम्पनीको सेयर स्थिर रह्यो। आइतबार एक करोड सात लाख ५१ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँको सेयर कारोबार भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छायो। सेन्सेटिभ सूचक ०.७३ अंकले बढ्यो भने फ्लोट सूचक ०.६१ अंकले बढ्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक भने ०.२४ अंकले बढ्यो। नेप्सेका १३ उपसमूहमध्ये आइतबार चार उपसमूह घट्यो भने ९ उपसमूह घट्यो। आइतबार सवैभन्दा धेरै घट्ने उपसमूहमा १०४.३१ अंकले घट्यो।

त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फ २८.५४ अंक र बैकिङतर्फ १.०९ अंकले घटेको छ। त्यसैगरी आइतबार बढ्ने उपसमूहमा निर्जीवनबीमातर्फ रह्यो। सो उपसमूहको सेयर ५७.०१ अंकले बढ्यो। त्यसैगरी जीवनबीमातर्फको ५३.९४ अंक र विकास बैंकतर्फको ४९.३४ अंकले बढेको छ। आइतबार सवैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा मिडसोलु हाइड्रोपावर कम्पनी,माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यसैगरी सामलिंग पावर कम्पनीको सेयर ९.९८ प्रतिशतले बढ्यो।

आइतबार सवैभन्दा धेरै सेयर घट्ने कम्पनीमा चन्द्रागिरी हिल्स कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.८६ प्रतिशतले घट्यो। त्यसैगरी इन्फिनिट्रि लघुवित्त कम्पनीको सेयर पनि ६.४० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर पनि ५.१९  प्रतिशतले घटेको छ।  गत साताभरिको पाँच कारोबार दिनमा समग्रमा नेप्सेपरिसूचक ७१.७१ अंकले घटेको थियो। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार १४१ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो। १५ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड १६ लाख ८९ हजार नौ सय ५५ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैयाँको सेयर कारोबार भएको छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस